सुनचाादी व्यवसायका समस्या, चुनौती र समाधान

221

मणिरत्न शाक्य

 
नेपालमा सुनचाादी, गरगहना व्यवसाय, नेपालीहरुको धार्मिक, सांस्कृतिक एवं सामाजिक रीतिरिवाज र व्यवहारसाग अभिन्न रुपमा जोडिएको र नेपालको पहिचान हस्तकला एवं कलाकारितामा आधारित व्यवसाय हो । देशभर छरिएर रहेका २० हजारभन्दा बढी व्यवसायी पसलेहरु यो पेशामा प्रत्यक्ष रुपमा व्यवसाय गरिरहेको, १ लाखभन्दा बढीले रोजगारी पाइरहेको र प्रत्यक्ष र अप्रत्यक्ष गरी १० लाख जति मानिसहरु यस पेशामा आश्रित रहेको पाइन्छ । मुलुकको आर्थिक क्षेत्रको उल्लेखनीय हिस्सेदारको रुपमा रहेको यो पेशा व्यवसायलाई अझ बढी प्रवद्र्धन र विकास गर्नुपर्ने वर्तमान परिप्रेक्ष्यमा विद्यमान र रहेका समस्या एवं चुनौतीहरुलाई चााडैभन्दा चााडै समाधान गर्न नेपाल सरकारका सम्बन्धित निकाय र निजी क्षेत्रबीचको सहकार्यमा नीतिगत पहलकदमी हुन नितान्त जरुरी रहेको छ । सुनचाादी गरगहना व्यवसायमै केन्द्रित रहेर भन्नुपर्दा यो पेशा/व्यवसायले हाल निम्न समस्या र चुनौतीहरुको सामना गर्नुपरिरहेको कुरा सारांशमा उल्लेख गर्न चाहन्छु ।

 
सुनको आपूर्ति नै प्रमुख समस्या
सुनचाादी तथा त्यसका गरगहना व्यवसायको लागि मुख्य चाहिने कच्चा पदार्थ सुन र चाादीको आवश्यक मागअनुसारको सहज आपूर्ति नहुनु नै यो क्षेत्रको मूल समस्या भएको छ । नेपाल पनि डब्लूटीओको सदस्य भइसकेकोले त्यसको मूल्य र मान्यताअनुरुप, ओएलजी सिद्धान्तअनुरुप खुल्ला आयात नीति र देशको संविधानले व्यवस्था गरेअनुसार पनि जनतालाई चाहिने कुनै पनि वस्तु र सेवामा सिन्डिकेट र कोटा प्रणाली लागू गर्न नपाइने र त्यसको कारोबारमा एकाधिकार गर्न नपाइने नीति समेतलाई कुल्चेर विदेशी विनिमय संचितिको कारण देखाई अन्य सबै सेवा वस्तुलाई छोडेर सरकारले मात्र एक वस्तु सुनलाई २०६६ सालमा नियन्त्रण नीति अपनाई एकदमै कम आपूर्ति हुनेगरी कोटा प्रणालीको व्यवस्था गरी वाणिज्य बैंकले मात्रै सुन आयात गरी बिक्री गर्न पाइने एकाधिकार कायम गरेको हाल ६ वर्ष भइसकेको छ । यस्तो नीति लागू नै गरिादा पनि जुन समस्याको कारणले नियन्त्रण गरिएको हो, त्यस समस्या हटिसकेपछि यस्तो अस्थायी नीतिलाई फुकाएर राहत दिइनुपर्नेमा त्यसो गरिएन । यसले गर्दा आजको परिस्थितिमा मुलुकमा देशमा जनसंख्या वृद्धि साथै व्यवसायीहरुको संख्यामा वृद्धि र बढी रोजगारीको अवसरमा वृद्धि गर्नुपर्ने मुख्य आवश्यकतालाई पनि मनन गर्न नसक्दा यो क्षेत्र बढ्नमा मात्र अवरोध होइन कि राज्यकोषमा यो क्षेत्रबाट उठ्न सक्ने पर्याप्त राजस्वमा समेत खाडलको रुपमा देखापरिरहेको छ ।
हाल नेपालको बजारलाई विवाह, व्रतबन्ध र ठूला चाडपर्व सिजनको बेला अथवा वैशाख, भाद्र, मंसिर, माघ, फागुन जस्तो महिनामा दैनिक ६० के.जी. र अफ सिजन वा अन्य महिनामा दैनिक ४० के.जी. नयाा सुनको आवश्यक पर्छ । तर वास्तविकतामा ६ वर्ष अगाडि व्यवस्था गरेअनुरुप सिजनमा २० के.जी. र अफ सिजनमा १५ के.जी.को हिसाबले गरिरहेको आपूर्ति पनि आज आएर निरन्तर गरेको अवस्था छैन । यो भनेको सुनचाादी व्यवसाय क्षेत्रमा सरकारले गरेको चरम हेलचेक्राईं र लापरबाही हो । साथै यो व्यवहार देशको आर्थिक समुन्नतिका लागि पनि ठूलो घातक भएको हाम्रो ठम्याइ छ । आजको यस्तो चरम समस्याको अवस्थामा पनि यो क्षेत्रबाट राज्यलाई प्रत्यक्ष, अप्रत्यक्ष सबै गरी करिब ६ अर्बको वार्षिक राजस्व उठ्ने गरेको र यसलाई समयसापेक्ष सुधार गरी व्यवसाय गर्ने उचित व्यवस्था गर्नसकेको खण्डमा यो क्षेत्रमा देखेको समस्या न्यूनीकरण हुन गई व्यवसाय प्रवद्र्धन हुनुको साथै राजस्वमा पनि उल्लेख्य रुपमा वृद्धि हुने कुरा पनि प्रष्ट्याउन चाहन्छु । यसको लागि नेपाल सरकारले गम्भीरतापूर्वक संवेदनशील हुनुपर्ने कुरामा हाम्रो जोडदार आग्रह छ ।

