हुकुमबहादुर सिंह
नेपाली कांग्रेसको १३औं महाधिवेशनको अन्तिम परिणाम आएको छ । यो महाधिवेशनबाट निर्वाचित नेतृत्वको संरचना हेर्दा नेपाली कांग्रेस अब सिद्धान्त, विचारविहीन र नैतिकताहीन, भ्रष्टाचारीको चंगुलमा परेको स्पष्ट हुन्छ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको औचित्यमाथि नै प्रश्न उठाउनेहरूका अनुहारहरूको बाहुल्य देखिएको छ । स्वयम् शेरबहादुर देउवाको इतिहास सत्ताका लागि जे पनि गर्ने इतिहास हो । प्रधानमन्त्री कायम गर्न राजालाई सरकारको चाबीसााचो बुझाएको उनैले हो । अहिले यद्यपि उनी यो पार्टीका अध्यक्ष छन्, तर नेतृत्वको चयनमा खुमबहादुर खड्काजस्ताले उच्च मत लिनु यसको ज्वलन्त उदाहरण हो । खुमबहादुर खड्का र कमल थापाको राजनीतिक गठजोड राम्रैसित देखिएको हो । यस्तो नेतृत्वमा सरकार बन्दा कसरी नेपालको संविधान २०७२को कार्यान्वयन हुन सक्छ ? हुन त यो सवालमा यो सरकार नै नौटंकी छ । संघीयताको खारेजी गर नेपालको संविधान २०७२को कार्यान्वयन गर भन्ने नारा समातेको राजमो, जो सम्मेलनपछि विभाजनको अवस्थामा गएको छ र यसका केही नेता तथा कार्यकर्ता अहिले एमाओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको औचित्यमाथि नै प्रश्न उठाइरहेको राप्रपा नेपाल पनि यही सरकारमा छ र अब वर्तमान संसद्को पहिलो दल नेपाली कांग्रेसको १३औं महाधिवेशनपछिको नेतृत्वमा खुमबहादुर खड्काजस्ता संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ताको बाहुल्यका कारण नेपालको संविधान २०७२को कार्यान्वयन गर्ने सवाल अब झन् गोलचक्करभित्र फस्दै गएको छ । यसो भएमा वैदेशिक शक्ति खासगरी दिल्ली दरबारले योभित्र खेल्ने सम्भावना झन् बलियो बन्नेछ । साथै यही नेतृत्वमा महामन्त्री भएका शशांक कोइरालाले राप्रपा नेपाललेजस्तै गरी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको औचित्यमाथि बहसको आवश्यकता औाल्याएका छन् ।
यसरी नेपाली कांग्रेसको १३औं महाधिवेशनको अन्तिम परिणामले नेपालको अग्रगमनकारी राजनीतितर्फको मार्गलाई अवरुद्ध गर्ने र देश फेरि प्रतिगमनको मार्गतर्फ जाने सम्भावना देखिएको छ । यस्तो समयमा अग्रगमनका एजेण्डा बोकेका कम्युनिष्टहरूमध्ये पनि नेपालको राजनीतिक क्षितिजबाट टाढा जाादै छन् र क्रान्तिका कार्यभार कसरी पूरा गर्ने भन्नेबारे नै अकर्मण्य र योजनाविहीन बनेका छन् । यो प्रतिगमनको समग्र गोलचक्करलाई कसरी चिर्ने भन्नेबारे एउटा ठोस रणनीतिका कार्यक्रमलाई अगाडि सार्न सकेका छैनन् ।
यदि यो परिस्थितिलाई बेलैमा चिर्न नसकेमा दिल्लीले मधेसी मोर्चालाई अगाडि सारेर प्राप्त गर्न नसकेको उसका एजेण्डा नेपाली कांग्रेसको १३औं महाधिवेशनले निर्वाचित गरेको देउवा–खुमबहादुर–शशांकमार्फत पूरा गर्ने सपना देख्न थाल्नु स्वाभाविक छ ।
आजभन्दा ५५ वर्षअघि सातौं महाधिवेशनमा बीपीले भनेका निम्न शब्दहरूको अहिलको नेतृत्वका लागि खासै अर्थ देखिएको छैन् । बीपीले भनेका थिए, ‘अनुशासन, इमानदारी, सादगी र नि:स्वार्थता, यस्ता गुण हुन्, जसको शक्ति असीम छ । यी गुणहरूलाई नसंगालेर इतिहासको क्रान्तिकारी संस्थाको सदस्य बन्न पाइादैन ।’ तर अहिले ती सबै नेपाली कांग्रेसका लागि इतिहास बनेको छ । मुखले त नेपाली कांग्रेस सबै नेताले त्यसलाई भट्याउने गर्दछन् तर कार्यशैली र व्यवहार मूलत: अहिले महाधिवेशनमा त्यो कतै भेटिएन । एकाधिकार दलाल पुाजीवाद पहिलेभन्दा अहिले झन् नेपाली कांग्रेसमा हावी छ र समाजवाद भन्ने शब्द अहिले उसको राजनीतिक डायरीमा छैन । रामशरण महतको एकाधिकार दलाल पुाजीवादी विचारले अहिले नेपाली कांग्रेसको अर्थनीति गााजेको छ र खुमबहादुरजस्ता भ्रष्टाचारमा जेलनेल खाएका नेताले अब त्यसलाई मलजल र गोडमेल गर्नेछन् । के कुरा स्पष्ट देखिादै छ भने यो महाधिवेशन नेपाली कांग्रेसमा नेपालको कोइराला परिवारको लागि अन्तिम दाबेदारी त भयो तर समग्र नेतृत्व नेपालको इतिहासमा प्रतिगमनतर्फ लम्किने स्पष्ट देखिादै छ । नेपाली कांग्रेसभित्रका अग्रगमनका एजेण्डा बोक्नेहरू नेतृत्वमा पराजित भएका छन् ।