किन पुग्यो निलम्बनको संघारमा नेपाली क्रिकेट ?

181

प्रस्तोता : उत्तम अर्याल

नेपालमा क्रिकेट जति लोकप्रिय छ, त्यति नै बद्नाम पनि छ नेपाल क्रिकेट संघ (क्यान) । नेपालमा क्रिकेट क्षेत्रको विकासका लागि गठन भएको यो संस्थाका पदाधिकारीबीचको हानथापका कारण अहिले नेपाली क्रिकेट निलम्बनको संघारमा पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटको विवाद तत्काल अन्त्य नगरे नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गरेर चेतावनीयुक्त पत्र लेख्दै नेपाललाई निलम्बनसम्म गर्न सक्ने जनाएका हुन् । आखिर किन नेपाली क्रिकेटमा यस्तो संकटपूर्ण दिन निम्तियो त ? आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बनसम्मको चेतावनी दिनुपर्ने अवस्था आउनुको कारण के हो त ?
कारण एक : नेतृत्वको विवाद
आईसीसीले नेपाललाई निलम्बनसम्म गर्न सक्ने चेतावनी दिनुको प्रमुख कारण क्यानको नेतृत्व कसले गर्ने भन्नेमा विवाद हुनु हो । आईसीसीले पठाएको पत्रमा पनि यसभन्दा अघि पत्र पठाएको अवस्थाभन्दा क्यान निकै खराब अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेको छ । अझ क्यानको नेतृत्व कसले गर्ने भन्ने कुरा अदालतसम्म पुग्नुलाई उसले ठूलो विडम्बनापूर्ण ठहर्‍याएको छ । उसो त क्यानमा नेतृत्वको विवाद पुरानै हो । निर्वाचित कार्यसमितिलाई विघटन गरेर तदर्थ समिति गठन गर्दा त्यसबाट उत्पन्न हुने भद्रगोलबाट नेपाली क्रिकेट क्षेत्रलाई दीर्घकालीन रुपमा असर पुर्‍याउादै आएको छ । अहिले पनि चतुरबहादुर चन्द नेतृत्वको कार्यसमिति र राखेपद्वारा गठित तदर्थ समितिमा को वैधानिक भन्ने किचलो चलिरहेको छ र यो किचलो अहिले सर्वोच्च अदालतसम्म पुगेको छ । सर्वोच्च अदालतले पनि उक्त मुद्दा छिटै नटुंग्याएको कारण अहिले नेपालको क्रिकेट अन्योलताबाट गुज्रिरहेको छ ।
कारण दुई : व्यवस्थापनमा समस्या
नेतृत्वकै विवादका कारण क्यानका सम्पूर्ण कामकारबाहीमा गम्भीर असर पुगेको छ । दुई वर्षदेखि राष्ट्रिय स्तरका कुनै पनि प्रतियोगिता हुन सकेको छैन । त्यस्तै विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता, क्षेत्रीय प्रतियोगिताको त नामनिसान नै हराएको अवस्था छ । क्यान अहिले पूर्ण रुपमा निष्क्रियझौ भएको छ । यद्यपि यो अवस्था अहिले भर्खर सिर्जना भएको भने होइन । यसअघि टंक आङबुहाङको नेतृत्वमा रहेको कार्यसमितिबाट क्रिकेट विकासका लागि भनेर सिन्कोसमेत भााचिएको उदाहरण छैन । पदाधिकारीबीच नै हानथाप, क्रिकेट विकासप्रतिको उदासीनताका कारण नै आईसीसीले नेपालको क्रिकेटलाई निलम्बन गर्ने चेतावनी दिएको क्रिकेट विश्लेषकहरुको बुझाइ छ ।
कारण तीन : योजनाको अभाव
