काठमाडौं/ नेपाली कााग्रेसमा नयाा नेतृत्वका लागि हुन लागेको १३औं महाधिवेशनका लागि त्रिपक्षीय प्रतिस्पर्धा प्रष्ट देखिएको छ । संस्थापन पक्षबाट उपसभापति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने निश्चित भएको छ भने शेरबहादुर देउवा पक्षबाट देउवाले मात्रै सभापतिमा प्रतिस्पर्धा गर्दै छन् । त्यसो त कााग्रेसमा गिरिजापुत्री सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । यसले संस्थापनपक्षको मत बााडिने निश्चित छ । कााग्रेसमा नयाा नेतृत्वका लागि हुने महाधिवेशनमा कुन पक्ष बलियो हुन्छ भन्ने अनुमानका बीच पार्टीमा शक्तिशाली भूमिकामा देखिएका नेता खुमबहादुर खड्काले वरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन गर्ने निधो भएपछि महाधिवेशनमा देउवा पक्ष शक्तिशाली देखिएको छ । देउवालाई संस्थापन पक्षका केही नेताहरुले समेत समर्थन गरिरहेको र पार्टीभित्र शक्तिशाली मानिएका खड्का तथा तटस्थ बस्दै आएका अन्य नेताहरुले समेत देउवालाई समर्थन गर्ने भएपछि देउवा पक्ष बलियो देखिएको हो । त्यसै पनि संस्थापन पक्षबाट सभापतिमा दुई जनाभन्दा बढीको उम्मेदवारी पर्ने निश्चित भएकाले निर्वाचनमा देउवा शक्तिशाली देखिने अनुमान गरिएको थियो । पार्टीभित्र ठूलो महत्व राख्ने खड्कालगायत उनको समूहको मत कसलाई जान्छ भन्नेमा पनि उम्मेदवार शक्तिशाली हुने अनुमान गरिएको थियो । तरखुमबहादुरखड्काले खुलेर देउवालाई सघा उने जनाए पछि देउवा सभापतिका बलिया उम्मेदवार देखिएका छन् ।