एउटा आलुको तस्बिरका लागि एक व्यक्तिले करोडौं रूपैयाा खर्च गरेका छन् । नाम नखुलाइएका एक जना धनाढ्य मानिसले आलुको फोटो यति महंगो मूल्यमा खरिद गरेका हुन् । ती व्यक्तिले उक्त तस्बिरका लागि १० लाख डलर अर्थात् झण्डै ११ करोड डलर खर्च गरेका छन् । योसागै महंगो तस्बिरको दुनियाामा यही सस्तो आलुले बाजी मार्दै आलुको एउटा तस्बिर दुनियााको सबैभन्दा महंगो तस्बिर बन्न सफल भएको छ ।
एलाइट रिडर्स डटकमको रिपोर्टअनुसार नाम दिइएको उक्त आलुको तस्बिर आयरलाण्डका फोटोग्राफर केभिन एवोसले खिचेका हुन् । उनले उक्त फोटोमा निकै लोकप्रिय कालो पृष्ठभूमिको प्रयोग गरेका छन् । फ्रान्सको पेरिसमा रहेको केभिनको घरमा पुगेका बेला त्यहाा राखिएको उक्त आलुको तस्बिर मन पराएर ती धनाढ्यले यति महंगो मूल्य चुकाए । ती खरिददार व्यक्ति केभिनका प्रशंसक समेत हुन् । केभिनले खिचेका तस्बिरमध्ये यो अहिलेसम्मकै महंगो तस्बिर हुनुका साथै दुनियाामा सबैभन्दा महंगो मूल्यमा बिकेको तस्बिरमध्ये एक हो ।