सन् २०१४मा बंगलादेशमा आयोजना भएको ट्वान्टी–२० विश्वकपमा नेपाल पनि छनोट भएको थियो । विश्वकपको पहिलो चरणमा तीन खेलमा दुईमा जीत हासिल गरेको नेपालले अफगानिस्तान र हङकङलाई पराजीत गरेको थियो भने बंगलादेशलाई पनि कडा टक्कर दिएको थियो । उक्त प्रतियोगितामा गरेको गतिलो प्रदर्शनका कारण नेपाली टोली विश्वमै राम्रो क्रिकेट खेल्ने टोलीका रुपमा परिचित भएको थियो । उक्त प्रतियोगितापश्चात् बंगलादेश, पाकिस्तान जस्ता टेष्ट मान्यताप्राप्त राष्ट्रहरु पनि नेपालसाग मैत्रीपूर्ण खेल खेल्न लालायित भएका थिए । तर नेपाल क्रिकेट संघको लापरबाहीका कारण त्यसप्रकारका कुनै पनि खेल नेपालले खेल्न सकेन । क्यानको स्पष्ट योजना अभावको कारण नेपालले टेस्ट राष्ट्रसाग प्रतिस्पर्धा गर्ने मौका गुमाएको क्रिकेट विश्लेषकहरु जनाउाछन् । त्यस्तै विश्व क्रिकेट लिग डिभिजनको पपुवा न्युगिनीसागको खेल आईसीसीले नेपालमै गर्न दिएको थियो । तर मैदान, सुरक्षालगायतका विभिन्न कारण देखाउादै उक्त खेल युएईमा सारिएको थियो । अहिले नामिबियासागको खेल पनि नेपाललाई आयोजना गर्न दिइए पनि क्यानको भद्रगोल अवस्थाका कारण त्यो पनि नहुने सम्भावना बढेको छ । क्रिकेटलाई कसरी अघि बढाउनेभन्दा पनि विवादमा नै अल्झिरहेका कारण पनि क्यानले आईसीसीको विश्वास गुमाउादै गएको हो ।
कारण चार : अपारदर्शी प्रशासन
आईसीसीले क्यानलाई बारम्बार लगाउादै आएको आरोप हो संघको आर्थिक अवस्था अपारदर्शी हुनु । संघले आईसीसीलाई आफूले गरेको कामकारबाहीको विवरणमा प्रष्ट र आश्वस्त पार्न नसकेका कारण नै आईसीसीले क्यानलाई निलम्बन गर्नसक्ने चेतावनी दिएको हो । आर्थिक अपारदर्शिताकै कारण आईसीसीले सन् २०१४ देखि सहयोग रकम ९ लाख डलर रोक्का राखेको छ । नेपालमा चुस्त प्रशासन तथा वित्तीय व्यवस्थापन गर्ने व्यवस्था लागू भयो भन्ने कुरामा आईसीसी विश्वस्त नभसम्म आईसीसीबाट क्यानलाई जाने सबै फण्ड रोकिने पनि पत्रमा उल्लेख गरिएको छ ।
कारण पााच : क्रिकेट विकास शून्य
नेपालमा क्रिकेट विकासका लागि गठन भएको संस्था भनिए पनि क्यानले नेपालको क्रिकेट विकासका लागि खासै केही गर्न सकेको छैन । अहिलेसम्म नेपालले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरु केवल खेलाडीहरुको मिहिनेत र सीमित व्यक्तिहरुकै कारण सम्भव भएको हो । क्रिकेटको विश्वकप खेलिसकेको नेपालमा अझै अन्तर्राष्ट्रियस्तरको एउटा मैदान छैन । क्यानले १० वर्षअघि काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरेको थियो । तर त्यो स्थानमा मैदान बनाउने कामको सिन्को पनि भााचिएको छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयको मैदानलाई केही मर्मतसम्भार गर्न सुरु गरिए पनि करोडौा रुपैयाा खर्च गरे पनि काम भने सन्तोषजनक देखिएको छैन । मैदानको अभाव, राष्ट्रिय प्रतियोगिताको आयोजना हुन नसक्नु, खेलाडीलाई म्याच एक्सपोजरको कमी, एकेडेमी नहुनु जस्ता कारणले पनि नेपालको क्रिकेट क्षेत्रमा क्यानले अहिलेसम्म केही नगरेको स्पष्ट छ । क्रिकेटको विकासमा शून्य रहेको क्यानप्रति आईसीसी मात्र नभएर नेपाली क्रिकेट समर्थकहरु पनि आक्रोशित बन्दै आइरहेका छन् । केही समयअघि क्यानको विरुद्ध स्वतस्फूर्त रुपमा नेपाली क्रिकेट समर्थकहरुले काठमाडौंमा गरेको प्रदर्शनलाई पनि यसको उदाहरण मान्न सकिन्छ ।
