जसले गुम्नै लागेको राष्ट्रियतालाई जोगाएका थिए,

360

तर अहिले गणतन्त्रको छायामा हराएका छन्

वसन्त खड्का

 
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको अन्त्य गर्दै पञ्चायती व्यवस्थाको सुरु गरेपछिको करिब ३० वर्षको अवधिलाई हरेक नेपालीहरुले आ–आफ्नै तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ । ३० वर्षे पञ्चायती व्यवस्थाको अवधिलाई केहीले राजा त्रिभुवनका बेला गुमेको राष्ट्रियता फर्काएर मुलुक र राज्यका पक्षमा महत्वपूर्ण काम गरेको भनी सम्झिने गर्छन् भने केहीले जनताको स्वतन्त्रताको हनन गरी खुल्ला समाजबाट बन्द समाजको युग सुरु भएको भन्दै आलोचना समेत गर्ने गर्छन् । त्यही पञ्चायती व्यवस्थामा तीन पटकसम्म प्रधानमन्त्री भएका कीर्तिनीधि विष्ट नेपालकै इतिहासमा निष्कलंक, अडान भएका, आर्थिक रुपमा पारदर्शी र राष्ट्रियताका विषयमा सम्झौता नगरेका प्रधानमन्त्रीको रुपमा परिचित छन् । राजा महेन्द्र तथा वीरेन्द्रका पालामा तीन पटकसम्म प्रधानमन्त्री भएका उनी पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि उपाध्यक्षको रुपमा काम गरे । तर उनी प्रधानमन्त्री हुादाको समय होस् वा पछि राजाको मन्त्रीमण्डलमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले कहिल्यै पदको दुरुपयोग गरेनन् । ९० वर्षीय विष्टको सादगी जीवन, पारदर्शिता र उनले मुलुकको हितका लागि खेलेको भूमिकाको अहिले पनि खुलेरै प्रशंसा हुने गरेको छ । तर मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना हुादै गणतन्त्रमा प्रवेश गरिसकेपछि भने पञ्चायती व्यवस्थामा नेतृत्व गरेकै आधारमा उनको प्रशंसनीय कार्यलाई छायामा पारिएको छ । अहिलेको राजनीतिज्ञका लागि प्रेरणाको स्रोत बन्न सक्ने विष्टसाग स्वाभिमान नेपालले विविध विषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ विष्टसाग गरिएको कुराकानी र उनको विगतलाई विश्लेषण गरी तयार पारिएको सामग्रीको सार :
राष्ट्रियताका पर्याय
पञ्चायती व्यवस्थालाई अधिकांशले जनताप्रति अनुदार व्यवस्थाका रुपमा औाल्याउने गर्छन् । तर त्यही व्यवस्थामा नेपालको इतिहासमा राष्ट्रिय स्वाभिमानका विषयमा निकै महत्वपूर्ण कामहरु भएका छन् । अनुदार राज्यव्यवस्थाका बीचमा पनि त्यति बेला नेपालको स्वाभिमानलाई कमजोर बनाउने भारतीय सैन्य मिसन तथा नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्टलाई हटाउने निर्णय भएका थिए । त्यो हिम्मत गर्ने व्यक्ति उनै विष्ट हुन् । अहिले नयाा प्रधानमन्त्री बन्नेबित्तिकै भारतसाग राष्ट्रघाती सम्झौता हुने डरले आम नेपालीहरुको मनमा ढ्याङ्ग्रो ठटाउने काम गर्छ । तर विष्ट यस्ता पात्र हुन्, जसले गुम्न लागेको राष्ट्रियतालाई बहादुरीका साथ जोगाउादै धरापमा रहेको मुलुकको स्वाधीनता र स्वाभिमानलाई उच्च राख्दै छिमेकी मुलुकसागको सम्बन्ध सन्तुलित राख्न सफल भएका थिए ।
