नेपाली सेनाको स्वागतयोग्य निर्णय

289

नेपाली सेनाको गत आइतबार बसेको पृतनापतिहरूको बैठकमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विखण्डनकारी गतिविधि गर्नेविरुद्ध नेपाली सेना परिचालन हुनसक्ने संकेत गर्नु स्वागतयोग्य काम हो । झण्डै पााच महिनासम्म भारतले एकतर्फि रूपमा लगाएको नाकाबन्दी तथा तराई क्षेत्रमा विभिन्न समूहले मुलुक विखण्डनको गतिविधिलाई तीव्रता दिनुले मुलुकको स्वाधीनता र स्वाभिमान कमजोर भइरहेको महसुस भइरहेका बेला मुलुकको स्वाधीनताको रक्षा गर्ने जिम्मा पाएको नेपाली सेनाले यस्तो निर्णय गर्नुले राष्ट्रप्रेमी नेपालीमा आशा र उत्साह जगाएको छ । हुन त नेपाली सेनालाई पटक–पटक नेपालको आन्तरिक समस्या समाधानका लागि परिचालन हुने गरेको आरोप पनि नलागेको होइन । तथापि मुलुक समस्यामा पर्दा आन्तरिक होस् वा बाह्य नेपाली सेनाले आफ्नो जिम्मेवारी पूरा गर्नु उसको कर्तव्य हो । त्यसमाथि हाल नेपालको तराई क्षेत्र तथा अन्य भूभागमा सञ्चालन भइरहेका विखण्डनकारी गतिविधिहरू आन्तरिकभन्दा पनि बाह्य शक्तिद्वारा परिचालित भएको कुरा कतै लुकेको छैन । त्यसमाथि मुलुकको रक्षाको जिम्मा पाएको नेपाली सेनासाग त्यस्ता गतिविधि प्रायोजित हुन् वा आन्तरिक भन्ने बुझ्नका लागि गुप्तचर निकायदेखि सबै किसिमको संयन्त्र पनि रहेको हुन्छ । त्यसैले सेना आफौले विखण्डनकारी गतिविधिबारे जानकार रहेको भन्दै सरकारको निर्देशनमा परिचालन हुनसक्ने संकेत गर्नुले मुलुकमा भइरहेका विखण्डनकारी गतिविधिहरू सामान्य छैनन् भनेर बुझ्न पनि कठिन छैन ।
पछिल्लो पटक संविधान निर्माणपश्चात् तराईमा चर्किएको आन्दोलन नियन्त्रणका लागि सरकारले सेना परिचालनको निर्णय गर्न सक्नेभन्दा सेना परिचालन हुनेमा सरकार र प्रमुख राजनीतिक दलहरू समेत अन्योलमा देखिादै आएका थिए । अर्काेतर्फ सेना आफौले पनि सरकारको निर्णय पालना गर्ने भने पनि परिचालनका विषयमा आफ्ना आधिकारिक धारणा सार्वजनिक गरेको पाइएको थिएन । तर सेनाले तराईमा भइरहेको आन्दोलनका बारेमा अध्ययन भइरहेको भने पटक–पटक बताउादै आएको थियो । अहिले सरकारको आदेशविना नै सेनाले आन्तरिक अध्ययनपछि विखण्डनकारी गतिविधि रोक्न सक्रिय हुनसक्ने जनाउनुले सेनाले तराई आन्दोलन र मुलुक विखण्डनसम्बन्धी गतिविधिलाई नजिकबाट अध्ययन गरेको कुरा पुष्टि भएको छ । सेनाले विखण्डनकारीविरुद्ध सक्रिय हुनसक्ने संकेत गर्नु स्वागतयोग्य काम मात्र होइन, यसले नेपाली सेनाप्रति राष्ट्रप्रेमी जनताको भरोसा र अपेक्षा पनि बढाएको छ । यसले नागरिक र सेनाबीचको सम्बन्धलाई समेत सुमधुर बनाउन थप मद्दत गर्नेछ ।
सेनाले मुलुकको स्वाधीनताका लागि कस्तो निर्णय गर्छ भन्ने कुरा सेनाको नेतृत्वमा को छ भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्छ । जस्तो विगत केही वर्षयता सेना मुलुक र जनताप्रति उत्तरदायी नभएको भन्दै सेनाको मौनतालाई निकै आश्चर्यका साथ हेरिएको थियो । तर सेनाको नेतृत्व राजेन्द्र क्षेत्रीको कााधमा आएपछि उनले सेनालाई जनपक्षीय र मुलुकप्रति बढी बफादार बनाउने उद्घोष मात्र गरेनन्, व्यवहारले पनि पुष्टि गर्दै गइरहेका छन् । यसले सेनाको नेतृत्व लिने व्यक्तिमा मुलुकप्रति कति चिन्ता छ भन्ने कुरालाई पनि पुष्टि गर्छ । तथापि सेनाको बफादारिताको कुरा गर्दा विगतमा नेपाली सेना बफादार थिएन भन्नेचाहिा होइन । तर नेतृत्वको मुलुकप्रतिको तत्परता र इच्छा शक्तिले भने अवश्य भूमिका निर्वाह गर्दाे रहेछ भन्ने कुरा विगत र वर्तमान नेतृत्वका कार्यशैलीले अवश्य देखाइरहेको छ ।
नेपालको भविष्य नेपाली सेनासाग जोडिएको छ । यदि नेपाली सेनामा मुलुकप्रतिको जिम्मेवारी बोध गम्भीरताका साथ भएन भने नेपालको भविष्य अन्योल हुनेमा कुनै शंका छैन । त्यसैले मुलुकलाई कुन दिशातर्फ अघि बढाउने कुरा राजनीतिक दलहरूमा मात्र नभएर मुलुकको सुरक्षासाग जोडिएको सेनाको भूमिका पनि महत्वपूर्ण हुन्छ । यस्ता विषयमा सैन्य नेतृत्वले सुझबुझका साथ मुलुकको हितलाई ध्यानमा राखी काम गरेमा अवश्य पनि मुलुकको स्वाधीनता, स्वाभिमान र अखण्डतालाई सुरक्षित राख्न सकिन्छ । नेपाली सेनाको पृतनापतिस्तरीय बैठकले पनि यसै कुरालाई महत्व दिएको बुझ्न सकिन्छ, जुन निकै नै स्वागतयोग्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here