नेपाली कांग्रेसको महामन्त्री बनेपछि शशांक कोइराला सागको ताजा सम्वाद

193

राष्ट्रियतालाई खतरामा
पार्ने विषयबारे पुनर्विचार गर्नुपर्छ
 डा.शशांक कोइराला नवनिर्वाचित महामन्त्री– नेपाली कााग्रेस

 
नेपाली कााग्रेसलाई कसरी अगाडि बढाउनु हुन्छ ?
नेपाली कााग्रेसको अगाडि धेरै चुनौतिहरू छन । पार्टीको संगठनमा समस्या छ र राष्ट्र नै एक किसिमको संकटमा छ । भर्खरै नयाा संविधान आएको छ । जनताको प्रतिनिधिद्वारा लिखित यो संविधान कार्यान्वयन गर्नुछ, त्यो पनि चुनौतिपूर्ण छ । त्यो चुनौतिलाई टेक्दै गर्दा खेरी हामीसाग सहमतिको राजनीतिको बाटो एउटा हो । जसको आधार विश्वेश्वरप्रसाद कोइरालाले सुरु गरेको मेलमिलाप नीति हो । उहााले राष्ट्रियता र मेलमिलापको नीतिको कुरा गर्नु भएको थियो । नेपालको राजनीतिक अवस्थमा जुन चुनौतिहरू छन त्यसलाई सामना गर्नकोलागि पनि हामीले पहिला कााग्रेसको केन्द्रीय समिति बसेर ठूलो समिक्षा गर्नु पर्दछ र त्यसपछि अघि बढ्नु पर्छ ।
सभापति र महामन्त्री अलग–अलग प्यानलबाट निर्वाचिन हुनु भएको छ, कााग्रेस कसरी अघि बढ्छ ?
हाम्रो नवनिर्वाचित सभापति शेरबहादुर देउवा हुनुहुन्छ । महामन्त्री म भएको छु । अब केन्द्रीय सदस्यहरू पनि आउाछन् । कस्ता साथीहरू केन्द्रीय सदस्यमा निर्वाचित भएर आउाछन्, हाम्रो पार्टीको कस्तो संरचना हुन्छ, त्यसमा भर पर्छ । अहिले हामीले सबैभन्दा पहिला मुलुकको राजनीतिको समीक्षा गर्नुपर्ने आवश्यकता छ । दोस्रो नयाा संविधान आइसकेपछि त्यसको आधारमा पार्टीको सांगठनिक संरचना परिवर्तन गर्नुपर्ने छ ।
तपाई र सभापति एकताबद्ध रूपमा अघि बढ्नु हुन्छ ?
हो, एकता हुनसक्ने सम्भावना धेरै छ । मैले पहिलादेखि नै ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्छ भनेर भन्दै आएको थिए । यो महाधिवेशनले पार्टी एक हुनुपर्छ भन्ने सन्देश दिएको छ । ३१ सय महाधिवेशन प्रतिनिधिहरूले त्यो सन्देश दिएर गएका छन् त्यसैले पार्टी एकताबद्ध हुनैपर्छ । जहाासम्म मेरो शेरबहादुरजी र अन्य आउने साथीहरूको विचारको कुरा हो । विचारमा प्रतिस्पर्घा हुनुपर्छ । त्यो स्वाभाविक पनि हो ।
तपाईहरू त अलग–अलग प्यानलबाट निर्वाचिन भएको हो नि त ?
प्यानल सिष्टममा म त्यति विश्वास गर्दिन । देशका कुना कन्दराबाट आएका प्रतिनिधिहरूले स्वच्छ रूपले बिना भय, त्रास र प्रलोभनलाई हटाएर भोट हाल्न पाउनुपर्छ भन्ने विचार राख्ने ब्यक्ति म हुा । राजनीतिमा चुनावको बेलामा गुट, उपगुट हुनु स्वाभाविक हो । तर यसलाई निरन्तरता दिनु हुादैन ।
पार्टीभित्रको भागबण्डा अन्त्य गर्न के गर्दै हुनुहुन्छ ?
