यो भारतको हस्तक्षेप नभए के हो ?

152

जयशंकरहरूले कूटनीतिक मर्यादा पालना गर्नुपर्दैन ?
काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा विवादास्पद भारतीय विदेशसचिव एस जयशंकरलगायतका व्यक्तिहरूको बाक्लो चहलपहल काठमाडौंमा देखिएको छ । संविधान निर्माणको अन्तिम चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं आएर संविधान जारी नगर्न चर्काे दबाब दिएपछि आलोचित भएका भारतीय विदेशसचिव जयशंकर अहिले पुन: नेपाल आएका हुन् । पोखरामा आयोजित सार्क स्थायी समितिको बैठकमा भाग लिने बहानामा नेपाल आएका उनले जुन कामका लागि आएको हो त्यसभन्दा बाहिर गएर नेपाल सरकारका प्रधानमन्त्री, उच्चपदस्थ अधिकारी तथा प्रमुख दलका शीर्ष नेताहरूलाई भेट्नमै व्यस्त देखिएका छन् । उनले प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूसागको भेटमा मधेस आन्दोलन तथा सीमांकन टुंग्याउन गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको गठनका विषयमा चाासो व्यक्त मात्र गरेनन्, मधेसी दलहरूसागको भेटमा राज्यका विरुद्ध आन्दोलनका लागि पनि उक्साएका छन् । उनले मधेसीहरूको पक्षमा भारत रहेको प्रतिबद्धता व्यक्त गर्नेदेखि राज्यलाई राजस्व रोक्नका लागि पनि आग्रह गरेका छन् । भारतीय विदेशसचिव जयशंकरले नेपालमा आएर देखाएको सक्रियता हेर्दा उनी एकातर्फ मधेसी दलको प्रतिनिधि जस्तै देखिन्थे भने अर्काेतर्फ नेपालको सरकारी संयन्त्र चलाउने शक्तिशाली व्यक्तिको जस्तो व्यवहार पनि उनमा देखिन्थ्यो ।
एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकमा भारतीय विदेश मन्त्रालयको एउटा कर्मचारीको भूमिका के हुनुपर्ने हो ? यो विषय या त स्वयम् जयशंकरले बुझ्नुपर्ने हो या भारतीय सामान्य कर्मचारीलाई आफ्नो पदीय हैसियत बिर्सिएर सत्कार दिने नेपालका उच्चपदस्थहरू र प्रमुख दलका नेताहरूले नै बुझ्नुपर्ने हो । तर कूटनीतिक नियमको ख्याल गर्ने हो भने जयशंकरको प्रस्तुति उनको पदीय हैसियतअनुसारको कूटनीतिक संस्कारभित्र पर्दैन । त्यस्तै जयशंकरले जुन किसिमको आदेश नेपालका प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीको लाइनमा रहेका व्यक्तिहरूलाई दिएको पाइयो, यो कुनै एक देशले अर्काे देशको आन्तरिक विषयमा बोल्ने विषय पनि होइन र कूटनीतिक हिसाबले त एउटा सामान्य सरकारी अधिकारीले अर्काे देशका सरकार प्रमुखसाग आदेशात्मक भाषा प्रयोग गर्न सुहाउने विषय नै होइन । तर यस विषयमा न त नेपालको परराष्ट्र मन्त्रालयले नै कुनै चासो देखाउाछ न उच्चपदस्थहरूले नै यस्ता विषयमा चासो दिन्छन् । जनधारणा साप्ताहिकको जिज्ञाशामा परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा पोखरेलले कूटनीतिज्ञहरूले सरकारका उच्च अधिकारीहरूसाग भेट्दा जानकारी गराएको भनी दाबी गरे, तर भेटघाटको प्रक्रियामा परराष्ट्र मन्त्रालयको भूमिका र सहभागिता नहुने गरेको मन्त्रालयकै एक अधिकारीले जनधारणालाई जनाए । विदेशी कूटनीतिज्ञहरूले नेपालमा कूटनीतिक मर्यादालाई पालना गर्नु नपर्ने भएकाले पनि नेपालको आन्तरिक मामिलाप्रति विशेषगरी भारतीयहरू सजग नहुने गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालबाट सरकारका वरिष्ठ मन्त्रीहरू भारत भ्रमणमा जाादा होस् वा उच्च राजनीतिक नेतृत्व, भारतीय पक्षको चाहनाविपरीत उनीहरूले त्यहाा सामान्य मन्त्री तथा उच्च अधिकारीहरूलाई समेत भेट्न पाउादैनन् । तर नेपालमा भने त्यस्तो कुनै रोकटोक हुादैन, जसले गर्दा भारतका सामान्य अधिकारीहरू समेत कामविना नै यहााका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सहजै भेट गर्न सक्छन् । उनीहरूले नेपालमा सहजै भेट मात्र होइन, आदेश समेत दिएर जान्छन् । यसले गर्दा नेपालमा उनीहरूको प्रभाव बढिरहेको छ र अन्तत: स्वतन्त्र र सार्वभौमसम्पन्न मुलुकको आन्तरिक मामिलामाथि नांगो हस्तक्षेप हुने गरेको छ । पछिल्लो समय भारतीय सामान्य कर्मचारीहरू समेत नेपाल आएर उच्च अधिकारीहरूलाई आदेशात्मक निर्देशन दिनु यसैको उपज हो । यस्ता विषयहरूलाई उच्चस्तरीय निकायबाटै गम्भीरताका साथ लिएर मुलुकको कूटनीतिक अवस्थालाई बलियो बनाउनसकेमा सामान्य किसिमका हस्तक्षेपका घटनाहरू आफौ रोकिएर जाने विश्लेषकहरू जनाउाछन् ।
यसैबीच नेपाली सेनाले राष्ट्रिय अखण्डतामा आाच पुर्‍याउने गतिविधिप्रति ध्यानाकर्षण भएको अभिव्यक्ति सेना दिवसका दिन सार्वजनिक गरेपछि नेपाल सरकारले पनि सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा लिएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रिय अखण्डता एवं सार्वभौमिकता खतरामा पार्न खोज्ने जो कोहीमाथि कडा कारबाही चाल्नुपर्नेमा जोड दिनुभएको छ । ओलीले सुरक्षा निकायका सबै अंगहरूको सामूहिक उपस्थितिमा यस्तो अभिव्यक्ति दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here