नेपाल विविध संस्कृति, परम्परा तथा मूल्यमान्यता र रीतिरिवाजको हिसाबले निकै धनी मुलुक हो । तर यहााको संस्कृति, यहााका परम्परागत रीतिरिवाज र विभिन्न अवसरमा मनाइने चाडपर्वहरुका बारेमा जति नेपाली युवायुवतीहरुले चासो राख्छन्, त्यसभन्दा बढी नेपाललाई माया गर्ने विदेशी पाहुनाहरुले यहााको संस्कृति र रीतिरिवाजको बारेमा चासो राखेको पाइन्छ । नेपाली युवाहरुबाट यहााको संस्कृतिको प्रवद्र्धनका लागि उनीहरुले खेल्ने भूमिका शून्य जस्तै हुादा विदेशी पाहुनाहरुको चासो भने निकै अनौठो र गर्वलाग्दो हुन्छ । त्यस्तै मध्येकी एक विदेशी अर्थात् चिनियाा युवती हुन् कुकुली । चीनको ग्वान्जाओ निवासी उनी विगत पााच वर्षदेखि नेपाली प्रवेशाज्ञा लिएर नेपालमा बसिरहेकी छिन् । नेपालको संस्कृतिप्रति बढी नै चासो राख्ने उनी विश्वका कुनै पनि मुलुकको संस्कृतिभन्दा नेपाली संस्कृति राम्रो र विविध भएको दाबी गर्छिन् । नेपालको संस्कृतिबाट आकर्षित भएर उनले हाल यहााका विविध सांस्कृतिक गतिविधि, धार्मिक कार्यक्रमहरु तथा विभिन्न चाडपर्वहरुको बारेमा अध्ययन गरिरहेकी छिन् । उनी नेपाली संस्कृतिको अध्ययनमात्र होइन, आफ्नो मातृभूमि चीनमा पनि नेपालको संस्कृति र रीतिरिवाजको बारेमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिरहेकी छिन् । उनी चीनको ग्वान्जाओबाट प्रकाशित हुने एक दैनिक प्रत्रिकामा अक्सर नेपालको विविध पक्षका बारेमा लेख लेख्दै चिनियाा पर्यटकहरुलाई नेपाल भ्रमणका लागि हौस्याइरहन्छिन् । यतिमात्र होइन उनी अन्तर्राष्ट्रियस्तरका ट्राभल पत्रिकामा समेत नेपालबारे लेख लेख्ने गर्छिन् । उनले आफ्ना लेखमार्फत विदेशीहरुलाई नेपालको महत्वबारे जानकारी गराउन चाहेको स्वाभिमान नेपालसागको भलाकुसारीमा जानकारी गराइन् ।
नेपाली संस्कृतिका विविध पक्षबारे अध्ययन गरिरहेकी कुकुली व्यवस्थापन पढेकी युवती हुन् । आफ्नो अध्ययनपश्चात् चीनमा रहेको अमेरिकी कम्पनीमा केही समय मार्केटिङसम्बन्धी काम पनि गरेकी थिइन् । तर सन् २००७ मार्चमा पहिलो पटक नेपाल भ्रमण गरेपछि उनलाई नेपाली संस्कृतिले आकर्षित गर्यो । त्यसपछि उनी आफ्नो अध्ययनअनुसारको काम छोडेर नेपाली संस्कृतिको अध्ययनका लागि नेपाल आउने विचार गरिन् । सन् २००७ अगष्टमा पुन: उनी दोस्रो पटक नेपाल भ्रमणमा आइन् । त्यतिबेला उनले झण्डै पााच महिना नेपालमा बिताएकी थिइन् । कुकुलीले नेपाल भ्रमणपश्चात् सन् २००८मा नेपालको संस्कृति र परम्पराका बारेमा चिनियाा भाषामा एउटा लेख लेखेकी थिइन् । उक्त लेखलाई कैयाौ चिनियााहरुले मन पराएका थिए । त्यसपश्चात् उनले नेपालबारे नियमित लेख्न सुरु गरिन् । उनी सन् २०११ देखि प्रवेशाज्ञा लिएर निरन्तर नेपालमा बस्दै आएकी छिन् । उनले नेपालमा बसेर महत्वपूर्ण पर्यटकीय क्षेत्र तथा चाडबाडका बारेमा पनि भ्रमण तथा अध्ययन गर्दै आएकी छिन् । उनले नेपालका बारेमा लेखेका लेखहरुबाट प्रभावित भएर कैयाौ चिनियाा पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन् । उनी आफौले पनि आफ्ना साथीभाइ तथा आफन्तहरुलाई नेपाल भ्रमण र यहााको जीवन्त संस्कृतिको अध्ययनका लागि आग्रह गर्ने गर्छिन् । कुकुली भन्छिन्, ‘नेपाल मेरो दोस्रो मातृभूमि हो । कैयौा मानिसहरु नेपालको महत्वलाई बुझ्न सकिरहेका छैनन्, म चाहन्छु विश्वका हरेक मानिसले एक पटक नेपाल भ्रमण गर्नैपर्छ र यसैका लागि मेरो प्रयास जारी छ ।’ कुकुलीको नेपालप्रतिको माया, यहााका विविध पक्षको अध्ययन र प्रचारप्रसारबाट प्रभावित भएर उनको गृहप्रान्त ग्वान्जाओ तथा पर्यटनसम्बन्धी चर्चित म्यागेजीन ट्राभलरले समेत उनका लेखहरु प्रकाशित गर्ने गरेको छ । कुकुलीले चिनियाा भाषाका विभिन्न सञ्चारमाध्यमहरुमा समेत नेपालबारे विविध जानकारीहरु प्रदान गर्ने गरेकी छिन् । नेपालप्रतिको मोहकै कारण मार्केटिङ क्षेत्रमा काम सुरु गरेकी उनी लेखिका, अनुसन्धानकर्ता तथा फोटोग्राफर समेत बनेकी छिन् । उनी आफू नेपालबाट प्रभावित भएर आफ्नो पुरानो पेशा छोडेर नेपालमा बसेर अध्ययन अनुसन्धानमा लागेको जनाउाछिन् ।