 
कम आपूर्तिबाट सिर्जित समस्याहरु
१. गरगहना बनाउनका लागि सुन आवश्यकताअनुसार किन्न नै नपाइनु ।
२. बैंकमा सुन किन्दा १ के.जी. भन्दा कमको किन्न नपाइने हुादा ठूला व्यवसायीको मात्रै पहुाच पुग्ने र साना व्यवसायीलाई सधैं समस्या भई नै रहने ।
३. बैंकहरुको सुन बिक्री कार्य राजधानीमुखी भएको र देशभरिका व्यवसायीले थोरै सुन किन्न पनि धेरै समय र पैसा खर्च गरी जोखिम मोलेर काठमाडौंमा नै आई किनेर लग्नुपर्ने बाध्यता ।
४. बैंकहरुले हप्तामा एक/दुई पटक मात्रै सुन बिक्री गर्ने परिपाटी ।
५. बेला–बेलामा बैंकले नै बिक्री गर्ने सुनमा पनि तौलको विषयमा प्रश्न उठ्नु ।
६. बैंकहरुले बेच्ने सुनको एकै दिन, एकै समय पनि बैंकहरु नै पिच्छे सुनको दरभाउमा भारी अन्तर हुने ।
७. धेरैजसो बैंकहरुले मूल्य तोक्दा अनेक किसिमको खर्च जोडेर बढी भाउ राख्नेले गर्दा व्यवसायीले कारोबार गर्दा हुने समस्या ।
८. बैंकबाट सुन किनेर व्यवसायीहरुलाई टुक्रा गरी बेच्दा उचित बिलको अभावले व्यवसायस्थलसम्म लग्दा सुरक्षा निकायहरुबाट हुने गरेको समस्या ।
९. सुन वितरणमा संलग्न विभिन्न संघसंस्थाहरुको वितरणको प्रक्रिया पृथक् भएको हुादा नियमनकारी निकायलाई नियमन गर्न कठिनाइ भएको ।
१०. गरगहना व्यवसायीहरुलाई गरगहना बनाउने प्रयोजनको लागि मात्र सरकारबाट सुन आपूर्ति गरिएको कुरालाई बिर्सेर सुनचाादी गहना व्यवसायीभन्दा गैरव्यवसायीहरुलाई पनि सुन बिक्री भइरहेको गलत कार्यले अभावमाथि अभाव हुने गरेको ।
११. सुन बिक्री गर्ने सवालमा बैंकहरुको एकाधिकार र मनोमानीबाट उब्जेका समस्या ।
१२. सुन बिक्री निर्देशिकामा १५ दिनको समय कट्नासाथ बैंकले सो इच्छाले संघले सिफारिसविना पनि बेच्न पाउने प्रावधानलाई समयअनुकूल सुधार नगरिादा सुन बिक्रीकार्य नाफामुखी र व्यापारीकरण भएको ।
१३. व्यवसायीहरुले बैंकबाट किन्दा बैंक नै पिच्छे खाता खालेर पहिले नै पैसा जम्मा गरेपछि मात्रै सुन बिक्रीको प्रक्रिया सुरु गर्ने नमिल्दो व्यवहार र ११ बजे पछि स्वीफ्ट वा चेक क्लियरेन्स नगर्नेबाट उब्जने समस्या ।
१४. हाल सुन बढी खपत गर्ने ठूला व्यवसायी तथा व्यापारीहरुले एकभन्दा धेरै संगठनमा सदस्यता लिई एकै फर्मले धेरै सुन उठाई अन्य व्यवसायीहरुलाई सुन धेरै अपुग हुन गएको समस्या ।

