कााग्रेसको नयाा नेतृत्वबाट के अपेक्षा गर्ने ?

229

राज्यलक्ष्मी शाक्य
हालै मात्र नेपालको सबैभन्दा पुरानो तथा ठूलो दल नेपाली कााग्रेसले १३औं महाधिवेशनबाट नयाा नेतृत्व चयन गरेको छ । कााग्रेसले यो महाधिवेशनबाट नयाा नेतृत्वमात्र चयन गरेको छैन, संस्थापनकालदेखि नै पार्टीको नेतृत्व सम्हाल्दै आएको आएको कोइराला परिवारलाई समेत नेतृत्वबाट बाहिर राखेको छ । नेपाली कााग्रेसले स्थापनाका झण्डै सात दशकको अवधिमा बीपी कोइरालालाई आदर्शका रूपमा ग्रहण गर्दै आएको छ । बीपीले त्यतिबेला अवलम्बन गरेको नीतिलाई नै कााग्रेसले आफ्नो नीति मान्दै आएको छ । कााग्रेसका संस्थापकका हैसियतले बीपीलाई पथप्रदर्शक मान्नु स्वाभाविक पनि हो तर नेपालमा कााग्रेसको उदयका विषयमा संग्रहित ऐतिहासिक दस्तावेजहरू अध्ययन गर्ने हो भने बीपी आफौ पनि मुलुकप्रति कति चिन्तित थिए भन्ने कुरा दोहोर्‍याइराख्नु नपर्ला । तिनै बीपीलाई आदर्श मान्ने नेपाली कााग्रेस बीपीको सोचभन्दा फरक हुन्छ भनेर कल्पना गर्न मिल्दैन र फरक हुादैन पनि । अर्काेतर्फ बीपीको बाटोमा हिाडिरहेको कााग्रेसलाई हालसम्म नेतृत्व दिने अधिकांश बीपीकै भाइभारदारहरू नै रहे अर्थात् यो लामो अवधिसम्म पनि कााग्रेस कोइराला परिवारभन्दा बाहिर जान सकेन । त्यसैले कााग्रेस बीपीको मार्गबाट दायााबायाा हुने सम्भावना पनि रहेन । तर अब समय धेरै परिवर्तन भइसकेको छ । एकातर्फ बीपीको लक्ष्य आफौमा पनि मुलुकको हितमा थिएन भन्ने ऐतिहासिक दस्तावेजहरूले नै देखाउादै आएको छ । अर्काेतर्फ उनको सिद्धान्त पनि पुरानो भइसकेको छ भने तेस्रो कुरा बीपीकै पथमा हिाड्ने भारदारहरू पनि नेतृत्वबाट बाहिरिसकेका छन् । यस्तो अवस्थामा कााग्रेसको अबको यात्रा कता जान्छ भन्ने आम चासो रहेको छ ।
नेपालमा लामो समयदेखि राजनीतिमा महत्वपूर्ण भूमिकामा रहादै आएको नेपाली कााग्रेसलाई सधैं एउटा तीतो आरोप लाग्ने गर्छ । त्यो हो नेपाली कााग्रेस नेपाल कम र भारतप्रति बढी झुकाव भएको पार्टी हो । यो आरोप पंक्तिकारले व्यक्तिगत रूपमा लगाएको आरोप होइन । नेपालका राष्ट्रभक्त जनता र कम्युनिष्टहरूले कााग्रेसजनहरूप्रति लगाएको नमीठो आरोप हो यो । तथापि यो छाप कााग्रेसको अहिलेको नेतृत्वले मात्र सिर्जना गरेको भने होइन । बीपी कोइरालाले कााग्रेसको स्थापना नै नेपाललाई भारतको महत्वपूर्ण अंगका रूपमा स्थापित गर्न गरेका हुन् भन्ने कुरा दस्तावेजहरूले देखाउाछ । बीपी आफौले पनि कैयाौ भाषणहरूमा नेपाल भारतको एउटा अंग भएको कुरा उल्लेख गरेका छन् र भारत र नेपाललाई जसरी पनि जोडेर एउटै बनाउने कुरालाई प्राथमिकता दिएको पाइन्छ । यद्यपि उनका अनुयायीहरूले यसलाई नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउने रूपमा अथ्र्याउाछन् । त्यस्तै उनले पहिलो पटक भारतमा बसेर नेपालविरुद्ध सशस्त्र आन्दोलनसमेत गरेका थिए । अरु त के उनी नेपाली नागरिक हुादाहुादै पनि भारतीय परिचयपत्र बोकेर युरोप भ्रमण गरेका थिए । उनी पछि नेपालमा आएर राजनीतिमा सक्रिय हुादा पनि भारतीय पक्षबाट तत्कालीन राजाका विरुद्ध बीपीलाई प्रयोग गरेका उदाहरणहरू भेट्न सकिन्छ । यसले पनि नेपाली कााग्रेसको स्थापनाको लक्ष्य प्रष्ट थियो र अहिले पनि त्यही पथमा हिाडिरहेको देख्न सकिन्छ । तर प्रश्न उठ्छ एउटा मुलुकको सार्वभौमिकतालाई कमजोर बनाउने उद्देश्यसहित स्थापना भएको दलको भविष्य कति लामो हुन सक्छ ? यसको जवाफ कोइरालाविनाको कााग्रेस अर्थात् अबको नयाा नेतृत्वले मात्र दिन सक्छ । त्यसका लागि नयाा नेतृत्वले विगतको दागलाई पखालेर मुलुक र जनताप्रति प्रतिबद्ध र बफादार कााग्ेरसको निर्माण गरेर देखाउन सक्नुपर्छ । अबको नेतृत्वले कााग्रेसलाई नयाा दिशा दिन सक्छ वा सक्दैन र विगतको समीक्षा गर्दै भविष्यप्रति चिन्तित हुन्छ वा हुादैन भन्ने कुरा नयाा नेतृत्वले अवलम्बन गर्ने नीतिले नै प्रष्ट पार्नेछ । तथापि आम मानिसहरूको चाहना भनेको मुलुकको हितभन्दा बाहिर नगएर नेपालकै मौलितालाई रक्षा र सम्बद्र्धन गर्ने कााग्रेस नै हो । बााकी कााग्रेस नयाा नेतृत्वकै मर्जी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here