काठमाडौ, फागुन ३० एमाओवादी कोटाका विवादित सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका लामा अख्तियारकै अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।
अख्तियारले आज दरवारमार्गमा रहेको लामाको इन्भेष्टमेन्ट बैंकमा रहेको लकर खोल्दा १४ थान गोली फेलापरेको जनाएको छ । अख्तियारले लामाको बैंकमा रहेको लकर खोल्न बोलाएको थियो । उनको नाममा रहेको लकर खोल्दा बहुमुल्य जेबरात नभई गोली फेला परेको अख्तियारले जनाएको छ । अख्तियारले लामाको लकरबाट गोली फेला परेपछि उनलाई दरबारमागमा रहेको प्रहरीको जिम्मा लगाएको जनाएको छ । उनलाई हातहतियार खरखजना ऐन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ ।