काठमाडौ/राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको चार अंकको समिक्षा तथा पाचाौ अंकको विमोचन कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पत्रिकाको पाचाौ अंकको विमोचन गर्दै मन्त्री राईले मुलुकको राष्ट्रियता र अखण्डताका विषयमा सरकार गम्भीर रहेको जनाउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अहिलेको सरकार राष्ट्रिय संकटका बेला जन अपेक्षा अनुसार निर्माण भएकाले जनताको इच्छा विपरित र राष्ट्रिय स्वाभिमान कमजोर हुने गरी सरकारले कसैसाग पनि कुनै किसिमको सम्झौता नगर्ने विश्वास व्यक्त गर्नु भयो । पत्रिकाको विमोचन गर्दै मन्त्री राईले मुलुकको सार्वभौमिकतालाई कमजोर हुने कुनै पनि गतिविधिप्रति सरकार सचेत रहेको जनाउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री राईले मुलुक संकटमा परेकाबेला मुलुकको स्वाधीनता र स्वाभिमानलाई उच्च राख्ने गरी पत्रिकाको प्रकाशित हुन गौरवको विषय भएको भन्दै पत्रिकाले राष्ट्रियताका विषयहरुको निरन्तर उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वाभिमान नेपालको समिक्षा गर्दै प्रेसकाउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले मुलुक संकटमा परेका बेला सञ्चार माध्यम मुलुकप्रति बफादार हुनुपर्ने जनाउनुभयो । उहााले भन्नु भयो, सञ्चार माध्यमहरुको भूमिका मुलुक गम्भीर अवस्थाबाट ग्रज्रिरहेका बेला महत्वपूर्ण हुन्छ । अहिले मुलकको अवस्थाप्रति कुनै सञ्चार माध्यमको भूमिका कस्तो रहयो भन्ने कुरा सबैले मूल्यांकन गर्ने समय हो । यस्ता बेला सञ्चार माध्यम चुक्नु हुादैन । स्वाभिमान नेपालले हाल जे जस्ता विषय वस्तुहरु उठान गरेको छ यसले पत्रिकाको मुलुकप्रति चिन्तालाई व्यक्त गर्छ । यसले आफ्नो दायित्वलाई पुरा गरिरहेको जनाए । उहाले स्वाभिमान नेपाल पत्रिकाले उठाएका विषय समसामयिक भएपनि अझै गहिराईमा गएर विषयवस्तुहरुको उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहााले मुलुक समस्यामा परेका बेला स्वाभिमान नेपालले खेलेको भूमिका सराहनिय रहेको जनाउनु भयो ।
स्वाभिमान नेपालको समिक्षा गर्दै संविधानविद डा. भिमार्जुन आचार्यले अहिलेको संविधानमा गम्भीर त्रुटी रहेको भन्दै अहिलेको संविधानले भारतलाई रिझाउने काम मात्र गरेको जनाउनु भयो । उहााले संविधान निर्माण पश्चात भारतले नाकाबन्दी नगरेको भए लाखाौ नेपालीहरुबाटै यो संविधानको विरोध हुने ठानेर भारतले असन्तुष्ट जनाएजस्तै गरी संविधान कार्यान्वयनको वातावरण बनाएको जनाउनु भयो । विना कारण अघोषित रुपमा नाकाबन्दी लगाउनु र अघोषित रुपमै नाका खोल्नुले भारतीय स्वार्थ स्पष्ट भएको जनाउनु भयो । डा. आचार्यले स्वाभिमान नेपालले आत्मनिर्भरता र राष्ट्रियताका सन्दर्भमा पत्रिकाले महत्वपूर्ण विषयहरुको उठान गरेको भन्दै यसले आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वाभिमान नेपालको समिक्षा गर्दै व्यवसायी तथा नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पत्रिकाले मुलुक भित्रै आत्मनिर्भरका लागि भइरहेका प्रयासहरुलाई उचित स्थान दिएर पत्रिकाले महत्वपूर्ण काम गरेको जनाउनु भएको छ । उहााले मुलुकको सुरक्षाको जिम्मा पाएको नेपाली सेनाको भूमिका, सफल व्यवसायीका प्रेरणादायी कथा तथा अन्य समसामयीक विषयमा पत्रिकाले महत्वपूर्ण सामग्री प्रस्तुत गरेको भन्दै यसले आम मानिसहरुमा आशा जगाएको जनाउनु भयो । पत्रिकाले हरेक क्षेत्रमा निराशा मात्र होइन सम्भावना र आशाका किरणहरु जगाएको भन्दै अगामी दिनमा पनि यस्तै सामग्रीको अपेक्षा गरेको जनाउनु भयो ।
राजनीतिक विश्लेषक भरत दाहालले स्वाभिमान नेपालमा प्रकाशित लिपुलेक कस्को भन्ने समाचारमा केन्द्रीत हुन्दै लिम्पियाधुरासम्मको जमिन नेपालको भएपनि लिपुलेकलाई नै नेपाल भारत सिमाना हो भन्ने पुष्टि गराउन नेपाली नै प्रयोग भइरहेको आरोप लगाउनु भयो । दाहालले लिपुलेक भन्दा ५३ किलो मिटर उताको नेपाली जमिनलाई केही नेपालीहरुले नै भारतीय भूमि हो भन्ने गरेको जनाउनु भयो । पछिल्लो समय सरकारले दुई देशका विषयमा छलफल गर्न गठित उच्चस्तिरिय समितिमा पनि नेपालको भूमि नेपाल हो भन्न नसक्ने व्यक्तिलाई विज्ञको रुपमा राखेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहााले लिपुलेक जस्तो सम्वेदनशिल विषयमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहााले नेपालको भूमिमा छिमेकी मुलुकहरुलके सम्झौता गर्दा समेत सरकार चुप लाग्नु र केही बोद्धिक भनिनेहरु लिपुलेक भन्दा ५३ किलोमिटर परको लिम्पियाधुरासम्मको नेपाली भूमिको व्यवस्ता गर्दै भारतको दाबीलाई नै आधिकारीक हो भन्दै प्रचारमा लागेको आरोप लगाउनुभयो । उहााले पत्रिकाले लिपुलेक जस्तो विषयमा महत्वपूर्ण लेख लेखेर सर्वसाधारणहरुलाई सत्य तथ्य जानकारी प्रदान गरेको भन्दै पत्रिकाप्रति आभार व्यक्त गर्नुभयो ।
स्वाभिमानी प्रकाशन प्रालिद्वारा आयोजना गरिएको उक्त कार्यक्रम प्रालिका प्रवन्ध निर्देशक राज्यलक्ष्मी शाक्यको सभापतित्व तथा पत्रिकाका प्रधान सम्पादक निमकान्त पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रिकाको पाचाौ अंकको विमोचन गरिएको थियो भने चार वटा अंकको समिक्षा गरिएको थियो । कार्यक्रममा पब्लिकेशनप्रालिका तर्फबाट प्रमुख अथिति तथा समिक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।