२२ मिनेटसम्म पानीमुनि श्वास रोक्न सक्ने व्यक्ति

256

सन् २०१० मा डेनिस फ्रिडाभर स्टिग सेभेरिन्सनले सार्क माछाले भरिएको पोखरीमा हाम फालेर २० मिनेट १० सेकेन्डसम्म आफ्नो श्वास रोकेर लामो समयसम्म पानीमुनि श्वास रोक्न सक्ने व्यक्तिको रूपमा आफ्नो नाम गृनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएका थिए । दुई वर्षपछि निर्भिक स्टिगले पुन: २२ मिनेटसम्म पानीमुनि श्वास रोकेर आफ्नै नाममा रहेको रेकर्ड तोडे ।
सेभेरिन्सेल जसले औषधिविज्ञानमा पीएचडी र बायोलोजी विषयमा स्नातकोत्तर गरेका छन्, उनी चिसो पानीमा पौडी खेल्नेलगायतका विभिन्न अत्यन्त साहसिक कार्यहरू गर्ने व्यक्तिको रूपमा परिचित छन् । पानीमुनि श्वास रोक्ने आफ्नो पहिलो रेकर्डपूर्व स्टिगले २३६ फिट– करिब ७२ मिटर (विम होफ, पूर्व रेकर्ड राख्ने व्यक्तिले भन्दा १४.५ मिटर बढी) सम्म नर्थसीमा शून्य डिग्रीभन्दा कम तापक्रममा पौडी खेलेका थिए ।
उक्त चुनौती सुरु गर्नुभन्दा अगाडि उनले प्रि–अक्सिजिनेटेड स्टेटिक अप्निया गरेका थिए, जसमा शुद्ध अक्सिजन लिने प्रक्रिया थियो । त्यसको साथसाथै, स्टिगले पोखरीको पानी लगभग ३० डिग्री सेल्सियस कायम गरेका थिए ताकि उनको मुटुको धड्कन प्रतिमिनेट ३० भन्दा कम रहोस् । आफ्नो पूर्व रेकर्ड अर्थात २० मिनेट १० सेकेन्डको रेकर्ड उछिनेर पनि उनले थप १ मिनेट ५० सेकेन्ड रमाइलोको लागि बसेका थिए, जसले गर्दा उनले आफ्नो श्वास ठीक २२ मिनेटसम्म रोक्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here