धर्मराज शाक्य, अध्यक्ष, नेपाल हस्तकला महासंघ
हस्तकला महासंघको हालै सम्पन्न साधारणसभाले धर्मराज शाक्यको नेतृत्वमा नयाा कार्यसमित चयन गरेको छ । अध्यक्षमा निर्वाचित शाक्य २०४६ सालदेखि हस्तकला व्यवसायमा लागेका व्यवसायी हुन् । उनको पुख्र्यौली पेशा नै हस्तकला हो । पछि शाक्यले पनि ढुंगाका मूर्ति बनाउने पुख्र्यौली पेशालाई निरन्तरता दिादै हस्तकला व्यवसायीहरुको छाता संगठन नेपाल हस्तकला महासंघको नेतृत्व सम्हाल्ने स्थानमा पुगेका छन् । उनै शाक्यसाग स्वाभिमान नेपालले नेपालमा हस्तकलाका सामग्रीहरुको सम्भावना, निर्यात र भविष्यका योजनालगायत विषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ शाक्यसाग गरिएको कुराकानीको सम्पादित अंश :
सर्वप्रथम त महासंघको नेतृत्व सम्हाल्ने जिम्मा पाउनुभएकोमा तपाईंलाई बधाई तथा शुभकामना छ । अब तपाईंको नेतृत्वमा महासंघ कसरी अघि बढ्छ ?
शुभकामनाका लागि स्वाभिमान नेपाल म्यागजिन परिवारलाई धन्यवाद । अवश्य पनि महासंघको नेतृत्वका लागि हुने साधारणसभाबाट म दशाौ अध्यक्षका रुपमा निर्वाचित भएको छु । अब मेरो नेतृत्वमा महासंघलाई नयाा उचाइमा पुर्याउनु मेरो पहिलो दायित्व हुन्छ । यसका लागि महासंघसाग आबद्ध व्यवसायीहरुका समस्याहरु समाधानसागै हस्तकला व्यवसायलाई थप व्यवस्थित गर्नका लागि मैले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छु । साथै अहिले परम्परागत पेशाका रुपमा रहेको यस व्यवसायलाई आधुनिक प्रविधि प्रयोग, दक्ष जनशक्तिको उत्पादन, तालिम तथा शिक्षालयको स्थापना गरी शिक्षित वर्गलाई यस व्यवसायमा आकर्षित गराउन महासंघले पहल गरिरहेको छ । मेरो कार्यकालमा नेपालको मौलिक हस्तकलाका सामग्रीलाई विश्वस्तरीय बनाउन र नेपाली हस्तकलाका माध्यमबाट विश्वमा नेपाललाई चिनाउन के गर्नुपर्छ, त्यसका लागि मैले कुनै कसर बााकी राख्नेछैन तर यसका लागि हामीलाई नेपाल सरकारको साथ र सहयोगको पनि उत्तिकै आवश्यकता छ र चाहिन्छ ।
नेपाली हस्तकलाका सामग्रीहरुलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका बनाउने तथा यस क्षेत्रमा शिक्षित वर्गलाई आकर्षित गर्ने भन्नुभयो, यसका लागि महासंघसाग कस्तो योजना छ ?