पार्टीभित्रको त्यो भागबण्डा अन्त्य गर्नैपर्छ । भागबण्डाको राजनीतिले नेपाली कााग्रेसलाई जुन उचाईमा पुर्‍याउनु पर्ने थियो त्यहाा भन्दा हामीलाई धेरै तल पुर्‍याएको छ । पार्टींभित्रका साथीहरूको बीचमा जुन तिक्तता छ । त्यसलाई मेट्नैपर्छ ।
अलग–अलग प्यानलबाट सभापति र महामन्त्री निर्वाचित गरेर प्रतिनिधिहरूले पार्टी एकताको सन्देश दिन खोजेका हुन् ?
हो, दुवै पक्ष मिलेर जाउन भन्ने सन्देश दिएका छन् । तर भविष्य भने आउने दिनमा हामीले पार्टीलाई कसरी लिएर जान्छौ त्यसमा भर पर्छ । त्यसैले पहिला केन्द्रीय समिति बसेर पार्टीको आन्तरिक विषयको समीक्षा गर्नु पर्‍यो । अहिलेकै परम्परालाई निरन्तरता दिए राम्रो हुादैन । पहिला कााग्रेस आफू एक हुन सक्नु पर्‍यो त्यसपछि राष्ट्रको चुनौतिलाई सामना गर्नकोलागि राष्ट्रिय एकता कायम गर्नु पर्छ । त्यो सकिएन भने मैले राजनीति गर्नुको अर्थ छैन । मेरो चाहना के हो भने पार्टी एक होस, गुट उपगुट अन्त्य होस । चुनावमा गुट उपगुट हुन्छ तर यहाा विडम्बना के भयो भने त्यो यहाा ब्यक्तिगत भयो । हाम्रोमा नै अहिलेसम्म साच्चिकै लोकतन्त्र र प्रजातन्त्र स्विकार्न सकिरहेको अवस्था छैन । हाम्रोमा जित्नेको उन्माद र हार्नेको तिक्तता लोकतन्त्रको मान्यता होइन ।
त्यसो भए कााग्रेसमा अब तिक्तता र उन्माद दुबै रहादैन ?
हो । यो यस परम्परालाई निमिट्यान्न पार्नै पर्छ । ताली एक हातले मात्रै बजाएर हुादैन ताली सबैले बजाउनु पर्‍यो । यसमा सबैभन्दा बढी भूमिका सभापति ज्यूको हुनु पर्छ तर अरुले पनि त्यही अनुसारको भूमिका निर्वाह गर्नु पर्छ ।
तपाईले मधेससहित असन्तुष्टको मुद्दालाई कसरी सम्बोधन गर्नु हुन्छ ?
यो मैले मात्रै गर्ने होइन । सम्पूर्ण साथीहरूले बसेर, खासगरी मधेसी साथीहरू जसको यत्रो भावना अहिले छचल्किरहेको छ त्यसलाई मिलाउनु पर्छ । यद्यपि सबैलाई सन्तुष्ट राख्न सक्नु हुन्न । तर हामीले के सोच्नु पर्‍यो भने राष्ट्रको एकता कसरी कायम राख्ने भन्ने सोच्नु पर्छ । भुमिको राजनीति जस्तो यो तेरो र यो मेरो प्रान्त भन्ने जस्ता कुराबाट मुक्त हुनु पर्छ । संघीयताको जुन सिद्धान्त हुन्छ प्रान्तलाई विस्तारै शक्ति हस्तान्तरण गर्दै जानु पर्छ । त्यस अवस्थामा एकै रातमा पुग्न सकिदैन । परिवर्तन अचानक गर्नु भयो भने ठूलो अप्ठ्यारो आई लाग्छ ?
त्यसो भए तपाई संघीयताविरोधी होइन ?
