चन्द्रप्रकाश वानियाा
वीरगञ्जको नाकामा धर्ना हट्यो । आन्दोलनकारीहरूलाई धपाइयो । टेन्ट उखेलियो । जनता र एसएसबीको संयुक्त प्रयासमा नाका खुलाइयो । अघोषितरूपमा लागेको नाका अघोषितरूपमै खोलियो । नाका खोलिएपछि नेपालीहरूले विगत ५/६ महिनादेखि भोगनुपरेको कष्टका कहरहरू छुमन्तर हुन्छन् भन्ने ठानिएको थियो । तर नाका खुलेको तीनहप्ता बितिसक्यो । एक हप्ताभित्रैमा सहज हुन्छ भनिएको आपूर्ति व्यवस्था पूरै तीनहप्ता बितिसक्दा पनि यथावत् छ । पेट्रोल डिजेलको वितरण सहज भए पनि ग्यासका सिलिण्डरहरू उपभोक्तासम्म सजिलै पुग्ने अवस्था सिर्जना भइसकेको छैन । सायद वीरगञ्ज नाकाको धर्ना उठाउनुको एकमात्र कारण प्रधानमन्त्रीको भारत भ्रमणलाई सहज बनाउनका लागि मात्रै रहेछ । भारतसागको कूटनैतिक सम्बन्ध सुमधुर बनाएर प्रधानमन्त्री स्वदेश फर्केको पनि दुई हप्ता बितिसके । खुल्यो भनिएको नाकाबाट पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भित्रिन सकेको छैन । नेपालीहरूको चुलो जलाउने ग्यासको मूल्य अलिकता खस्केको अवश्य छ तर ग्यासबजार अझ पनि कालेबजारीयाहरूकै नियन्त्रणमा छ । प्रधानमन्त्रीले बनाएको सुमधुर सम्बन्धको लाभ त्यति मात्रै हो भन्दा फरक पर्दैन । अर्थात् प्रतिसिलिण्डर हजार पन्ध्र सय मूल्य कम हुनुलाई प्रधानमन्त्री भ्रमणको महान् उपलब्धि मान्नुपर्ने भएको छ ।
स्वदेशी माटो टेक्दानटेक्दै भारत भ्रमणको समापनमा संयुक्त वक्तव्य जारी गरिने परम्पराले निरन्तरता किन पाउन सकेन भनेर र्याखर्याक्ति पार्ने नेपाली मिडियाहरूलाई ‘अक्षर होइन, व्यवहार हेर्ने’ सल्लाह प्रधानमनन्त्रीले दिएका थिए । प्रमको इशारा दिल्लीमा आफूलाई मिलेको स्वागत सत्कार थियो होला तर आम उपभोक्ताले हेर्ने बुझ्ने व्यवहार भनेको उपभोग्यवस्तुको सहज आपूर्तिमा थियो । आपूर्तिको मामलामा प्रदर्शित भारतीय व्यवहारको आलोकमा प्रधानमन्त्रीको भ्रमण असफल भएछ भनेर बुझनुपर्ने भएको छ । आपूर्ति व्यवस्था सहज नहुने हो भने प्रधानमन्त्रीले ‘नाका नखुली भारत भ्रमण गर्दिन’ भनेर अड्डी लिनुको के अर्थ रह्यो र ? दिल्लीमा भव्य स्वागत सत्कार पाउनुको पनि कुनै अर्थ रहेन । सम्बन्ध सुध्रिएको मात्र होइन, विशिष्ट उचाइ प्राप्त गर्यो भनेर प्रधानमन्त्रीले दिनहुा दिादै हिाड्ने ‘चेपारे वक्तव्यवाजी’को पनि कुनै मूल्य रह्यो भन्न मिल्दैन ।
