चीन यसकारण सशंकित बन्यो नेपालसाग

138

काठमाडौं/ नेपालको सबैभन्दा पुरानो तथा ठूलो दल नेपाली कांग्रेसको १३औं राष्ट्रिय अधिवेशन आजदेखि सुरु हुादै छ । सबैले निकै महत्वका साथ हेरिरहेको उक्त महाधिवेशनको पूर्वसन्ध्यामा शक्तिशाली मानिएका कांग्रेसका शीर्ष नेताहरूको एउटा समूहले हाल मुलुकमा भएका परिवर्तनहरू धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका विषयमा महाधिवेशनमा गम्भीर बहस तथा पुनर्विचार गर्नुपर्ने अडान राख्दै आएका छन् । उनीहरूको तर्क छ हालको परिवर्तनले मुलुक कमजोर र गम्भीर मोडबाट गुज्रिरहेको छ । त्यस्तै पछिल्लो समय नेपालको आन्तरिक मामिलामा सााच्चिकै देखिने गरेर दक्षिणी छिमेकी मुलुक तथा पश्चिमाहरूको गतिविधिसमेत अस्वाभाविक रूपमा बढिरहेको छ । धार्मिक स्वतन्त्रताको बहानामा पश्चिमाहरू व्यापक रूपमा धर्म प्रचारमा लागेका छन् भने बुद्ध धर्मको आडमा तिब्बती शरणार्थीहरूलाई चीनविरोधी गतिविधिमा सक्रिय बनाउन पश्चिमा तथा दक्षिणी छिमेकीले पनि सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ । यस्तो बेला उत्तरी छिमेकी मुलुक चीनले धर्मको आड र भूकम्पपीडितहरूलाई राहत वितरणका बहानामा चीनविरोधी गतिविधि बढेको भन्दै असन्तुष्टि मात्र व्यक्त गरेको छैन, नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । छिमेकी देशहरूको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेपकारी भूमिकामा उत्रिन नचाहने उत्तरी छिमेकी चीनले नेपाली भूमि चीनविरुद्ध प्रयोग भइरहेको दाबी खुलस्त रूपमा गर्नु सामान्य विषय होइन । यही चैत ७ गतेदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्ने तयारी भइरहेका बेला चीनले नेपाली भूमि आफ्नोविरुद्ध प्रयोग हुन नदेओस् भन्ने चेतावनी दिनु निकै अर्थपूर्ण मानिएको छ । नेपालका शासकहरूले नेपाली भूमि चीनविरुद्ध प्रयोग भइरहेको छैन भनेर जतिसुकै दाबी गरे पनि त्यो दाबीमा कुनै दम छैन भन्ने कुरा नेपालका हिमाली जिल्लाहरू र केही पहाडी जिल्लाहरूको अवस्थालाई राम्रोसित नियाल्ने हो भने स्पष्ट हुन्छ । यसका पछाडि नेपालमा पछिल्लो आन्दोलनपछि स्थापित भएका धर्मनिरपेक्षता तथा संघीयतालगायतका विषयहरूले महत्वपूर्ण भूमिका खेलिरहेको प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, अन्य दल तथा आम मानिसहरूले समेत स्वीकार गर्दै आएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमै यस्ता विषयको उठान गरिनुपर्ने आवाज उठ्नुले नेपालका परिवर्तनहरू नेपालको हितमा छैनन् भन्ने आशयहरू देखिन थालेका छन् । त्यस्तै, धर्मनिरपेक्षताको फाइदा उठाउादै पश्चिमाहरूले धार्मिक गतिविधिलाई हतियार बनाइरहेको उत्तरी छिमेकी चीनले जनाइरहादा नेपालमा धर्मनिरपेक्षतालगायतका विषयमा दक्षिण मुलुक भारतको वर्तमान सरकार समेत सन्तुष्ट देखिादैन । त्यसमाथि नेपाल भित्रैबाट पनि यसका विपक्षमा ठूलो जनमत सिर्जना हुनुले यस्ता विषयमा पुनर्विचार गर्नुपर्ने हो कि भन्ने बहस पनि छेडिएको छ ।

 
खासगरी ०६२/०६३ को आन्दोलनपछि एकाएक धर्मनिरपेक्षता मुलुक घोषणा गरिएपछि नेपालमा पश्चिमा र युरोपियन मुलुकहरूको चलखेल नेपालमा ह्वात्तै बढेको छ । हिन्दू धर्मावलम्बीहरूलाई पैसा र विभिन्न प्रलोभनमा खरिद गरी धर्म परिवर्तन गराउने लहर नै चलेको छ । चीनले गरेको आशंका यथार्थमा आधारित छ भनेर एकजना सरकारी कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा जनधारणालाई जनाएका छन् । ती कर्मचारीले वैशाख १२ को भूकम्पपछिको स्थितिलाई संकेत गर्दै भूकम्प प्रभावित उत्तरी जिल्लाहरूमा धर्म परिवर्तनको लहर नै चलेको प्रत्यक्ष रूपमा अनुभव गरेको जनाए । युरोपियन युनियनमा आबद्ध केही देशका नागरिकहरू भूकम्प प्रभावित क्षेत्रको अवलोकनका बहानामा संगठित रूपमै धर्म परिवर्तन अभियानमा लागेको पाएको र ती व्यक्तिहरूले चीनविरोधी भावना पनि प्रचार गर्ने गरेको पाइएको दाबी जनधारणासाग गरेका छन् ।

 
राजधानी काठमाडौं नजिकैका पहाडी जिल्लाहरू धादिङ, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछापलगायतका जिल्लाहरूमा धर्म परिवर्तन अभियान व्यापक रूपमा भइरहेको पाइएको छ । हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म मान्नेहरूले आफ्ना घरहरूलाई नै धर्म प्रचारको अखडा बनाउने गरिरहेका छन् भने ‘फ्री तिब्बत’को भावना पनि उनीहरूमा जागरण गराउने गरिएको पाइएको जनधारणालाई स्थलगत भ्रमण गरेका कर्मचारीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here