 
समस्या समाधानका उपायहरु
१. नेपाली बजारका लागि हालको अवस्थामा प्रतिदिन कााचो सुनको आवश्यकता सिजनमा ४०.के.जी. र अफ सिजनमा २५. के.जी. अत्यावश्यक हुादा यसको व्यवस्था हुनुपर्ने ।
साथै समयअनुसार बढ्दै जाने जनसंख्या, व्यवसायी र सहरीकरणको साथसाथै समयअनुसार आपूर्ति व्यवस्था परिमार्जन गर्दै लैजानुपर्ने ।
२. व्यवसायमा सहज र सुधारका लागि आवश्यक सानो परिमाणको ५०/१०० र २०० ग्राम सुन आयात गरी बेच्नुपर्ने नीतिलाई गत वर्षको मौद्रिक नीतिले समेत तर्जुमा गरिसकेर पनि सम्बन्धित आयातकर्ता बैंकहरुले लागु नगरिदिादा समस्या यथावत् रहेकोले सो अनुसारको व्यवस्था गरिनुपर्ने ।
३. सुन बिक्रेता बैंकहरुलाई १५ दिनको दिएको सीमालाई यथाशीघ्र हटाइनुपर्ने ।
४. बैंकहरुको सुन बिक्रीको प्रकृतिको समय ११ बजेसम्मको सट्टा, कम्तीमा २ बजेसम्म गरिनुपर्ने ।
५. मुलुकभरिको मुख्य–मुख्य सहरमा बैंकहरुबाट सुन बिक्री व्यवस्था गराइनुपर्ने ।
६. बैंकर्स एसोसिएसनले कुन बैंकको कति सुन कहिले आउने, कहिले बेच्ने र त्यसको साथै बिक्रीको सही रिपोर्ट समयमै संघहरुलाई उपलब्ध गराइनुपर्ने ।
७. एकै दिन एकै समयमा पनि विभिन्न बैंकहरुको मूल्यमा हुने गरेको फरक भाउलाई एकै गरिनुपर्ने ।
८. उपत्यकामा भन्दा बाहिरको व्यवसायीलाई सुन बेचिादा बैंकहरुले धेरै किसिमका कागजपत्रहरु पेस गर्नुपर्ने बाध्यतालाई सुधार गरी एकै नीति कायम गर्नुपर्ने ।
९. बैंकहरुबाट क्रेताहरुलाई सुन बिक्रीको सागसागै आवश्यक बिल बिजक साथै उपलब्ध गराइदिनुपर्ने ।
१०. सुन आयातमा परिमाणात्मक कोटाको व्यवस्था भए पनि आयातको अधिकार कम्तीमा ५० प्रतिशत निजी क्षेत्रलाई पनि दिई प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने ।
११. सुनचाादीसम्बन्धी समस्त व्यवसायीहरु आबद्ध रहेको विभिन्न संघसंस्थाहरु मुख्य ३ महासंघहरुमा आबद्ध रहेको हुादा, ३ वटै महासंघहरुको सुन वितरणको लागि एकै संयन्त्र बनाई वितरणको जिम्मा लगाई एकद्वार वितरण प्रणाली गरेको खण्डमा हालका समस्याहरु धेरै हल हुन सक्ने ।
१२. उपत्यका बाहिरबाट सुन किन्न आउने सबै व्यवसायीहरुलाई बंैकहरुको बिक्रीका प्रक्रियागत नीतिहरु, उपत्यकाभित्र पनि ठाउा–ठाउामा छरिएर रहेका बैंकहरुको ठेगाना, यी सबै कुराको अग्रिम ज्ञान नहुने हुादा सुन खरिद गर्न आउादा समय र खर्च धेरै लाग्ने गरेकोले जुनसुकै बैंकको बिक्री गर्ने पालो भए पनि बैंकर्स संघको व्यवस्थापनमा सधैं एउटै बैंकमा बिक्री गर्ने व्यवस्था हुनसकेमा धेरै राहत हुने ।
१३. हाल बैंकहरुले बेच्ने सुनको गुणस्तर ९९९.९को सट्टामा ९९.५ मात्र भएकोले बजारमा समस्या आई रहेको हुादा अबदेखि ९९९.९ लाई मात्रै आयात गरी बिक्री गराइनुपर्ने ।
१४. सहरी बजारका ठूला सुन व्यवसायीहरुलाई त्यही हिसाबले बढी नै सुनको जरुरी हुने हुादा बेग्लै वर्गीकरणमा राखी आपूर्ति गर्न नितान्त आवश्यक छ । हालको आपूर्ति व्यवस्थाले ती पसलको आवश्यकता पूर्ति असम्भव छ ।