सरकार भारतनिर्भरताको विकल्प खोज्नुपर्ने विषयमा गम्भीर थिएन । त्यसैले पेट्रोलियम पदार्थको वैकल्पिक व्यवस्था गर्ने विषयमा तदारुकता देखाएन । चीनतिरबाट पेट्रोलियम पदार्थ आयात गर्ने सन्धि समझदारी गर्न जाागर सरकारले नदेखाउनुको कारण त्यही थियो कि ? हुन त मुलुकको समस्या केवल पेट्रोलियम पदार्थको मात्रै थिएन । नुन, तेल, दाल, भात र तरकारीको जोहो गर्नका लागि पनि भारतविना सम्भव थिएन । उत्तरतिरका नाका खोलेर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाए पनि भारतको नाकाबन्दी यथावत् रहादासम्म नेपालीको पेटहरू भरिने थिएनन् । सायद समस्याको त्यही गम्भीरतालाई हृदयङ्गम गरेरै तत्काल उत्तरतिरबाट आपूर्तिको व्यवस्था मिलाउने कुरामा आलटाल गरिएको होला भनेर समाजले अड्कल काटेको थियो । त्यसैले राजकीय यात्रा भारतबाट सुरु गरिछोड्ने प्रधानमन्त्रीको हठलाई स्वाभाविक मानिएको थियो । नाका पनि खुल्यो, प्रधानमन्त्रीको भ्रमणको सुरुवात पनि उतैबाट भयो । अपेक्षाकृत भव्य स्वागत सत्कार पनि गरियो । तर आपूर्ति व्यवस्था भने सहज भएन । वितरण व्यवस्थामा पनि रत्तिभर सुधार आएन । कालोबजारीयाहरूको फन्दाबाट मुलुक मुक्त हुन पाएन र ‘सिंहदरबार कालोबजारले चलाएको छ’ भन्ने समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको आरोपमा सत्यता खोज्नुपर्ने भयो । कालोबजारमा सिंहदरबार पनि मुछिएको छ भनेको सााचो सत्य रहेछ भन्नुपर्ने भयो । त्यसै हो भने नाकाबन्दीको नौटंकीमा पनि सिंहदरबारकै हात पो थियो कि ? भनेर पनि शंका गर्नुपर्ने भयो ।
प्रधानमन्त्रीको आसन्न चीनभ्रमणको सन्दर्भमा ‘पेट्रोलियम पदार्थ आयातको सम्झौता हुन्छ’ भनेर आपूर्तिमन्त्रीले खुलासा गरेका छन् । मन्त्रीको भनाइ सााच्चै व्यवहारमा पनि अनुवाद हुनसक्यो भने दक्षिणको नाका खुल्दा पनि सहज हुन नसकेको आपूर्ति व्यवस्थाको भरपर्दो विकल्प मुलुकले प्राप्त गर्नेछ । दुवैतिरबाट प्रतिस्पर्धामा माल ओइरिन थालेपछि नेपाली उपभोक्ताहरूले आजसम्म भोग्नुपरेको सकसको क्षतिपूर्ति पाएको अनुभूति गर्नेछन् । यदि त्यसो हुन सकेन अर्थात् प्रधानमन्त्रीको भ्रमणको उपलब्धि पनि उपप्रधानमन्त्रीको पछिल्लो भ्रमणजस्तै ‘हात्ती आयो, फुस्सा’ भनेजस्तो भइदियो अथवा भारतको भ्रमणजस्तै सफल (!!!?) भयो भने दक्षिणी नाकाहरू अझ सााघुरिनेछन् । आपूर्ति झन् सीमित र संकुचित हुनेछ र नेपालीहरूले थप सास्ती र सकसको सामना गर्नुपर्ने हुुनेछ ।
