अमेरिकाका एक बालकमा शरीर क्रमश: ढुंगा जस्तो कडा बन्दै जाने अनौठो रोग देखापरेको छ । अमेरिकास्थित कोलोराडोका १० वर्षीय एक बालकको जिउ विस्तारै ढुंगा बनिरहेको छ । उनी जिउ पत्थर बन्दै जाने यो दुर्लभ रोगबाट पीडित भएका हुन् । उक्त बालकको नाम हो जेडेन रोजर ।
रोगका कारण बालकको मुहारको मुस्कान त खोसिसकेको छ, उनलाई विस्तारै मृत्युको मुखमा पनि पुर्याउादै छ । विश्वमा अहिलेसम्म यस्तो रोग भएका मानिसहरूको संख्या जम्मा ४१ छ । जेडनको शरीरमा ३ वर्ष पहिले सानो दाग देखिएको थियो । उक्त दाग कडा बन्दै गएको थियो । अहिले त्यो शरीरभर फैलिन थालेको छ । उक्त बालकको उपचारका लागि धेरै प्रयास गरिए पनि सफल हुन सकेको छैन । बालकका बाबुआमा अहिले थुप्रै अस्पताल धाइरहेका छन् । डाक्टरहरूले उनलाई केमोथेरापीबाट उपचार गरिरहेका छन्, जसका कारण उनको समस्या बढ्ने दरमा केही कमी आएको छ ।
बालकका पिता टिम रोजर्सका अनुसार जेडेनलाई हिाडडुल गर्न गाह्रो हुन्छ र कुनै ठाउामा बााधेर राखेझौ अनुभूति हुन्छ । जिउका खुट्टा, पिठ्यू, गर्धनलगायतका ठाउामा फैलिएका दागमा जिउ निकै कडा बनेर ढुंगाझौ भइसकेको छ । स्टिफ स्किन सिन्ड्रोम भनिने यो रोगको हालसम्म उपचार पत्ता लागिसकेको छैन ।