परम्परागत रुपमा उत्पादन गर्ने हस्तकलाका सामग्रीबाट अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सहज छैन । अर्काेतर्फ पुरानो प्रविधिको प्रयोगले एउटै सामग्री उत्पादनका लागि लामो समय लाग्ने भएकाले मागअनुसार उत्पादन गर्न पनि गाह्रो हुन्छ । त्यसका लागि नेपालको मौलिक संस्कृति र परम्परालाई झल्काउने हस्तकलाका सामग्रीलाई नयाा प्रविधिको र दक्ष जनशक्तिको प्रयोग गरेर उत्पादन गर्न सकिन्छ । यस्तो भएमा गुणस्तरसागै परिमाणमा पनि विकास गर्न सकिन्छ, जसले गर्दा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सहज हुन्छ । यसका लागि महासंघले नेपाली कला संस्कृति झल्काउने हस्तकलासम्बन्धी तालिम दिने इन्स्टिच्युट समेत सञ्चालनमा ल्याइरहेको छ । हस्तकला डिजाइन एण्ड डेभलपमेन्ट सेन्टर नामक उक्त संस्थामार्फत महासंघले विभिन्न विधाका तालिमहरु दिने गरेको छ । हामीले हस्तकला व्यवसायलाई स्तरीय बनाउनका लागि सार्क हेन्डिक्राफ्ट डिजाइन एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनका लागि पनि नेपाल सरकार तथा सार्क डेभलपमेन्ट फण्डमार्फत प्रक्रिया अघि बढाइरहेका छौा । यस्ता संस्थाहरुको स्थापनाले यो व्यवसायलाई गुणस्तरीय, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको सामग्री उत्पादनमा सहयोग पुर्याउाछ । महासंघले हस्तकला व्यवसायलाई स्तरीय र अन्तर्राष्ट्रियस्तरको सामग्री उत्पादनका गर्ने व्यवसायका रुपमा स्थापित गराउनका लागि पहल गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता योजना अघि बढाउन पहल गरिरहनेछ ।
नेपालमा हस्तकला व्यवसायमा आश्रित मानिसहरुको संख्या कति छ ? यस व्यवसायमा दक्ष जनशक्तिको अभाव छ कि छैन ?
नेपालमा व्यावसायिक तथा परम्परागत रुपमा हस्तकला व्यवसाय गर्दै आएका मानिसहरुको संख्या ११ लाखभन्दा बढी छ । तर यीमध्ये अधिकांश परम्परागत वा पुख्र्याैली पेशाका रुपमा हस्तकला व्यवसायलाई आगाल्दै आएका छन् । उपत्यकालगायतका केही सहरी क्षेत्रमा व्यावसायिक रुपमा हस्तकला व्यवसाय सञ्चालित भए पनि ती उद्योगहरुमा दक्ष कामदारको अभाव छ । नेपालमा झण्डै १० देखि १५ हजारको आसपासमा यस क्षेत्रमा लागेका दक्ष जनशक्ति रहेका छन् । जुन नेपालका लागि निकै कम हो । वैशाखमा गएको भूकम्पका कारण भौतिक संरचनाहरु नष्ट भएपछि नयाा संरचना बनाउादा हस्तकलाका सामग्रीहरुको माग ह्वात्तै बढिरहेको छ तर जनशक्तिको अभावमा मागअनुसारका हस्तकला सामग्रीहरु उत्पादन हुन सकिरहेका छैनन् । अहिलेकै जनशक्तिले भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाहरुको निर्माणका लागि आवश्यक सामग्री निर्माण गर्ने हो भने ४० वर्षमा नि पूरा हुादैन । त्यसैले पनि नेपालमा हस्तकलाको ज्ञान भएका जनशक्तिहरुको ठूलो माग रहेको छ । त्यसैले दक्ष जनशक्ति उत्पादन पनि तत्कालको टड्कारो आवश्यकता हो । यसका लागि महासंघसागै सरकारले पनि आवश्यक पहल गर्नु आवश्यक छ ।
अन्तर्राष्ट्रिय रुपमा नेपालमा उत्पादन भएका हस्तकलाका सामग्रीहरुको माग कस्तो छ ? वार्षिक कति मूल्यबराबरको नेपाली हस्तकलाका सामग्रीहरु विदेश निर्यात हुन्छन् ?
विभिन्न मुलुकमा नेपालमा उत्पादन भएका हस्तकलाका सामग्रीहरुको माग निकै ठूलो रहेको छ । छिमेकी मुलुक चीन, जापान, अमेरिका तथा युरोप र एसियाका विभिन्न मुलुकहरुमा यहााका हस्तकला सामग्रीहरुको निकै ठूलो माग रहेको छ । चीनमा त नेपालका हस्तकलाका सामग्रीहरुको पूजा नै गरिन्छ । अन्य मुलुकमा पनि झण्डै यस्तै अवस्था छ । बरु नेपाल सरकारले स्वदेशमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु तथा व्यवसायीहरुलाई खासै ध्यान दिएको पाइादैन । नेपाल सरकारले वैदेशिक वस्तुहरुलाई बढी महत्व दिने गरेकाले मुलुकभित्रै व्यवसाय गर्ने व्यवसायीहरु समेत निरुत्साहित हुने अवस्था रहेको छ । सरकारले नेपाली वस्तुहरुको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नसके नेपालका हस्तकला सामग्रीहरुको माग विश्वभर हुन्छ ।
नेपालबाट प्रत्येक वर्ष झण्डै ११ अर्बबराबरको हस्तकलाका सामग्रीहरु विदेश निर्यात हुन्छन् । यो व्यवसायलाई आधुनिकीकरण र विकास गर्नसकेमा यो परिमाण थप बढ्ने निश्चित छ । यसका लागि महासंघ निरन्तर लागिपरेको छ ।
नेपालको आन्तरिक बजारमा हस्तकला सामग्रीहरुको खपतको अवस्था कस्तो छ ?