भारत भ्रमणमा आउादा आफूले ‘सपिङ्ग लिष्ट’ साथ लिएर नआएको कुरा हाम्रा राष्ट्रवादी प्रमले सगौरव सार्वजनिक गरेको कुरा सुनिएको हो । भारतसाग कुनै समस्या थिएन भन्ने कुरा पत्याउन मिल्दैन । भारतसाग लिनुदिनु केही थिएन भने घुक्र्याई घुक्याई किन निम्तो माग्नुपथ्र्यों र ? हामीले भोगेको मात्रै होइन, सारा दुनियााले नेपालविरुद्ध भारतले नाकाबन्दी लगाएको कुरा स्पष्ट देखेजानेकै थियो । भारतसाग माग्नुपर्ने केही थिएन भने केवल शयर सपाटाका निमित्त मात्र प्रम भारत गएका रहेछन् भनेर मान्नु पर्ने भो । प्रमको त्यस्तो दाबीमा कुनै सत्यता थिएन । दुई देशबीच केही समस्या थिए । भारतसाग लिनुदिनु थियो । बरु मोलतोल मिलेन होला भनेर अनुमान भने लगाउन सकिन्छ । प्रमको भारतभ्रमण विना उद्देश्य आयोजित भएको किमार्थ थिएन । बरु राष्ट्रलाई नोक्सान पर्ने सन्धि सम्झौता नगरियोस् भन्ने सचेत नेपालीहरूको नसिहतले बाधा पुर्यायो होला भनेर मान्न सकिन्छ ।
चीनतिर पनि केवल मनोरञ्जनका लागि भ्रमणको आयोजना हन लागेको हो भने त्यो व्यर्थ हो । त्यसो नगरेकै राम्रो । चीनप्रति नेपाल अति नै आशावादी छ । नेपाल र नेपालीको अप्ठेरोमा चिनियाा मित्रता सहयोगी हुनेछ भन्ने विश्वास सिंगो मुलुकले गरेको छ । भारतको भ्रमणजस्तै बेमतलब र उपलब्धिविहीन बनाउने मूर्खता प्रधानमन्त्रीबाट हुनेछैन भन्ने आशा पनि मुलुकले गरेको छ । आफूभन्दा अग्ला भारतीय अधिकारीहरूका अनुहारमा ठाडो मुन्टो गरेर हेर्ने हिम्मतसम्म गरिदिए मात्रै पनि नेपाली राष्ट्रवादको जुङ्गो रहने मनोविज्ञान नेपाली समाजमा विकसित भएको थियो । त्यस्तो नौटङ्की प्रदर्शनमा हाम्रा प्रधानमन्त्रीले आफूलाई अब्बल सावित गरेका छन् । प्रधानमन्त्रीको भनाइ पत्याउने हो भने विना कुनै आशा अपेक्षा उनी दक्षिणको भ्रमणमा निस्केका रहेछन् ! उनको भ्रमण निरुद्देश्य रहेछ । थाप्ने झोलाविनै दिल्ली दरबारमा दाखिल भएका हुनाले माग्ने/हात थाप्ने कुरै भएन । छोरीलाई दाइजो दिएजस्तै भारतले भरिया लगाएर कोसेली पठाउनुपर्ने आवश्यकता पनि देखेन । प्रधानमन्त्री रित्तै हात उता गए, रित्तो हात यता फर्केछन् । त्यही कारणले समस्या पनि यथावत् रहन गएको होला । कमसेकम चीनको भ्रमणको नियति त्यस्तो सुखा नहोस् भन्ने कामना नेपालीहरूको रहेको छ । भारतसमक्ष झुक्दै नझुक्नु भन्ने नेपाली राष्ट्रवादीहरूले पनि चिनियााहरूसमक्ष साष्टाङ्ग दण्डवत्को मुद्रामा लम्पसार परे पनि नराम्रो ठान्दैनन् भन्ने कुराको हेक्का प्रधानमन्त्रीलाई अवश्य हुनुपर्छ । त्यसैले उत्तरतिर जाादा लामो सपिङ्ग लिष्ट र ठूलो मगन्ते झोला साथमा लैजान नबिर्सिंदा राम्रो हुन्थ्यो । आजसम्म नेपाली अर्थतन्त्र दान बकसमै चलिरहेको छ भने माग्न लाज मान्नुपर्दैन । याचना गरेरै भए पनि कोसेलीको कुस्त कुम्लो ल्याउन सक्दा राम्रो मानिन्छ भन्ने कुराको कान्छो उदाहरण रामशरणले पाएको पछिल्लो अन्तर्राष्ट्रिय पुरस्कार छादै छ, होइन र ?