–चन्द्रप्रकाश बानियाा
खसजाता: प्रगृह्णन्ति भ्रातृभार्यामभर्तृकाम् ।
अनेन कर्मणा नैते प्रायश्चित्तदमार्हका: ।। १। १० बृहस्पतिस्मृति: ।
खस समाजमा एउटा बहुप्रचलित शब्द छ –“भौज्याहा” । रिसाहा, फटाहा जस्तै यो पनि एउटा गुणबोधक विशेषणको रुपमा प्रयोग हुने शब्द हो । अराजक, उपद्र्याहा, नियम कानुनविपरीत आचरण गर्ने, समाज भाडुवा, उद्दण्ड आदि अर्थ लाग्नेखालका व्यवहारमा लिप्त रहने व्यक्तिलाई भौज्याहा भन्ने चलन छ । मानिसको असामाजिक व्यवहारलाई अभिव्यक्त गर्ने “भौज्याहा” विशुद्ध खसमूलको शब्द हो । यसले नेपाली शब्दकोशहरुमा स्थान पाएको देखिादैन । नेपाली भाषाका कोशकारहरु प्राय: पूर्वेली (कमसेकम पुरानो पर्वतराज्यभन्दा पूर्वका) रहेको हुनाले खस समाजमा आजपर्यन्त प्रचलनमा रहेका खसभाषासम्बद्ध अनेकौं शब्दहरु नेपाली भाषाका कोशहरुमा समावेश भएका छैनन् । तिनीहरुमध्येको यौटा “भौज्याहा” पनि हो । लोकव्यवहारमा भौज्याहाको “भौ” नााकेस्वरमा उच्चरित हुन्छ । अर्थात् बोल्दा “भौंज्याहा” भनिए पनि यसको शुद्धरुप भौज्याहा नै हो । किनकि यतिबेलाको सामाजिक मान्यता र लोकपरिभाषाअनुसार जेजस्तो अर्थ लाग्ने भए पनि यसको उत्पत्ति “भाउजू” बाटै भएको हो । भेरीपश्चिममा बोलिने सिंजाली र डोटेली दुबै खसबोलीमा “नाकेस्वर” को प्रत्यक्ष अनुभूति हुन्छ । ट्युनिङका दृष्टिले जुम्ली र डोटेली भाषी लवजहरुले काठमाडौं उपत्यकाका नेवारहरुसाग समानता राख्दछन् । भौज्याहा भन्ने शब्द भाउजूबाटै बनेको हो तापनि त्यसको उत्पत्तिस्थल सिंजाको नाकस्वरे ट्युनिङका कारणले “भौंज्याहा” हुन गएको हो ।
खस समाजमा विधवा भाउजूपट्टिबाट जन्मेका देवरका सन्तानहरुलाई भौज्याहा भनिन्छ । दाजुको जीवनकालमै भाउजू विवाह गर्नु दण्डनीय अपराध मानिए पनि दाजुको शेषपछि भाउजू स्याहार्ने चलन मुलुकको ऐन कानुनले बन्देज नलगाउादासम्म खस समाजमा सनातन थियो । “भौज्याहा खलक”का रुपमा खस समाजका विभिन्न थरगोत्रमा आजसम्म पनि भाउजूपट्टिका सन्तानहरुको अस्तित्व भेटिन्छ । खास गरेर मुलुकी ऐन–२०२० ले हाडनाता सम्बन्धको अपराधको रुपमा देवरभाउजूको विवाहलाई परिभाषित नगर्दासम्म त्यस्तो विवाहलाई समाजले सहजरुपमा स्वीकाथ्र्यों । ऐन कानुनले जेसुकै भने पनि कुनै–कुनै दलित समुदायमा आजसम्म पनि भौज्याहा पद्धति बााकी छ । कानुनले बन्देज गरे पनि सामाजिक व्यवहारमा नि:शेष भएको छैन । वैदिक समाजमा मात्रै होइन, थकाली, गुरुङ, राई, लिम्बू आदि मंगोल समुदायमा समेत “भाउजू”लाई देवर नन्दहरुका निमित्त “आमासमान” पूजनीय मानिन्छ र नन्द देवरहरुले भाउजूको गोडा छुने चलन छ । तर खस समाजमा भने भाउजूको गोडा ढोगिादैन । उल्टै बरु देवर नन्दहरुलाई भाउजूले गोडामा ढोग्नुपर्ने चलन छ । यो परम्परा उही खस समाजमा पुरातनकालदेखि प्रचलित भाउजू–देवरबीचको विवाहले प्राप्त गरेको सामाजिक मान्यताको अवशेष हो ।
