छाती चौडा बनाएर चिनियाा लगानी भित्र्याऊ

281

प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश यात्राअन्तर्गत छिमेकी मुलुक भारतको भ्रमणका बेला अधिकांश मानिसहरूमा एउटै आशंका थियो । कतै प्रम ओलीले भारतसाग नेपाललाई अहित हुने किसिमका सम्झौता गर्छन् कि ? ओलीको भारत भ्रमण सकिसकेको छ । उनको भ्रमणमा विशेष आतिथ्य दिएको भारतले ओलीको भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति समेत निकालेन । ओलीको भ्रमणप्रति आशंका व्यक्त गरिरहेकाहरूलाई ओलीको भ्रमणको अन्तिम समयमा भारतले देखाएको व्यवहारले महत्वपूर्ण सन्धिसम्झौता नभएको संकेत मिल्यो । ओलीको भ्रमण सकिएपछि उनको भ्रमणलाई लिएर दुईवटा दृष्टिकोण सार्वजनिक भए । ओलीको भारत भ्रमणपछि केहीले भारतसागको सम्बन्ध सुमधुर हुन नसकेको भन्दै उनको भ्रमण असफल भएको टिप्पणी गरे भने कतिपयले भारतसाग महत्वपूर्ण सम्झौता नगरेकैले भारतले भ्रमणको अन्तिममा संयुक्त विज्ञप्ति ननिकाल्नु सकारात्मक भएको भन्दै राष्ट्रियताको हिसाबले ओलीको भ्रमण सफल भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो विदेश भ्रमणअन्तर्गत यही चैत ७ गतेदेखि छिमेकी मुलुक चीनको भ्रमण गर्दै छन् । उनको भारत भ्रमणका बेला मुलुकलाई दीर्घकालीन असर पर्ने किसिमका सम्झौता होला भनेर चिन्ता व्यक्त गर्नेहरूले चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाा लगानी भित्र्याउने विषयमा छाती खुम्च्याउने हुन् कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । विश्वशक्तिका रूपमा उदाउादै गरेको चीनले विश्वका ठूला र समृद्ध भनिएका मुलुकहरूमा समेत ठूलो लगानी गरेको छ । जब कि छिमेकी मुलुक र सामरिक हिसाबले पनि महत्वपूर्ण ठानिएको नेपालमा भने चिनियाा लगानी नगन्य जस्तै छ । जसले गर्दा विश्वशक्तिका रूपमा उदाउादै गरेको छिमेकी मुलुक चीनको नजिकै रहेर पनि नेपाल बत्तीमुनिको आध्यारो जस्तै बनिरहेको छ । यसै कारणले पनि हुनसक्छ नेपालको समृद्धिका लागि पनि चिनियाा लगानी भित्र्याउनुपर्ने आम धारणा रहादै आएको छ ।
नेपाल सामरिक रूपमा दुवै मुलुकका लागि महत्वपूर्ण भए पनि नेपालमा लगानी गर्ने वा विभिन्न आयोजनाको निर्माणका विषयमा लगानी भित्र्याउने प्रसंग उठ्दा भारतसाग भन्दा चीनसागको सम्झौतालाई नेपालीहरूले महत्वपूर्ण मान्दै आएका छन् । त्यसै कारणले पनि हुनसक्छ, भारतसाग सम्झौता नगर्न ध्यानाकर्षण गराउने नेपालीहरूले चीनसाग महत्वपूर्ण सम्झौताका लागि दबाब दिइरहेका छन् । यो नेपालीहरूको चीनप्रतिको झुकाव र भारतविरोधी भावना अवश्य पनि होइन । भारतसाग विगतमा जे जति सन्धिसम्झौता भए वा भारतीय पक्षले सम्झौताका लागि दबाब दिादै आएको छ, त्यस्ता सन्धिसम्झौताहरू नेपालको हितविपरीत र भारतको पक्षमा देखिन्छन् । जब कि चीनको त्यस्तो स्वार्थ देखिादैन । चीनले व्यापारिक दृष्टिकोणले कुनै पनि आयोजनामा लगानी गरे पनि उसले कुनै मुलुकको राष्ट्रियतामा कुदृष्टि राखेको पाइादैन । यसै कारण पनि भारतसाग उसका सीमा विवाद तथा अन्य किसिमका असमझदारी हुादाहुादै पनि २१ खर्ब लगानी गरेको छ । यदि चिनियाा लगानीबाट मुलुकको आन्तरिक मामिलामा असर पर्ने भएदेखि भारतले चिनियाा लगानी आकर्षित गर्ने सम्भावना नै रहादैनथ्यो ।
चीनले विश्वका शक्तिशाली भनिएका मुलुकहरूमा समेत ठूलो लगानी गरेको छ । त्यसैले नेपालमा पनि उसका लगानीको आवश्यकता र छिमेकी हुनुको सट्टा उसको पनि दायित्व हुन जान्छ । त्यो दायित्व पूरा गर्ने बाटोमा चीन पहिलेदेखि नै रहे पनि छिमेकी मुलुक भारतको अनावश्यक चासो र भारतीय चासोलाई सम्बोधन गर्ने नेपाली नेतृत्वका कारण चिनियाा लगानी आवश्यक मात्रामा भित्रिन सकिरहेको छैन । त्यसैले यस विषयमा प्रधानमन्त्री ओली गम्भीर हुन आवश्यक देखिन्छ । जसले गर्दा नेपालको एउटा मुलुकमाथिको परनिर्भरताको अन्त्य गर्दै नेपाल आफ्नै तरिकाले आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सकोस् । यदि चिनियाा लगानी भित्र्याउन भारतीय पक्ष अवरोधका रूपमा खडा हुन्छ भने त्यसमा पनि चिनियाा पक्ष आफौले पनि भारतसाग नेपालमा चिनियाा लगानीको वातावरण मिलाउने बाटोमा प्रधानमन्त्री ओलीले पहल गर्न आवश्यक छ । यस्तो अवसर प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा छुटाउनु हुादैन । यो अवसर नेपालको हितमा त छ नै साथै ओलीलाई पनि सही निर्णयको जस लिनका लागि पनि उपयुक्त समय हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here