निर्भिक अडान
नेपालमा पञ्चायती व्यवस्था अन्त्य भएको २६ वर्ष पुगिसकेको छ । यस अवधिमा मुलुकले दुईवटा व्यवस्थाहरु प्रजातन्त्रको पुनस्र्थापना र गणतान्त्रिक व्यवस्था पनि अंगालिसकेको छ । तर मुलुकको व्यवस्थामा परिवर्तन भए पनि मुलुकको नेतृत्व सम्हाल्ने व्यक्तिहरुमा मुुलुकप्रतिको माया र अडान भने विस्तारै कम हुादै गएको देखिन थालेको छ । मुलुकको व्यवस्था परिवर्तनसागै राज्यको महत्वपूर्ण जिम्मेवारीमा को जाने भन्ने कुरा समेत छिमेकी मुलुकको स्वार्थमा भरपर्ने अवस्था सिर्जना भइरहेको छ । तर पूर्वप्रधानमन्त्री विष्टले मुलुकको हितका लागि लिएका अडानहरु अहिलेको नेतृत्वले सोच्न समेत छाडेका छन् । पछिल्ला केही वर्षयता मुलुकका रक्षा र परराष्ट्रको जिम्मा छिमेकी मुलुकलाई बुझाउन प्रधानमन्त्री बनेकाहरु नै लागिपरेका तथ्यहरु सार्वजनिक भइरहेका छन् । जब कि विष्टले त्यस्तो प्रवृत्तिलाई निस्तेज पार्दै मुलुकको राष्ट्रियता मजबुत बनाउन कुनै कसर बााकी राखेनन् र मुलुकको हित हुने कुरामा छिमेकी मुलुकले के भन्ला भनेर कहिल्यै चासो दिएनन् ।
भारतीय शासकका लागि चुनौती
नेपालको वर्तमान शासन व्यवस्थामा नेपाली शासकहरुलाई मुलुकका लागि के गर्ने के नगर्ने भन्ने विषयमा सबैभन्दा ठूलो चुनौती भारतीय शासक हुने गरेका छन् । भारतीय शासक वा शासन व्यवस्थाको स्वार्थ र चाहनाविना नेपाली शासकहरुले स्वतन्त्र रुपमा निर्णय गर्नु भनेको ‘फलामको चिउरा चपाउनु’ सरह हो । तर विष्ट प्रधानमन्त्री हुादा नेपालमा सूक्ष्म व्यवस्थापनको अभ्यास गरिरहेको भारतलाई नेपालमा आफ्नो स्वार्थ पूरा गराउनु असम्भवप्राय: थियो । मुलुकको हितका लागि कसैसाग सम्झौता नगर्ने स्वभावका कारण भारतले कैयाौ प्रयासका बाबजुत पनि आफ्नो स्वार्थ सिद्ध गर्न सक्दैन थियो । यति मात्र होइन विष्टले भारतीय शासकसाग छलफल नै नगरी भारतीय सैन्य मिसन र उत्तरी क्षेत्रमा रहेका चेकपोष्ट हटाएपछि त भारतले गम नै खाएको थियो । आफूले भारतीय सैन्य मिसन असफल बनाइदिएपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आफूसाग भनेको शब्द उच्चारण गर्दै विष्टले भने, ‘तपाईंले जे गरिरहनु भएको छ, यो त सहमति र प्रेमसाग पनि गर्न सकिन्छ नि ?’ जवाफमा विष्टले यस्ता विषयले नेपाल भारतबीचको सम्बन्ध चिसो बनाउने भएकाले सम्बन्ध सुधारकै लागि सैन्य मिसन र चेकपोष्ट हटाएको जवाफ दिएका थिए ।
कहिल्यै दबाब झेलेनन्
