विष्ट, नैतिकता र वर्तमान नेतृत्व

245

 उत्तम अर्याल
केही समयअघि पञ्चायतकालमा प्रधानमन्त्री भएका श्रद्धेय व्यक्तित्व कीर्तिनिधि विष्टसाग कुराकानी गर्ने सौभाग्य मिल्यो । आफ्नो प्रधानमन्त्रीकालमा नेपालमा भारतीय प्रभावलाई कम गर्न तथा नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्टहरूलाई हटाउन उनले खेलेको भूमिका अहिले पनि नेपाली जनताले भुलेका छैनन् । गुम्न लागेको राष्ट्रिय स्वाभिमानलाई उनले साहसपूर्ण निर्णय गरी बचाएका थिए । उनको त्यो जोस र आाट जीवनको उत्तरार्धमा आउादा पनि उत्तिकै कायम देखिन्थ्यो । एउटा सच्चा, कर्मठ, निर्भीक, नैतिकवान् र इमानदार नेताको रूपमा परिचित विष्टको ओजस्विता उनको मुहारमा प्रष्ट देखिन्थ्यो । उनले आफ्नो कार्यकालमा सिंहदरबारमा आगो लाग्दा नैतिकताको आधारमा राजीनामा दिएका थिए । तत्कालीन राजाले राजीनामा नदिन पटक–पटक आग्रह गर्दा पनि उनले नैतिकता र पछिल्ला नेतृत्वहरूलाई पनि पाठ हुनसक्ने भन्दै राजीनामा दिए । उनले आफ्नो कार्यकालमा कहिले पनि भ्रष्टाचार, अनियमितता जस्ता लाञ्छनाबाट विवादित बन्नुपरेन । उनका आत्मप्रशंसामा केन्द्रित नहुने साहस र सादगीका कथा सुनिरहादा स्वत: नतमस्तक भएा । उनको जीवनबाट अहिलेका नेताहरूले सिक्नुपर्ने थुप्रै कुराहरू छन्, तर दुर्भाग्य विष्टको जस्तो एउटा गुण पनि अहिलेका नेतामा पाउन मुस्किल छ । अहिलेका नेता जनता र देशमुखीभन्दा पनि सुविधामुखी भएका छन्, जसको कारणले देश दिन प्रतिदिन असफल र गरिब बन्दै गएको छ । जनताका समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।
यही सातामात्र सरकारले सर्वोच्च अदालतको आदेशलाई उल्लंघन गर्दै कानुनी मापदण्डविना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विलासी गाडी सुविधा दिएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो । तर दुर्भाग्य सरकारले वर्षेनी ५० करोडभन्दा बढी दायित्व थपिने गरी जथाभावी रूपमा विभिन्न नेताहरूलाई विलासी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको छ । यस अघिदेखि नै सरकारबाट विलासी गाडीसहितको सुविधा पाइरहेकामा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व–उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंह छन् । हो, देशका लागि केही योगदान दिएका व्यक्तिलाई उचित सम्मान र सुविधा त दिनै पर्छ । तर के त्यो वैधानिक रूपमा दिन सकिादैन ? र कसलाई सुविधा दिन आवश्यक छ र छैन भन्ने कुरालाई पनि सरकारले हेक्का राख्न छोडेको देखिन्छ । जो सरकारमा पुगे पनि ‘लुटको धन, फुपूको श्राद्ध’ भने जसरी राष्ट्रको ढुकुटी आफ्नालाई लुटाइरहेको देखिन्छ । यता जनता भने सरकारबाट भूकम्पपीडितका नाममा प्राप्त हुने १५ हजार रूपैयाा पनि नपाएर कष्टकरपूर्ण जीवन बिताउन बाध्य छन् उता सरकार भने नेताहरूलाई आजीवनको विलासी सुविधा प्रदान गर्नमा नै व्यस्त छ । हालै राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा साढे ९ प्रतिशतले मूल्य वृद्धि जनाएको छ । यसले पनि देशको हालत कुन अवस्थामा छ भन्ने प्रष्ट पार्दछ । तर देश र जनताका लागि राजनीति गरेको भनेर कहिल्यै नथाक्ने र देशलाई आफूले ठूलो उपलब्धि दिएको बखान गर्ने नेताहरूमा भने अलिकता पनि नैतिकताको छनक पाउन सकिादैन । यदि यी नेतामा अलिकति पनि नैतिकता भएको भए कानुन नबनी यस्तो सुविधा मलाई चाहिादैन भन्ने थिए । तर त्यो अपेक्षा गर्नु मूर्खतासिवाय अरु हुादैन ।

 
देशमा तन्त्रहरूको श्रृंखला थपिादै जाादा नेताहरू थप भ्रष्ट, अकर्मण्य र नैतिकताविहीन बन्दै गइरहेका छन् । सत्ता, स्वार्थ र सुविधाका लागि जस्तोसुकै काम गर्न पनि नहिाच्किचाउने प्रवृत्ति नेताहरूमा मौलाइरहेको छ । कुनै न कुनै गलत काममा नमुछिएको नेता पाउन अहिले मुस्किल हुादै गएको छ । राजनीति अहिले व्यवसाय बन्दै गएको छ । व्यवसायी राजनीतिककर्मी बन्दै गइरहेका छन् । पैसा हुनेहरूले नै राजनीति गर्ने र पैसा कमाउनकै लागि राजनीति गर्ने यी दुईथरि प्रवृत्तिले देशलाई गम्भीर दुर्घटनातर्फ डोहोर्‍याइरहेको छ । वर्तमान नेतृत्वमा नैतिकताको खडेरी परेको छ । अबको युवावर्गले नैतिकतासहितको नेतृत्वलाई प्रोत्साहन गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here