नेपालसागको स्वतन्त्र व्यापारमा चिनियाा चासो

268

गरिबी अन्त्य र जनताको जीवनस्तर सुधारका विषय चीनको प्राथमिकतामा
काठमाडौ/प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेदेखि चीन भ्रमणको मिति तय भएलगत्तै चीनले नेपालसागको स्वतन्त्र व्यापार सम्झौतामा चासो व्यक्त गरेको छ । चीनले प्रधानमन्त्री ओलीको भ्रमणका बेला गरिने स्वतन्त्र व्यापार सम्झौताका लागि प्रक्रियागत विषयमा छिट्टै सहमति हुने विश्वास पनि गरेको छ । प्रधानमन्त्री ओलीका भ्रमणका बेला चीनले अघि सारेको सिल्क रोड इकोनोमिक बेल्ट परियोजनामा नेपालको सक्रिय सहभागिताको प्रतिवद्धता समेत अपेक्षा गरेको छ । प्रधानमन्त्रीको भ्रमणका बेला नेपालमा पेट्रोलियम पदार्थको आयातका लागि ‘बिजनेश टु बिजनेश’ सम्झौतामा हस्तक्षेर पारवहन तथा यातायात सम्झौता, उत्तरदक्षिण रेलसञ्जाल विस्तार, पोखरा क्षेत्रीय विमानस्थल निर्माणलाई गति दिने लगायतका विषयहरूलाई नेपालले प्राथमिकता दिने जनाइरहेका बेला चीनले नेपालसागको स्वतन्त्र व्यापार लगायतका विषयलाई महत्व दिएको छ । नेपाल स्थित चिनिया दुतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै चीन र नेपालबीच हुने स्वतन्त्र व्यापार सम्झौताले दुई मुलुकबीचको व्यापार सम्बन्ध बढाउने विश्वास व्यक्त गरेको छ । त्यस्तै चीनले नेपाल जस्ता अति कम विकसित मुलुकहरूको गरिबी घटाउन र स्थानीय जनताको जीवनस्तर सुधार्नका लागि सहायता उपलब्ध गराउने विषयहरूलाई प्राथमिकतामा राखेको भन्दै यसले नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरेको छ । त्यस्तै चीनले ‘वन बेल्ट वन रोड’ रणनीति मार्फत पनि नेपालको आर्थिक र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने जनाएको छ । चीनले प्राचीन व्यपारिक सिल्क रोडको मूख्य मार्ग नेपाल भएकाले वनबेल्ट वन रोड परियोजनामा नेपालको सहभागिताले महत्वपूर्ण फाईदा पुग्ने जनाएको छ । त्यस्तै भूकम्प पछिको पुनर्निर्माणमा पनि सहयोग गर्न इच्छा व्यक्त गरेको छ ।

 
चीनले नेपालको आर्थिक विकासमा सहयोग गर्न तत्परता देखाएको यो नौलो विषय भने होइन । विगत लामो समयदेखि चीनले नेपालको विकास निर्माण लगायतका विषयमा चासो व्यक्त गर्दै आएपनि नेपाली नेतृत्वको तत्परताको अभावले चिनियाा सहयोग भने नेपालमा भित्रिन सकिरहेको छैन । चिनियाा सहयोग र सहायता लिादा दक्षिणी छिमेकी भारत रिसाउला कि भन्ने नेपाली नेतृत्वको कमजोर मानसिकताका कारण नेपाल जहिले पनि उत्तरी छिमेकीले सहयोग उपलब्ध गराउन खोज्दा पनि लिन तयार देखिदैन । जसले गर्दा नेपालको व्यापार भारतसाग एकतर्फी भरनिर्भर हुादै आएको छ र सुधार्नै नसकिने गरी व्यापारघाटा बढीरहेको छ । यसले भारतीय पक्षले कुनै बहानामा आयात निर्यात रोकिदिादा नेपाल समस्यामा पर्ने गरेको छ । पूर्व प्रधानमन्त्री किर्तिनिधि बिष्ट पनि नेपालको नेतृत्वले चिनिया सहयोग लिन नचाहिरहेका कुरा सत्य भएको स्वीकार गर्छन् । विष्ट भन्छन्, ‘चीनले अफ्रिकी मुलुक तथा युरोपियन मुलुकमा अर्बाै डलर लगानी गरेको छ । नेपाल चीनको छिमेकी मुलुक र सम्भावना बोकेको मुलुक भएकाले नेपालमा लगानी नगर्ने कुरा हुादैन तर नेपाली नेतृत्वले चिनियाा लगानी भित्र्याउन नचाहदा समस्या उत्पन्न भएको हो ।’ बिष्टले भनेजस्तै प्रजातन्त्रको पुनस्थापना पश्चातका अधिकांश प्रधानमन्त्रीहरूले भारतसागको सम्बन्धलाई मात्र जोड दिादा नेपालमा चिनियाा लगानी तथा व्यापार विस्तार हुन नसकेको सत्य हो । यो विषयलाई हालका प्रधानमन्त्री ओलीले पनि राम्रै बुझेका छन् । तर ओलीले अन्य प्रधानमन्त्रीहरूले जस्तै नेपालको हित विपरितका काम गर्न नचााहदा भारतीय पक्ष रुष्ट भएको देख्न सकिन्छ । यस्तो अवस्थामा चीनसागको सम्बन्धलाई नयाा आयाम दिने उपयुक्त अबसर पनि हो । यस्तो अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई हित हुने गरी चीनसागको सम्बन्धलाई विस्तार गर्ने आम अपेक्षा रहेको छ । यो अपेक्षालाई ओलीले पुरा गर्छन् वा गर्दैनन् त्यो भने हेर्न बााकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here