कांग्रेसको राजनीति नयाा चरणमा प्रवेश

227

सभापतिमा देउवा, महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादव

 
काठमाडौ/नेपाली कांग्रेसको हालै सम्पन्न १३ आौ महाधिवेशनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले विजयी भएका छन् । सभापति पदको लागि पहिलो चरणमा भएको निर्वाचनमा सभापतिका उम्मेद्वारहरु देउवा, कार्यबाहक सभापति रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला तीनै जनाको पक्षमा ५१ प्रतिशत मत नभएपछि दोस्रो चरणको निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट वरिष्ठ नेता शेरबहादुर देउवाले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतले हराउादै १८ सय २२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी पौडेलले १२ सय ९६ मत प्राप्त गरेका छन् । पहिलो चरणको निर्वाचनमा देउवा ११ मतले सभापति बन्नबाट चुकेका थिए भने सिटौला सभापतिको दौडबाट बाहिरिएका थिए ।
त्यस्तै कांग्रेसका अन्य पदाधिकारीहरुका लागि भएको निर्वाचनबाट डा. शशांक कोइराला महामन्त्रीमा निर्वाचित भएका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा उठेका कोइरालाले महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसी र युवा नेता गगन थापालाई हराउादै महामन्त्रीमा निर्वाचित भएका छन् । कोइरालाले निकटतम प्रतिद्वन्दी केसीलाई ४०० मतले हराएका छन् । महामन्त्रीमा निर्वाचित कोइरालाले १४१७ मत ल्याएका छन भने केसीले १०१७ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेद्वार थापाले ५८४ मत प्राप्त गरेका छन् । केसी नवनिर्वाचित सभापति शेरबहादुर देउवा र थापा कृष्णप्रसाद सिटौला प्यानलबाट चुनाव लडेका थिए ।
कांग्रेस कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेतृ सीतादेवी यादव विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्दी चित्रलेखा यादवलाई ८ मतले हराएर कोषाध्यक्षमा निर्वाचित भएकी हुन । उनी १२१७ मत ल्याएर विजयी भएकी छिन् । चित्रलेखाले १२०९ मत ल्याएकी थिइन । कोषाध्यक्षमा उम्मेद्वारी दिएका उमाकान्त चौधरीले ४५७ मत पाएका छन् भने कृष्ण कार्कीले ६६ मत पाएका थिए ।
नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवा २००३ सालमा डडेलधुरामा जन्मिएका हुन् । उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पहिलो सभापति समेत हुन । उनी हालसम्म तीन पटकसम्म मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । उनी यस अघि पनि गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालासाग सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here