कुकुली नेपालको हिन्दू धर्म र बुद्धधर्ममा रहेका विविध संस्कृतिको नजिकबाट अध्ययन गरिरहेकी छिन् । उनी यी दुई धर्मको संस्कृति विश्वमै उत्कृष्ट रहेको बताउन पनि पछि परिनन् । उनी हाल आफूले गरेको अध्ययन सामग्रीलाई पुस्तकका रुपमा प्रकाशित गर्ने तयारीमा जुटेकी छिन् । कुकुली भन्छिन्, ‘सम्भवत: म यो वर्ष नै नेपालको सांस्कृतिक विविधता तथा परम्परागत रीतिरिवाजका बारेमा पुस्तक लेख्दै छु, उक्त पुस्तक सुरुमा चिनियाा भाषामा प्रकाशित हुनेछ, पछि अंग्रेजी भाषामा पनि प्रकाशित गर्ने सोच छ ।’ उनले नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकहरुले केवल यहााको प्राकृतिक सुन्दरतालाई मात्र जोड दिने भएकाले नेपाल भ्रमण हरेक ढंगले जीवन्त छ भनेर देखाउन पुस्तक प्रकाशनमा ल्याउन लागेको जनाइन् । उनले आफ्नो प्रयासबाट विदेशी पर्यटकहरुले नेपाललाई हेर्ने दृष्टिकोणलाई अविस्मरणीय बनाउन आफूले लेख्न लागेको पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
कुकुली नेपाल विविध कारणले उत्कृष्ट हुादाहुादै पनि नेपालीहरुमा मुलुकप्रतिको जिम्मेवारबोध नहुादा नेपाल पछि परेको दाबी गर्छिन् । उनले चीनमा हरेक नागरिकमा व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई सर्वाेपरि हुने भएकाले नै चीन आज विश्वकै विकसित र समृद्ध मुलुक बन्दै गइरहेको भन्दै नेपालीहरुमा भने मुलुकभन्दा व्यक्तिगत स्वार्थले प्राथमिकता पाएको दाबी गरिन् । हरेक नेपालीले देशको स्वार्थलाई प्राथमिकतामा राखेमा नेपाल विश्वकै उत्कृष्ट मुलुक बन्नसक्ने उनको दाबी छ । कुकुली भन्छिन्, ‘नेपालीहरु एकअर्काेको खुट्टा तान्नमै समय बिताउाछन्, उनीहरुसाग देशका लागि केही गर्नुपर्छ भन्ने भावना न्यून छ, त्यसैले नेपाल पछि परिरहेको छ ।’ उनी नेपालमा नियमकानुनको प्रभावकारी कार्यान्वयन नहुनु पनि नेपालको दुर्भाग्य भएको दाबी गर्छिन् । उनले नेपालमा शक्तिमा हुनेले आफ्नो स्वार्थअनुकूल कानुनको दुरुपयोग गर्ने गरेको आफूले अनुभव गरेको जनाइन् । नेपालमा कतिपय विदेशी नागरिकहरुले गैरकानुनी रुपमा गतिविधि गरे पनि नेपाल सरकारले त्यस्ता विषयमा कुनै चासो नराख्नु नेपालका लागि नै नोक्सानी हुने भन्दै आफ्नो मुलुक चीनमा भने हरेक विदेशी नागरिकहरुमाथि निगरानी हुने गरेको जनाइन् । केही समयदेखि नेपालमा बसोबास गर्दै आएकी उनलाई नेपाल आफ्नै देशजस्तै प्यारो लाग्छ रे । उनले आफ्नो छोटो समयको बसाइामा पनि नेपालको मायाममता महसुस गर्न पाएको अनुभव सुनाइन् । उनले भनिन्, ‘मैले आफूले भ्याएसम्म नेपाललाई चिनाउन प्रयास गरिरहेकी छु । आशा राख्छु भविष्यमा पनि सधैं नेपाललाई माया गर्न पाऊा र नेपालको सेवा गर्न पाऊा ।’ एउटी विदेशी नागरिकको नेपालप्रतिको मोह र उनले गरिरहेको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । उनले नेपालका लागि पुर्याइरहेको योगदानलाई प्रत्येक नेपालीले यसरी नै मनन गरिदिएमा नेपाल सााच्चीकै उत्कृष्ट मुलुक बन्नेमा कुनै शंका छैन । आशा गराौ नेपाली युवायुवतीहरुमा पनि कुकुलीको जस्तै नेपालप्रति माया र मोह जागोस् । साथै नेपाललाई माया गर्ने ती चिनियाा युवतीको नेपालप्रतिको लगावले निरन्तरता पाओस्, शुभकामना ।