अगुवा नै आरोप–प्रत्यारोपमा
आईसीसीको चेतावनीयुक्त पत्र प्राप्त भए पनि जिम्मेवार मानिने निकाय भने एक–अर्कालाई नै दोषी देखाउादै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले तदर्थ समिति गठनको आफ्नो कदमलाई सही भनेको छ । तर आईसीसीले चाल्न सक्ने कमदप्रति अदालत जाने असन्तुष्ट पक्षहरु नै जिम्मेवार हुने प्रतिक्रिया दिएको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टले भने, ‘अदालतमा विचाराधीन मुद्दामा हामी केही गर्न सक्दैनौं ।’ राखेपले मान्यता नदिएको चतुरबहादुर चन्द नेतृत्वको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने राखेपले आफूले बनाएको तदर्थ समिति विघटन गरे समाधान हुने जनाए । राखेपले गठन गरेको तदर्थ समितिका संयोजक रमेश सिलवाल भने सर्वोच्च अदालतले चााडो फैसला गर्नुपर्नेमा जोड दिन्छन् ।
क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको नेपाल यदि निलम्बनमा पर्ने हो भने त्यसले नेपालको क्रिकेट क्षेत्रलाई दीर्घकालीन रुपमा असर पुग्ने निश्चित छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीच वैशाखमा काठमाडौंमा हुने तय भएको छ तर आईसीसीले सशर्त नेपालमा खेल गराउन लागेको हो । मैदानको अवस्था, सुरक्षालगायतका विषयमा उसले चासो राखेको छ । नामिबियासागको खेल हुने मिति नजिकिादै गर्दा नेपाली टोली अझै प्रशिक्षकविहीन छ । पूर्वप्रशिक्षक पुबुदु दसानायकेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्यानले अर्को प्रशिक्षकको व्यवस्था गर्न सकेको छैन । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्का आईसीसीले नेपाललाई निलम्बनको चेतावनी दिनु दुर्भाग्यपूर्ण भएको जनाउाछन् । धेरै पहिलेदेखि नेपाल क्रिकेट क्षेत्रमा परिवर्तनका लागि आवाज उठाउादै आएका कप्तान खड्काले नेपाली क्रिकेटले लाजमर्दो दिन भोग्नु नपरोस् भन्छन् । आईसीसीको आगामी बैठक अप्रिल महिनामा बस्ने र नेपाली क्रिकेटको अहिलेको अवस्था जारी रहे उक्त बैठकले नेपाललाई निलम्बन गर्ने खतरा रहेको छ । अमेरिकामा पनि दुईवटा कार्यसमिति बनेपछि आईसीसीले अमेरिकालाई निलम्बन गरेको थियो । त्यो अवस्था नेपालमा पनि आउने सक्ने खतरा क्रिकेट विश्लेषकहरु औंल्याउाछन् । त्यसकारण अहिले अदालतले क्रिकेट मुद्दालाई टुंगो लगाउनुपर्ने र जिम्मेवार व्यक्तिहरु पनि मिल्नुपर्ने आवश्यकता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here