प्रजातन्त्रको पुनस्र्थापनापछि सरकारमा गएका अधिकांश प्रधानमन्त्रीले आफ्नो स्वार्थ पूरा गराउन छिमेकी मुलुकबाट चर्काे दबाब सहनुपरेका गुनासा तथा भनाइहरु सार्वजनिक गरेको पाइन्छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त नेपालका प्रधानमन्त्रीको हैसियत भारतको मुख्यमन्त्रीको जति पनि नहुने भन्दै नेपालमा भारतीय दबाब चरम उत्कर्षमा पुगेको खुलासा गरेका थिए । स्वाभिमान नेपालले पूर्वप्रधानमन्त्री विष्टसाग पनि भारतीय चासो र दबाबका बारेमा जिज्ञासा राखेको थियो । जवाफमा विष्टले आफ्ना अगाडि कुनै पनि छिमेकी मुलुकले प्रत्यक्ष रुपमा दबाब नदिएको जनाए । उनले आफूले मुलुकका लागि गरेका कामहरु छिमेकी मुलुकलाई चिढाउने खालका भए पनि आफूलाई कसैले दबाब वा धम्की दिने हिम्मत नगरेको विष्टको भनाइ छ । विष्ट भन्छन्, ‘यदि कुनै मुलुकले आफ्नो मुलुकको हितमा काम गर्छ भने त्यसका लागि अर्काे मुलुकले दबाब दिने कुरै आउादैन । हालको अवस्था आउनुका पछाडि नेतृत्वमा परनिर्भरता, निर्भिक अडान र मुलुकप्रतिको चिन्ता नहुनु मुख्य कारण रहेको उनको भनाइ छ । अहिलेको नेतृत्व भारतपरस्त भएकाले समस्या उत्पन्न भएको विष्टको आरोप छ । विष्टले भारतका सामान्य कर्मचारीले समेत नेपालको प्रधानमन्त्रीलाई निर्देशन गर्ने र नेपालको नेतृत्वले हैसियत बिर्सिएर निर्देशित हुने प्रवृत्तिका कारण मुलुक थप संकटतर्फ गइरहेको जनाए । नेपालको नेतृत्वमा मुलुकप्रतिको जिम्मेवारी मुलुकप्रतिको अडान नभएसम्म छिमेकी मुलुकहरुले दु:ख दिइरहने उनको भनाइ छ ।
आर्थिक रुपमा पारदर्शी
सामान्यतया मुलुकको कार्यकारी पदमा पुगेको व्यक्ति अथवा सत्ता सञ्चालनको जिम्मेवारी पाएका व्यक्तिहरु कहीाकतै आर्थिक रुपमा विवादित भएका प्रशस्त उदाहरणहरु भेट्न सकिन्छ । तर पूर्वप्रधानमन्त्री विष्ट आर्थिक पारदर्शिताका विषयमा उदाहरणीय बने । पञ्चायती व्यवस्था तथा प्रजातन्त्र स्थापनापश्चात् पनि महत्वपूर्ण जिम्मेवारीमा पुगेका उनी आर्थिक रुपमा कहीाकतै विवादित देखिएनन् । आर्थिक रुपमा पारदर्शिता कायम राख्न सफल उनीसाग स्वाभिमान नेपालले यसको रहस्यका बारेमा जान्न खोज्दा उनले भने, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने व्यक्तिले समग्र मुलुकको आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्छ । मैले त्यही गरेको हो । मुलुकको कार्यकारी पदमा पुगेको व्यक्तिले समग्र व्यापार व्यवसायलाई कसरी अघि बढाउने बारेमा सोच्नुपर्छ । जब कुनै व्यक्ति वा व्यवसायीले व्यक्तिगत स्वार्थका लागि आर्थिक प्रलोभन देखाउाछ, मुलुकको कार्यकारी पदमा पुगेका व्यक्तिले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ । अर्काेतर्फ एउटा प्रधानमन्त्रीका लागि आफ्नो कार्यकालमा मुलुकले आर्थिक समृद्धि प्राप्त गर्छ भने त्योभन्दा ठूलो खुसी अरु हुन सक्दैन । तर हाम्रोमा मुलुकभन्दा व्यक्तिगत समृद्धि प्राथमिकतामा पर्छ । यस्तो भएपछि महत्वपूर्ण पदमा पुगेको व्यक्तिले आर्थिक पारदर्शिता कायम गर्न सक्दैन ।’
सामान्य जीवनशैली