होइन, वीपी कोइरालाले नै विकेन्द्रीकरणको कुरा धेरै पहिला गर्नु भएको थियो । उहााले धेरै पहिला अब विस्तारै हामीले विकेन्द्रीकरण गर्नुपर्छ भन्नु भएको थियो । त्यो बेला उहााले ८ वा ९ वटा केन्द्रको कल्पना गर्नुभएको थियो । पञ्चायतकालमा पााच विकास क्षेत्र बनाएर केही प्रयासहरू भएका थिए । तर त्यो नामको लागि मात्रै भयो । शासन केन्द्रीकृत नै हुन पुग्यो । विकेन्द्रीकरण एकै रातमा गर्न सकिदैन । सबैभन्दा पहिला हरेक नागरिकले यसलाई ग्रहण गर्न सक्नु पर्‍यो । २०३७ सालमा टिचिङ हस्पिटलमा हुादाखेरि मैले एक जना बुढा ब्यक्तिलाई प्रश्न गरेको थिएा । बाबा तपाईको घर कहाा हो भनेर सोध्दा एक नम्बर पूर्व भने । उनलाई थाहा पनि थिएन जिल्ला कुन हो, अञ्चल कुन हो भनेर । उनको मनस्थिति त्यही १५ साल अघिको थियो । त्यसैले यस्तो भावनालाई परिवर्तन गर्न सक्नु पर्‍यो हामी सबैले ग्रहण गर्न सक्नु पर्‍यो ।
तपाईले आफूलाई धर्मनिरपेक्षताको विरुद्धमा उभ्याउनु भयो नि ?
मैले भनेको छैन धर्मनिरपेक्ष राष्ट्र हुनु हुादैन भनेर । मैले के भनेको छु भने यस्ता मुद्दाहरू तपाईहरू पृष्ठभूमिमा ल्याउनु हुन्छ जसले राष्ट्रियतालाई खतरामा पार्छ भने त्यसलाई सम्बोधन गर्दा तपाईले अत्यन्तै संवेदनशील ढंगले गर्नुपर्छ । एकातिर ६०१ जनप्रतिनिधिको अन्त्यन्तै ठूलो बहुमतले एउटा संविधान दिएको छ । मलाई लाग्दैन ९० प्रतिशत जनप्रतिनिधिको सहभागितामा अन्य कुनै मुलुकमा संविधान दिइएको होला । केही त्रुटिहरू छ, त्यसलाई सम्बोधन गर्नैपर्छ तर हामीले अनावश्यक मुद्दाहरू उठाएर राष्ट्रलाई चकनाचुर गर्न हुादैन भन्ने मेरो धारणा हो । मैले कहिल्यै पनि गणतन्त्रलाई पुनर्विचार गर्नुपर्छ भनेर भनेको छैन । मैले भनेको के थिए भने १३औं महाधिवेशनमा पुनर्मूल्यांकन गर्नुपर्छ यो मूल्यांकन २००३ सालदेखिको गर्नुपर्छ । इतिहासमा नहेरी कन तपाई भविष्यलाई हेर्नै सक्नुहुन्न । बीपी कोइरालाले के गल्ती गर्नुभयो भन्ने कुरा पनि हेर्नु पर्छ । महाधिवेशन भनेको हरेक कुराको पुनर्मूल्यांकन हो ।
धर्मनिरपेक्षता र संघीयतामा पुनर्मूल्यांकन गर्नुपर्छ भन्न खोज्नु भएको ?
होइन, जनताका प्रतिनिधिहरूले त संविधान दिइसकेका छन् । अब त्यसैलाई टेकेर अघि जाने कि फेरि अस्थिरताको भूामरीमा फस्ने ? मुलुक अस्थिरतामा रहेको पचास वर्ष भइसक्यो । विदेशीहरूले त्यसलाई नै प्रयोग गर्छन् । मलाई लाग्छ, अहिले अस्थिरताको राजनीति गर्नु हुादैन ।
त्यसको भए यसको नेतृत्व कााग्रेसले लिन्छ ?
कााग्रेस यो मुलुकको सबैभन्दा ठूलो पार्टी हो त्यसैले यसको नेतृत्व लिनुपर्छ । अस्थिरताको राजनीतिबाट मुक्त भएर अब विकासको बाटोतिर लम्किनु पर्छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प कााग्रेसले खोज्छ त ?