देवर–भाउजूबीचको विवाहले सामाजिक मान्यता पाए पनि त्यसलाई प्राकृतिक मानिादैनथ्यो । कानुनले छुट दिएको समयमा पनि समाजमा त्यसलाई उति साह्रो रुचाइादैनथ्यो । भाउजू विवाहलाई अप्राकृतिक र असामाजिक मानिने भएको हुनाले मानिसको अराजक प्रवृत्तिले भौज्याहाको उपमा पाएको हो । भौज्याहा स्वभावलाई देवरभाउजूको अनैतिक सम्बन्धबाट सन्तान जन्माउने जस्तो “उद्दण्ड” कार्य भन्ने अर्थमा व्यवहारमा प्रयोग गरिन थालेको हो । अर्थात् भौज्याहा सन्तानको अवशेष नामेट हुादै गए पनि भौज्याहा भन्ने शब्दको प्रयोगले अराजक प्रवृत्तिलाई इङ्गित गर्ने अर्थमा सामाजिक मान्यता पाएको हो ।
समाजमा भाउजू विवाहले कसरी र कहिलेदेखि मान्यता पायो होला भनेर खोजीनीति गर्दा खस सभ्यता मात्र खोतलेर नपुग्दो रहेछ । त्यसभन्दा पर वैदिक कालसम्म पनि पुग्नुपर्ने हुन्छ । वैदिक परम्परामा “निर्पुत्रो गतिर्नास्ति” भनेर पुत्र उत्पादन अनिवार्य मानिने र १२ प्रकारका पुत्रहरुले सामाजिक मान्यता पाएको देखिन्छ । त्यसमध्येको एउटा “क्षत्रज” हो । क्षत्रजपुत्र नियोग पद्धतिबाट उत्पन्न गरिन्थ्यो । कुनै मान्छेको सन्तान नहुादै मृत्यु भएको खण्डमा अर्को कुनै योग्य पुरुषबाट “वीर्यदान” लिएर विधवाबाट सन्तान जन्माइने पद्धतिलाई नियोग भनिन्थ्यो र त्यसरी जन्मने सन्तानलाई क्षत्रज भनिन्थ्यो । राजा विचित्रवीर्यको नि:सन्तान मृत्यु भएपछि उनकी आमा सत्यवतीका पराशर ऋषितर्फका पुत्र श्रीकृष्ण द्वैपायन (व्यास) ले विचित्रवीर्यका विधवा रानीहरुबाट धृतराष्ट्र, पाण्डु र विदुर नामका तीन पुत्रहरु जन्माए । माहिला पाण्डुका पााचभाइ छोराहरु (पाण्डव) पनि नियोग पद्धतिबाटै जन्माइएका थिए भन्ने कुरा महाभारत ग्रन्थमा सगौरव उल्लेख भएको छ ।
क्षत्रजपुत्रलाई वैदिक समाजले मान्यता दिएजस्तै खस समाजमा चलेको विधवा भाउजू स्याहार्ने चलन नियोग विधिबाट दाजुको सन्तान जोगाउने परम्पराकै विकृत रुप हो । खस समाजमा रहेको त्यही पुरानो परम्परालाई जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन–१९१० ले कानुनी मान्यता प्रदान गरेको हो । त्यसरी कानुनी मान्यता प्राप्त गरेको सामाजिक प्रचलनलाई मुलुकी ऐन–२०२० ले खारेज मात्रै गरेन, दण्डनीय अपराध समेत घोाषित गरेको हो । शासकको मुख (वाणी र विवेक) नै कानुन मानिने पुरानो परम्परा तोडेर लिखितरुपमा नयाा मुलुकी ऐन जारी गर्दा जंगबहादुरले वैदिक वर्णव्यवस्थालाई मुख्य आधार बनाएका थिए र समान अपराधबापत लाग्ने दण्डसजाय जातअनुसार फरक–फरक गरेर मनुस्मृतिपरम्पराको अनुशरण गरिएको थियो अर्थात् अपराधअनुसार दण्डसजाय नभएर जातका आधारमा दण्डभागी बन्नुपर्ने व्यवस्था भएको थियो । त्यसले समाजमा जातीय आधारमा गरिने भेदभावलाई कानुनी मान्यता प्रदान गरेर सामाजिक सन्तुलन खल्बल्याउने काम गरेको थियो । त्यो ऐनले जातिगत आधारमा न्याय व्यवस्था गरेर जातिभेदको वैदिक परम्पराको सामाजिक (कु)संस्कारलाई संस्थागत गरेको थियो ।