नेपालको आन्तरिक बजारमा पनि यसको खपत उत्साहजनक छ । वार्षिक झण्डै ६ देखि ७ अर्ब मूल्यबराबरको हस्तकलाका सामग्रीहरु आन्तरिक बजारमै खपत हुन्छन् । विशेष गरी नेपालको आन्तरिक बजारमा पश्मिना, काष्ठकलालगायतका वस्तुहरुको खपत उल्लेख्य रहेको छ ।
नेपालबाट हाल कुन–कुन मुलुकमा कतिवटा हस्तकलासम्बन्धी सामग्रीहरु निर्यात हुादै आएका छन् ?
नेपालका हस्तकलाका सामग्रीहरुको मुख्य बजार भनेको चीन, जापान, अमेरिका, युरोप तथा इन्डियालगायतका मुलुकहरु हुन् । विश्वका झण्डै ८० भन्दा बढी मुलुकहरुमा नेपालका हस्तकलाका सामग्रीहरु निर्यात हुने गर्छन् । ती मुलुकहरुमा विभिन्न ४० विधाका सामानहरु रहेका छन् । हस्तकला महासंघले यो दायरालाई थप फराकिलो बनाउन प्रयास गरिरहेको छ । नेपालबाट थप हस्तकलाका सामानहरु विश्वका सबै मुलुकमा पुग्ने व्यवस्था मिलाउने प्रयासमा महासंघ लागिरहेको छ । यसका लागि सरकारको सहयोग र साथको पनि आवश्यकता छ ।
हस्तकला व्यवसायको विकास र प्रवद्र्धनका लागि सरकारको भूमिको के देख्नुहुन्छ ?
यसका लागि सरकारले नेपाली हस्तकलाको महत्वका बारेमा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवद्र्धनका लागि सहयोग गर्न सक्छ । नेपाली वस्तुको निर्यात बढ्नु भनेको सरकारको खातामा राजस्व बढ्नु पनि हो । अर्काेतर्फ नेपालको हस्तकला व्यवसायसाग पर्यटन क्षेत्र पनि जोडिएको छ । त्यसैले यहााको संस्कृति परम्परालाई हस्तकलामार्फत अन्तर्राष्ट्रिय रुपमा चिनाउन सकिन्छ तर यसका लागि अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन सक्नुपर्छ । सरकारले हस्तकलासम्बन्धी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने, उत्पादित वस्तुको सहज आपूर्ति, कच्चापदार्थको व्यवस्थादेखि विदेशमा नयााबजारको खोजी गर्ने काम गरेमा व्यवसायीहरुमा पनि हौसला बढ्छ । त्यस्तै दक्ष जनशक्ति उत्पादनका लागि सरकारी निकायबाटै तालिमको व्यवस्था, व्यवसाय सञ्चालनका लागि सस्तो ब्याजदरको व्यवस्था तथा राम्रो काम गर्ने व्यवसायीलाई कदर तथा सम्मान गर्ने काम सरकारी निकायबाट हुने हो भने यस क्षेत्रले थप विकास गर्न सक्छ । जसले गर्दा एकातर्फ हस्तकला व्यवसाय फस्टाउने अवसर पाउाछ भने अर्काेतर्फ स्वदेशी वस्तुको निर्यातका कारण सरकारलाई समेत आर्थिक रुपमा फाइदा हुन्छ । त्यसैले सरकारले यस्तो विषयमा ध्यान दिन आवश्यक छ ।