कीर्तिनिधि विष्ट एकपटक होइन, तीन/तीनपटक प्रधानमन्त्री भएका व्यक्ति हुन्, साथै राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलका उपाध्यक्ष समेत हुन् । तर उनको जीवनशैली हेर्दा उनी प्रधानमन्त्री जस्तो महत्वपूर्ण पदमा पटक–पटक पुगेका हुन् भनेर विश्वास गर्न पनि गाह्रो हुन्छ । नेपालमा एकपटक सार्वजनिक पदधारण गरेका व्यक्तिको जीवनशैलीमा पत्याउनै नसकिने गरी परिवर्तन देखिन्छ । तर विष्ट त्यस्ता व्यक्तिहरुका बीचमा अपवाद बनेका छन् । उनको सामान्य जीवनशैली र सादगीपनले सामान्य मानिसले उनी पूर्वप्रधानमन्त्री हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । आम मानिसहरु जस्तै उनी कुनै सुरक्षा घेराभित्र पनि हुादैनन् । उनको यो जीवनशैलीले पनि उनले विगतमा पदको दुरुपयोग नगरेको पुष्टि हुन्छ । विष्ट स्वच्छ छविका व्यक्तिका रुपमा जति चर्चा कमाएका छन्, त्यसभन्दा बढी उनको सामान्य जीवनशैलीले पनि उनले व्यक्तिगत स्वार्थका लागि पदीय दुरुपयोग गरेनन् भन्ने पुष्टि हुन्छ ।
असल राजनीतिज्ञका लागि प्रेरणाका स्रोत
राजनीति गर्ने व्यक्तिहरुमा हुनुपर्ने गुणहरु के–के हुनसक्छन् भनेर प्रश्न गर्ने हो भने आम जनताले सजिलै अनुमान गर्न सक्छन् । राजनीति गर्ने वा सत्ताको स्वाद चाख्नेहरु इमानदार हुादैनन् । पछिल्लो समय राजनीति गर्नेहरुले देखाएको व्यवहारले आम जनताप्रति राजनीति गर्ने मानिसप्रतिको विश्वास घट्दै गएको छ । तर विष्ट भने कहिल्यै चुनावै नलडी प्रधानमन्त्री जस्तो महत्वपूर्ण पदमा पटक–पटक पुगे । यसका पछाडि उनमा रहेका केही गुणहरुले पनि काम गरेको राजनीतिक विश्लेषकहरु दाबी गर्छन् । विष्ट मुलुकका लागि सधैं चिन्तित हुन्थे । साथै उनले पदको दुरुपयोग गरेनन् । पारदर्शिता कायम गरे र आफ्नो अडानबाट कहिल्यै अघिपछि भएनन् । यही गुणकै कारण उनी तत्कालीन राजाहरुका पालामा महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भए । यदि उनले आफ्नो पदको दुरुपयोग गरेका भए न त पटक–पटक पदीय दायित्व निर्वाह गर्न सक्थे न त स्वच्छ छविका व्यक्तिका रुपमा पहिचान नै बनाउन सक्थ्ये । उनको यस्तो गुण हरेक राजनीतिक दलका नेताका लागि आवश्यक हुन्छ, जसले आफूलाई मुलुकप्रति जिम्मेवार नेतृत्वका रुपमा प्रस्तुत गर्न चाहन्छन् । व्यक्ति इमानदार र मुलुकप्रति जिम्मेवार नभएसम्म व्यवस्था परिवर्तनले मात्र मुलुकको विकास हुन सक्दैन भन्ने उदाहरण नेपालको पछिल्लो अवस्थाले देखाएको छ । त्यसैले मुलुकको स्वाधीनता, विकास र समृद्धिका लागि पनि राजनीति गर्ने व्यक्तिमा स्वच्छ छवि र इमानदारिता हुन आवश्यक देखिन्छ । जसका लागि विष्ट प्रेरणाका स्रोत बन्न सक्छन् ।
भारतवादी र चीनवादी नभई नेपालवादी बन्न नेतृत्वलाई सुझाव