 
सुरक्षाको प्रश्न तथा चेकजााचबारे
१) सुनचाादीको मूल्य बढ्दै जाादा योसाग सुरक्षा सवाल पनि टड्कारो रुपमा जोडिएको छ । विगत ५/६ वर्षयता दर्जनौं सुनचाादी व्यवसायीहरुको असामाजिक तत्वहरुको सांघातिक आक्रमणमा जीवनलीला समाप्त भएको छ । साथै दर्जनौं घाइते अपाङ्ग भएका छन् र धेरैको सुन र पैसा लुटिएका छन् । सुरक्षा सक्रियताको कारण हालका वर्षहरुमा यो क्रममा कमी आए पनि अझै पूर्ण सन्तोषप्रद अवस्था भने रहेको छैन । सहरबजारमा दिनदहाडै लुटपाट गर्ने गिरोहहरुले अहिले पनि दु:ख दिइरहेका छन् । सुरक्षाको अनुभूतिविना कुनै पनि पेशा व्यवसाय फस्टाउन सक्दैन । सुनचाादी व्यवसायको बजारको सवालमा यसको सिधा सम्बन्ध सुरक्षा व्यवस्थासाग जोडिएको हुन्छ । सुरक्षा व्यवस्था मजबुत गर्ने सवालमा महासंघ सुरक्षा निकायसाग सहकार्य र सहयोग गर्न सदा तत्पर रहेको छ ।
२) नेपालमा अवैध सुनको ओसारपसार जारी रहेको सन्दर्भमा सुरक्षा निकायबाट चेकजााच हुनु सराहनीय र आवश्यक पक्ष हो । तर चेकजााचको नाममा बैंकबाट किनी ल्याएको सुनचाादी समेत नियन्त्रणमा लिई पर्याप्त अध्ययन नगर्दै राजस्व अनुसन्धानमा बुझाउने कार्यले निश्चय पनि व्यावसायिक मनोबल उकास्ने कार्य हुन सक्दैन । राज्यको करदाता व्यवसायीहरुलाई निर्बाध व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक प्रयोजनका लागि सुनचाादी साथमा लिई नेपालभित्र आवतजावत गर्ने मौलिक हकलाई कुण्ठित नहुने गरी सुरक्षा निकायबाट व्यवहार गरियोस् भन्ने आम व्यवसायीहरुको चाहना रहेको छ । चाहे पर्साको घटना होस्, पाल्पा, रौतहट वा काठमाडौं न्युरोड र महाबौद्धको घटना होस्, नेपालमा चाादी अवैध आयात नभइरहेको वास्तविकता जानकारी हुादाहुादै र बिल पेस हुादाहुादै पनि राजस्वमा बुझाउने, मुद्दा लगाउने कार्यले लगानीको साथसाथै व्यावसायिक मनोबल कमजोर पार्ने कार्य निरन्तर भइरहेको हुादा यसमा आवश्यक छलफल गरी सुधार गरिनु पर्दछ ।
यस सम्बन्धमा व्यवसाय गर्ने क्रममा सुनचाादी वा गरगहना एक ठाउाबाट अर्को ठाउासम्म बोकेर हिाड्दा केकस्तो कागजात सागै बोक्नुपर्ने हो सो सम्बन्धमा स्पष्ट खुलाई सम्बन्धित निकायबाट सुसूचित गरिएमा आम सुनचाादी व्यवसायीहरुलाई व्यवसाय गर्न सहज हुने थियो ।

(लेखक नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here