‘पञ्चरत्ने र पार्वती’ धुर्मुस सुन्तलीको नयाा रूप

266

काठमाडौं/ ‘मेरी बास्सै’ टेलिसिरियलबाट नेपाली हास्य क्षेत्रमा उदाएका जोडी धुर्मुस र सुन्तलीले आफ्नो नयाा रूप सार्वजनिक गरेका छन् । नयाा रूपमा उनीहरू पञ्चरत्ने र पार्वतीको रूपमा प्रस्तुत भएको छन् ।
सर्ट मुभि ज्योतिमा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरूको नयाा रूप देखिएको हो । बालमैत्री समाजको महत्व र आवश्यकता औाल्याउने सर्ट मुभि ज्योतिको अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रूपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायांकन भइरहेको छ ।
भविष्यमा देश हााक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागी गराउनुपर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सीताराम कट्टेलले जनाएका छन् । बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मुभि ज्योति निर्माण गरिएको उनको भनाइ छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरूको विश्वास छ ।
चलचित्रले दर्शकलाई हासाउनुको साथै कतिपय ठाउामा रुवाउने खालको कथा रहेको सुन्तलीले जनाएकी छिन् । यस सर्ट मुभिको कथा सीताराम कट्टेल र दीपक आचार्यले लेखेका हुन् भने पटकथा संवाद पनि आचार्यकै रहेको छ । सर्ट मुभि ज्योतिमा धुर्मुस सुन्तलीसागै संगम विष्ट मुख्य पात्रको रूपमा देखिने छिन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here