नेपाली कांग्रेसमा कोइराला परिवारको अन्तिम प्रयास

167

हुकुमबहादुर सिंह

नेपाली कांग्रेस र नेपालको कोइराला परिवार नङ र मासुजस्तै जोडिादै आएकोमा सम्भवत: यो महाधिवेशनदेखि त्यसको बलियो सम्भावना कम देखिनथालेको छ । अहिले नेपाली कांग्रेसमा नेपालको कोइराला परिवारबाट केबल तीन जनाको दाबी छ– शशांक, शेखर र सुजाता । यी तीनै जनाले आफूलाई संस्थापन पक्षका बलिया दाबेदार भन्ने गर्दछन् तर ती तीनै जनामा नेतृत्वबारे एकमत छैन । तैपनि वीपीका कारण शशांकको अलि ज्यादा बलियो पकड देखिन्छ । तर शशांकमा वीपीको पुरानो संवैधानिक राजतन्त्रवादी सोच अहिले पनि देखिन्छ र भर्खरै उनको एउटा अन्तर्वार्ता बाहिर आएको छ र त्यसमा उनले नेपालमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षताको सिधै विरोध गरेका छन् । यो उनमा रहेको प्रतिगमनको अभिव्यक्ति हो वा दिल्लीलाई रिझाउने असफल प्रयास मात्रै हो । त्यसैले यस्तो व्यक्तिलाई नेपालको कोइराला परिवारको विरासतको नाममा नेपाली कांग्रेसको भावी नेतृत्वमा लैजानका लागि सायद त्यसभित्रका युवाले रुचाउने अवस्था अब छैन । नेपाल एउटा हिन्दू राष्ट्र कि धर्मनिरपेक्षतामा आधारित राष्ट्र एउटा बहसको विषय छ तर नेपाल एउटा राजतन्त्रात्मक राष्ट्र कि गणतन्त्रात्मक राष्ट्र भन्ने विवाद त पूरै टुंगिएको विषय हो र त्यसलाई फेरि बहसमा ल्याउन खोज्नु भनेको उनले आन्दोलनका सहिदप्रति र उनकै काका गिरिजाप्रतिको अपमान हो । यसले उनको उचाइलाई कम गराएको छ र यस्तो अभिव्यक्तिबाट उनको पुस्तौली नातासित पनि त्यति बलियो सम्बन्ध देखिादैन ।
नेपाली कांग्रेसको इतिहासमा नेपालको कोइराला परिवारको पारिवारिक पकड कमजोर देखिएको यो नयाा महाधिवेशन हुादै छ र यसलाई जबर्जस्ती नेपालको कोइराला परिवारको पारिवारिक पकड देखाउने प्रयास गरिादै छ, संस्थापनको नाममा । यो सिधै नेपाली कांग्रेस अझै पनि सामन्तवादी गोलचक्करभित्र रुमलिएको सन्देश हो र यसलाई प्रमाणित गर्दै छन्, त्यही परिवारका एक जनाले आफ्नो अन्तर्वार्तामार्फत नेपालमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षताको सिधै विरोध गरेर । हुन त लोकतान्त्रिक जीवनपद्धति नेपालका कम्युनिष्ट कांग्ेरस वा अन्य कुनै राजनीतिक दलमा छैन । नेपाली कांग्रेसले आफूलाई एउटा खाटी लोकतान्त्रिक पार्टी भनेर थाक्दैन तर त्यसमा जत्तिको गैर–लोकतान्त्रिक प्रवृत्ति र चरित्र अन्य पार्टीमा देखिादैन । यद्यपि उसको महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएका केही प्रक्रिया र पद्धति लोकतान्त्रिक देखिए तर जे जसरी प्रतिनिधिहरू च्यन गरिए, ती आफौमा विरोधाभाषी देखिएका छन् ।
आजभन्दा ५५ वर्षअघि सातौा महाधिवेशनमा वीपीले भनेका निम्न शब्दहरूको अहिले आएर खासै अर्थ देखिएको छैन । यद्यपि त्यसलाई बचाएर राख्न सुशील कोइरालाले केही हदसम्म सफलता पाएको देखियो । वीपीले भनेका थिए– ‘अनुशासन, इमानदारी, सादगी र नि:स्वार्थता यस्ता गुण हुन्, जसको शक्ति असिम छ । यी गुणहरूलाई नसंगालेर इतिहासको क्रान्तिकारी संस्थाको सदस्य बन्न पाइादैन ।’ तर अहिले ती सबै नेपाली कांग्रेसका लागि इतिहास बनेको छ । मुखले त नेपाली कांग्रेस सबै नेताले त्यसलाई भट्याउने गर्दछन् तर कार्यशैली र व्यवहारमा त्यो कतै भेटिादैन ।

एकाधिकार दलाल पु‘जीवाद पहिलेभन्दा अहिले झन् नेपाली कांग्रेसमा हावी छ र समाजवाद भन्ने शब्द अहिले उसको राजनीतिक डायरीमा छैन । रामशरण महतको एकाधिकार दलाल पु‘जीवादी विचारले अहिले नेपाली कांग्रेसको अर्थनीति गााजेको छ र उनी अहिले त्यसको संस्थापन पक्षमा पर्दछन् । विगत केही महिना अगाडिको दिल्ली भ्रमणबाट रामचन्द्र पौडेलले यस महाधिवेशनबाट अध्यक्ष बन्ने मार्गलाई केही सहज बनाएर आएका थिए, त्यो पनि अहिले उनका लागि त्यति सहज देखिएको छैन । हुन त नेपाली कांग्रेसको संस्थापनपक्ष भनेको मूलत: वीपी, गणेशमान, कृष्णप्रसाद र निधिको समग्रता मानिन्थ्यो तर त्यसमा शेरबहादुर देउवाले कृष्णप्रसाद र निधिको आशीर्वाद लिन सफल भएका थिए, परिणाम गिरिजाका विरुद्ध उम्मेदवारी दिएको पाइन्छ । त्यसैले नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सही मानेमा विभाजित भइसकेको हो । तर यसलाई अझै भ्रमपूर्ण पार्ने प्रयास गरिएको छ । त्यस अर्थमा शेरबहादुर देउवाको जितलाई कोइराला परिवारको सालनालबाट उन्मुक्ति भन्न सकिएला । किनभने नेपाली कांग्रेसमा नेपालको कोइराला परिवारका तीनै जना– शशांक, शेखर र सुजाता, सबैले आफूलाई शेरबहादुर देउवाका जितसित आफ्नो पारिवारिक हारका रूपमा लिएको पाइन्छ । के कुरा स्पष्ट देखिादै छ भने यो महाधिवेशन नेपाली कांग्रेसमा नेपालको कोइराला परिवारको लागि अन्तिम दाबेदारी हुनेछ, यदि शेरबहादुर देउवाले पार्टी अध्यक्षमा जिते भने । अन्यथा अझै केही समयका लागि उनीहरू त्यसप्रति आशावादी रहने समय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here