भ्रमण ऐतिहासिक हुनुपर्छ

187

 उत्तम अर्याल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी विदेश भ्रमणका रूपमा चीनको यात्रा गर्ने भएका छन् । भारतबाट फर्किएपछि आफ्नो अर्को छिमेकी उत्तरी राष्ट्र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले चीनसाग कुन रूपमा प्रस्तुत हुने, कस्ता सम्झौताहरू गर्ने भन्ने कुराको पनि छलफल प्रारम्भ भइसकेको छ । दुई ठूला छिमेकी देश भारत र चीनको बीचमा रहेको देश नेपालले अहिलेसम्म आफ्ना छिमेकीहरूको सम्बन्धलाई कुन रूपमा अघि बढाउने भन्ने कुरामा सही निर्णय गर्न नसकेका कारण छिमेकी देशबाट लिन सकिने फाइदाहरू नेपालले ग्रहण गर्न सकेको छैन । उल्टै छिमेकी देश विशेष गरी भारतसागको तनावपूर्ण सम्बन्ध र चीनसाग अविश्वासको सम्बन्धका कारण नेपालले धेरै गुमाउादै आएको छ भने नेपालीले पनि बेलाबेलामा विभिन्न समस्याहरू झेल्दै आउनुपरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने पनि हरेक प्रधानमन्त्रीले भारतलाई बढी र चीनलाई कम प्राथमिकता दिएको देखिन्छ । जसले छिमेकी देशलाई समदूरीमा नराख्नुको दुस्परिणाम हामीले भोग्दै आइरहेका छौा । त्यसकारण प्रधानमन्त्री ओलीले अहिलसम्मकै इतिहासलाई निरन्तरता दिन्छन् कि इतिहास भंग गरेर चीनसागको सम्बन्धलाई नयाा उचाइमा पुर्‍याउाछन् भन्ने कुरामा जनताले चासो दिएको पाइन्छ ।

 
प्रधानमन्त्री ओलीको चीन भ्रमण किन पनि महत्वपूर्ण छ भने भर्खरै भारतीय नाकाबन्दीका कारण नेपालीले अकल्पनीय कष्ट भोग्नुपरेको छ र भारतसाग मात्रै परनिर्भर हुनुको परिणाम पनि देखिइसकेको छ । त्यसकारण यसले पनि सबै नेपाली र शासक वर्गलाई चीनसागको सम्बन्ध विस्तार गर्नुपर्ने पाठ सिकाएको छ । कुनै पनि देश एउटै देशसाग ज्यादा परनिर्भर भयो भने कस्तो परिणाम निस्कन्छ भन्ने प्रश्नको उत्तर हो नेपाल–भारतबीचको सम्बन्ध । यद्यपि यस्तो नाकाबन्दी भारतले पहिले पनि गरिसकेको भए पनि त्यसबाट पाठ नसिक्दा नेपालले हालको दुर्गति भोग्नुपरेको हो । त्यसकारण ओलीले फेरि त्यही गल्ती नदोहोर्‍याउन् भन्ने आम जनताको अपेक्षा हो । त्यसको लागि चीनसागको व्यापार सम्झौता, पारवहन, ऊर्जा विकास, लगानी विस्तार, सडक तथा रेल मार्गका थप सम्झौता जस्ता कुराहरू प्रमुख छन् । त्यस्तै बढीभन्दा बढी चीनसागको नाका विस्तार, नाका नजिक सुख्खा बन्दरगाहको निर्माण, नाकाका भन्सार र प्रशासनिक व्यवस्था गर्नमा पनि दुई देशबीच सम्झौता र कार्यान्वयन हुन जरुरी छ र त्यो सम्झौता प्रधानमन्त्री ओलीले गर्नसक्ने साहस देखाउन आवश्यक छ । चीन विश्वमै दु्रततर विकास गर्दै आएको राष्ट्र हो र उसले आफ्नो लगानी विभिन्न अफ्रिकी तथा अन्य राष्ट्रहरूमा विस्तार गर्दै आएको छ । यदि नेपालले चीनलाई विश्वस्त तुल्याउने हो भने त्यो लगानी नजिकैको नेपालमा नगर्ला भन्न सकिादैन । चीनले अन्य राष्ट्रमा गर्ने लगानी नेपाल भित्र्याउन सके अवश्य पनि नेपालको विकास हुनेमा शंका मान्नुपर्दैन । तर चीन र नेपालको शासक वर्गमा एक खालको असमझदारी र विश्वासको संकट जहिले पनि देखिादै आएको छ । चीनलाई उसको अखण्डताको पक्षमा नेपाल रहेको छ भनेर विश्वास दिलाउन नसक्नु, एक चीन नीतिप्रति समर्थन गरे पनि त्यसलाई पूर्ण पालना गरेको देखाउन नसक्नुको कारण चीन र नेपालबीच सुमधुर सम्बन्ध कायम हुन सकेको छैन । फलस्वरूप चीनले खुलेर नेपालको समर्थन र विकासमा हात हाल्न सकेको छैन । यस्तो हुनुमा सर्वप्रथम नेपाली नेतृत्व वर्गकै दोष रहेको छ । नेपालको राजनीतिमा सधैं भारतलाई हावी गराएर र विकास निर्माण भारतलाई एकलौटी रूपमा सुम्पिने विभिन्न राष्ट्रघाती निर्णय गर्ने काम नेपाली नेतृत्व वर्गले गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here