पूर्वप्रधानमन्त्री विष्टले विगतमा आफूले गरेका केही महत्वपूर्ण कामहरु कुनै छिमेकी मुलुकलाई चिढाउनका लागि नभई समग्र मुलुकको हितका लागि गरेको जनाउाछन् । उनले आफू भारत वा चीनमध्ये कुनै एउटा मुलुकलाई मात्र प्राथमिकतामा राख्नुपर्छ भन्ने पक्षमा नरहेको जनाउाछन् । उनी भन्छन, ‘म कुनै एउटा छिमेकी मुलुकप्रति दुर्भाव र अर्काेमाथि सद्भाव राख्ने पक्षमा छैन र विगतमा पनि त्यस्तो गरिना । हाम्रो लागि चीन र भारत दुवै महत्वपूर्ण मुलुक हुन् । यी दुवैसाग सन्तुलनको व्यवहार नगरेसम्म मुलुकले समस्या भोगिरहन्छ । हामीले नेपालमा भारतीय मात्र होइन, चिनियाा लगानी पनि भित्र्याउन सक्नुपर्छ । चीन अहिले पनि नेपालमा विभिन्न क्षेत्रमा अर्बाौ लगानी गर्न तयार छ तर यहााको नेतृत्वले त्यसलाई स्वीकार गर्न सकिरहेको छैन । हामीले एउटा मुलुकको मात्र भरपर्दा बेलाबेलामा दु:ख सहादै आएका छाौ । पटक–पटक नाकाबन्दी झेल्नु परिरहेको छ । त्यसैले दुवै छिमेकी मुलुकसागको सम्बन्धलाई सन्तुलनमा राख्दै नेपालीवादी बन्न सक्यौा भने मात्र हाम्रो हित हुन सक्छ । अन्यथा हामी धेरै अघि बढ्न सक्दैनाौ ।’ विष्टले नेपाली नेतृत्वमा भारतप्रतिको अस्वाभाविक झुकावका कारण चीनसागको सम्बन्ध सुमधुर हुन नसकेको र यसको पीडा आम नेपालीले भोगिरहेको जनाए ।
मुलुकको हालको अवस्थाप्रति चिन्तित
पूर्वप्रधानमन्त्री विष्ट मुलुकमा विभिन्न व्यवस्था परिवर्तन भए पनि मुलुकको अवस्था झन्–झन् जर्जर बन्दै गइरहेको अवस्थाप्रति निकै चिन्तित देखिन्छन् । उनी मुलुक गणतन्त्रमा प्रवेश गरिसके पनि नेतृत्वमा पुग्नेहरुको सोच झन् कमजोर र गैरजिम्मेवार हुादै गएको देखेर दु:ख व्यक्त गर्छन् । पछिल्लो समय प्रधानमन्त्री बन्नेहरुको व्यवहार र उनीहरुले मुलुकप्रतिको अडानलाई कायम राख्न नसकेको देखेर उनी खिन्नता व्यक्त गर्छन् । विष्ट भन्छन्, ‘हामीले आफ्नो मुलुकको हितमा काम गर्दा कसैलाई टाउको दुख्छ भन्दैमा मुलुकको हितविपरीत काम गर्नुहुादैन । म तीन पटकसम्म प्रधानमन्त्री हुादा मैले मुलुकको हितका लागि महत्वपूर्ण काम गरेको छु । सैन्य मिसन र चेकपोष्ट हटाउनु सामान्य विषय थिएन तर मैले मुलुकको हितका लागि काम गर्दा कसैले बोल्ने हिम्मत गर्न सकेन, अहिलेको नेतृत्वले पनि त्यसरी नै काम गर्ने हो भने कसैले दबाब दिादैन ।’ पछिल्लो समय मुलुकको अवस्था, नेपाली नेतृत्वको छिमेकी मुलुक भारतप्रतिको आशक्तता र राजनीतिक नेतृत्वमा बढिरहेको राज्यकोषको दुरुपयोग गर्ने प्रवृत्तिप्रति भने उनी निकै चिन्तित देखिन्छन् । विष्ट पछिल्लो समय मुलुकमा जात, धर्म र क्षेत्रका आधारमा बढिरहेको विवादले मुलुक गलत बाटोतर्फ अघि बढिरहेको जनाउाछन् । उनी मिलेर बसेको समाजलाई कसैको स्वार्थमा विभाजनतर्फ धकेलिरहेको र यसले दीर्घकालीन रुपमा ठूलो समस्या निम्त्याउने जनाउाछन् । उनी भन्छन्, ‘मुलकमा उत्पन्न अस्थिरता अझै लामो समयसम्म जानसक्छ ।’ उनले हरेक नेपालीले आफू नेपाली हुा भन्ने महसुस नगरी अरु कसैको बहकाउमा लागेसम्म मुलुकमा स्थिरता हुन नसक्ने जनाए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here