पानीको साटो रक्सी पिउने यी व्यक्ति

154

पानीको साटो रक्सी मात्र पिएर कोही बााच्न सक्छ भन्ने कुरालाई हामीलाई सजिलै विश्वास नलाग्न सक्छ । तर एक व्यक्ति भने रक्सी पिएकै भरमा १ सय ७ वर्षको उमेरसम्म बााचे ।
उत्तर–पश्चिम स्पेनको विगो सहरका एक व्यक्ति एन्टोनियो डोक्याम्पो गार्सियाले आफ्नो जीवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको उमेरमा उनको निधन भएको छ । समाचारअनुसार उनले आफ्नो जीवनकालमा कहिल्यै पनि खाली पानी पिएनन् । उनले पानी पिउनुका साटो आफौले बनाएको अर्गानिक रेड वाइन पिए र तिर्खा मेटे । उनले घरमै बनाएको रेड वाइन दिनको ४ लिटरसम्म पिउाथे ।
वास्तवमा एन्टोनियोको पेशा नै वाइन बनाउनु थियो । उनले वर्षमा ६० हजार लिटर जति वाइन उत्पादन गर्थे र त्योमध्ये तीन हजार लिटर त आफौले पिउाथे । अरु बााकी रेड वाइन बेचेर पैसा कमाउाथे । उक्त रेडवाइन पूर्णरूपमा रसायनमुक्त तथा अर्गानिक हुन्थ्यो । त्यसैकारण पनि उनी त्यति वर्षसम्म बााच्न सफल भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here