जंगबहादुरको ऐनले कुनचाहिा वैदिक व्यवस्थालाई आधार बनाएर भाउजू विवाहको प्रचलनलाई मान्यता दिएको थियो भन्ने सन्दर्भमा खोजीपाासुली गर्दा ऋग्वेदको एउटा व्यवस्था फेला पर्दो रहेछ । “उदीष्र्व नार्यंभि जीवलोकं गतासुमेतमुप शेष एहि । हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि संबभूथ ।। (१०/१८/८) भनेर विधवा विवाहलाई मान्यता दिएको ऋग्वेदले यास्ककृत निरुक्तमा “विधवेव देवरं देवर: कस्माद्वितीयो वर उच्यते” (१।३।१५) भनेर “देवर” शब्दको स्पष्ट परिभाषा दिइएको भए पनि वैदिक समाजमा विधवा विवाहले मान्यता पाएको र दोस्रो विवाहका लागि तयार दोस्रो वरलाई देवर भनिने भए पनि खस समाजमा “पतिको भाई”लाई देवर भनिने हुनाले देवर भाउजूको विवाहलाई शास्त्रसम्मत ठहर्याइएको हुनसक्छ ।
भाउजू विवाह गर्न हुन्छ भने विधवा भाइबुहारीसाग वैवाहिक सम्बन्ध बनाउन किन हुादैन ? भन्ने प्रश्न पनि स्वाभाविक रुपमा उठ्ने नै भयो । जंगबहादुरको मुलुकी ऐनले त्यस्तो विवाहलाई वर्जित गरेको थियो । तर वैदिक परम्परामा भने त्यस्तो विवाहले पनि कतै–कतै मान्यता पाएको उदाहरण फेला पर्छ । बालीले सहोदर भाइ सुग्रीवपत्नी तारा स्याहारेका थिए । मरुत देवता सबैकी साझा पत्नी “रोदसी” थिइन् । सप्तर्षिकी पनि साझा पत्नी थिइन् भनिएको छ । पााचभाइ पाण्डवले सगोलमा द्रौपदीसाग विवाह गरेका थिए । हाम्रै हिमाली भेकको गैरखस समुदायमा जति जना दाजुभाइ भए पनि जेठा दाजुकी श्रीमती (भाउजू)साग श्रीमतीको साइनो जोडिने बहुपतिप्रथाको परम्परा आजसम्म पनि व्यवहारमा जीवित रहेको छ ।
ऐन, कानुन, संविधान र सामाजिक रीति परम्पराहरु समयको माग र समाजको आवश्यकतानुसार बन्ने भत्कने हुन् । समय सन्दर्भले कैयौं पुराना परम्पराहरुको अन्त गर्छ र नयाा परम्पराहरु जन्माउाछ । “टेष्टट्युब बेबी” को आधुनिक प्रविधिले पुरानो नियोग पद्धतिलाई नयाा रुप दिएको छ भन्दा फरक पर्दैन । कानुनी व्यवस्था नभइसकेको भए पनि व्यवहारमा त्यसरी जन्मने सन्तानलाई पारिवारिक मान्यता मिलेकै छ, समाजले स्वीकारेकै छ अर्थात् नियोग पद्धतिले समयअनुरुप रुप परिवर्तन गरेको छ । फरक कति मात्रै हो भने महाभारतका पाण्डुले आफू जीवित छादै आफ्ना रानीहरु कुन्ती र माद्रीबाट क्षेत्रजपुत्रहरु जन्माएजस्तै आजकाल नि:सन्तान दम्पतिले टेष्टट्युब बेबी जन्माउाछन्, तर बाबुको मृत्युपछि जन्माउने चलन छैन । हिजोको जस्तो नियोग पद्धति जस्ताको त्यस्तै दोहोरिने सम्भावना छैन । भौज्याहा सन्तान जन्माउने कानुनी व्यवस्था पनि पुनस्र्थापित हुनेछैन । तर फरक अर्थमै भए पनि त्यो परम्पराले जन्माएको शब्द “भौज्याहा” खस समाजमा जीवित छ र टेष्टट्युब बेबीको रुपमा क्षत्रज सन्तानको अस्तित्व बााकी रहेजस्तै प्रतीकात्मक अर्थ दिने गरी यो शब्द पनि युगौंयुग जीवित रहनेछ ।