सबैभन्दा पहिला केन्द्रीय समितिमा बसेर छलफल हुन्छ । किन परिवर्तन गर्ने, केका लागि परिवर्तन गर्ने, सरकारको कामको विषयमा समीक्षा गर्नुपर्छ । हामीलाई लाग्यो कि सरकार परिवर्तन गर्नुपर्छ भन्ने त्यो बेला अरु दलसाग पनि छलफल गर्नुपर्छ । यो पछिको कुरा हो ।
कााग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिदैन ?
नेपाली कााग्रेस सबैभन्दा ठूलो पार्टी हो । त्यसैले नेपाली कााग्रेसले बनाउन सक्छ । तर त्यस्तो सरकार बनाउादाखेरि हामी अस्थिरतातिर धकेलिनु हुादैन ।
त्यस्तो सरकारको प्रधानमन्त्री को बन्ने त ?
प्रधानमन्त्री भनेको वीपी कोइरालाकै शब्दमा फाटेको जुत्ता हो । कहिले कसैले कहिले कसैले लगाउाछ । त्यो महत्वपूर्ण कुरा होइन । मेलमिलापको राजनीति नै महत्वपूर्ण हुन्छ तर मेलमिलाप गर्दागर्दै तल झर्न सक्दैन । मेलमिलाप गर्दा सबै पदकै राजनीतिमा दौड्ने हो भने के को मेलमिलाप । त्यसो हो भने त आउादो पचास वर्षसम्म एकपटक कााग्रेस, एमाले, माओवादी र मधेसवादी सबै बने भई हाल्यो नि । मिलिभगत गर्नु हुादैन ।
सहमतिको सरकारको नेतृत्व कााग्रेसले गर्न सक्छ ?
गर्न सक्छ । प्रधानमन्त्री को हो भन्ने विषयमा विवाद हुादैन हामी त्यसमा छलफल गर्छौ । मधेसी, जनजाति, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला सबै प्रधानमन्त्री बन्न सक्ने हुनु हुन्छ । अहिलेका लागि नेपाली कााग्रेस र देशको लागि उचित राजनीतिक निर्णय के हो यसका लागि पहिला केन्द्रीय समितिमा छलफल हुनुपर्छ ।
संसदीय दलको नेता चााही को बनाउने त ?
अहिलेसम्म त्यसमा छलफल भएको छैन । केन्द्रीय समितिमा त्यसमा छलफल हुन्छ ।
वीपी कोइरालाको छोराको रूपमा तपाईमाथि राखिएको अपेक्षा पूरा गर्न सक्नु हुन्छ ?
हो, धेरै अपेक्षा छ । यो पुरा गर्न ठूलो चुनौति छ । यो मैले एक्लै ले पुरा गर्न सक्दिन । नेपाली कााग्रेसकोलागि नयाा अध्याय सुरु भएको छ । यो चुनौतिलाई हामीले सामना गर्नु पर्छ भन्ने एउटा तरंग छ । सुशील कोइरालालाई स्मरण गरौ । उहाले जाादै गर्दा धेरै तरंगहरू दिएर जानु भएको छ । सादगी जीवन हुदा हुदै पनि उच्चस्थानमा पुग्नु भयो र संविधान दिनुभयो । यो अधिवेशनले रक्तसञ्चार गरेको छ । आउादो चुनौतिपूर्ण दिनहरूलाई सामान गर्नका लागि बेस लाइन दिएको छ ।
रामचन्द्र पौडेललाई कस्तो भूमिका दिनुपर्छ ?
रामचन्द्र पौडेललाई भूमिका दिनुपर्छ । उहाा १५ सालदेखि निरन्तर पार्टीमा लागिरहनु भएको छ । उहाालाई भूमिका नदिई हुादैन । उहााको ठूलो अनुभव छ, उहााले धेरै योगदान गर्न सक्नु हुन्छ । कसैलाई पन्छाएर राजनीति गर्ने कुरा मलाई ठीक लाग्दैन । सबैको अनुभव लिएर जानु पर्छ । सबैले भार बोके मात्रै सफल हुन सकिन्छ ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here