अल्छीलाई मात्र जागिर खाने अवसर

177

जागिरको दरखास्त दिनका लागि सामान्यतया सक्रिय, जाागरिलो र मिहिनेती मान्छेको खोजी गरिन्छ तर क्यानडामा भने एउटा अनौठो जागिरको विज्ञापन खुलेको छ । जुन विज्ञापनअनुसार जागिर गर्न चाहने व्यक्ति अल्छी हुनु आवश्यक छ ।
वास्तवमा इच्छुक आवेदकहरू अल्छी हुनुपर्ने शर्तको रहस्य भने रोचक नै छ । उक्त जागिरको स्वरूप अल्छी व्यक्तिलाई मात्रै ठीक हुने भएकाले पनि उक्त शर्त राखिएको हो । क्यानडाको सरेस्थित एक थिम पार्क कम्पनीले प्रकाशित गरेको जागिरको विज्ञापनले अहिले सबैको ध्यान तानेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञापनअनुसार उक्त जागिरमा केवल अल्छी मानिसले मात्र दरखास्त हाल्न पाउनेछन् ।
कम्पनीका अनुसार कम्पनीले थिम पार्कमा एकजना यस्तो कर्मचारी भर्ना गर्दै छ जो पूर्णरूपमा अल्छी हुनु आवश्यक छ । वास्तवमा कामको प्रकृति नै त्यस्तै छ । उक्त कर्मचारीको काम नै पाण्डा जस्तै देखिने पोशाक लगाएर दिनभर थिम पार्कमा बसिरहनु । एकै ठाउामा बसिरहने काम सााच्ची अल्छीलाई सुहाउने भए पनि निकै गाह्रोचाहिा हो । कम्पनीले अर्को शर्त पनि राखेको छ । जागिर खान चाहने मानिस वन्यजन्तुप्रेमी पनि हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here