कााग्रेसको अबको गन्तव्य

146

 उत्तम अर्याल
हाल नेपालको पहिलो नम्बरको पार्टीको रूपमा रहेको नेपाली कााग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय समितिका लागि ६४ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन् । अब २१ सदस्य मनोनीत हुन बााकी रहेका छन् । महाधिवेशनताका पार्टीको नीतिभन्दा पनि चुनावलाई नै प्राथमिकता दिएको, तडकभडक र पैसावाला उम्मेदवारको बोलवाला भएको भनेर कााग्रेसलाई आरोप लागेको थियो । अब ती आरोपलाई छाडेर कााग्रेसले आगामी दिनमा आफूलाई कुन रूपमा प्रस्तुत गर्छ, कााग्रेसका एजेण्डा, नीति तथा कार्यक्रम के–के होलान् र कााग्रेस अब कसरी अघि बढ्ला भन्ने आम चासोको विषय बनेको छ । कुनै समय कााग्रेस पार्टीलाई फुटाएका शेरबहादुर देउवा अहिले पार्टीको सभापति बनेका छन् । केन्द्रीय समितिमा उनको स्पष्ट बहुमत देखिएको छ । त्यसकारण पनि कााग्रेसको भविष्यका विषयमा यतिखेर शेरबहादुर देउवाले कुन कदम चाल्लान् भन्ने प्रमुख विषय बनेको छ ।

 
नेपाल अहिले संकटपूर्ण अवस्थामा छ । कालोबजारी र मूल्यवृद्धिका कारण नेपाली जनताले सहज रूपमा बाान्न कठिन बनेको छ । युवा वर्गमा निराशा र पलायन मात्र देख्न सकिन्छ । उत्पादन शून्य छ भने जातीय असहिष्णुता र मतभेदका कारण द्वन्द्वको सिर्जना भएको छ । नेपालकै पुरानो र सत्तामा धेरै पुगेको पार्टीको रूपमा पनि नेपालको अहिलेको अवस्थाको प्रमुख जिम्मेवार नेपाली कााग्रेस पार्टी पनि हो । हालै नेपाल सरकार तथा राष्ट्र बैंकले नेपालको आर्थिक वृद्धि यस वर्ष करिब २ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । त्यस्तै ९ प्रतिशतले मुद्रास्फीति बढेको पनि जनाइएको छ । यस्तो हुनुको पछाडि हालै गएको भूकम्प र भारतको नाकाबन्दीलाई कारण देखाइए पनि लामो समयदेखि दलहरू आ–आफ्नै स्वार्थमा अल्झिनु र नेताहरू देशको समृद्धिका लागि भन्दा पनि आफ्नै विकासमा केन्द्रित हुनु प्रमुख कारण हो । गणतन्त्र आगमनको १० वर्ष पूरा हुादा देश आर्थिक रूपमा अत्यन्त कमजोर बन्दै गएको छ भने दिन प्रतिदिन परनिर्भरता बढिरहेको छ । सरकार देशमै उत्पादन र रोजगारीको सिर्जना गर्नुभन्दा पनि अन्य देशहरूसाग सम्झौता गरेर सस्तो श्रम बेच्न नै उद्दत देखिन्छ । यस्तो अवस्थामा नेपाली कााग्रेसको नयाा नेतृत्वले आर्थिक समृद्धिलाई आफ्नो मूल एजेण्डा बनाउनु अपरिहार्य देखिन्छ । कााग्रेसको यस महाधिवेशनको नारा थियो, ‘सुशीलको नेतृत्वमा बनायौा संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान ।’ नवनिर्वाचित सभापति देउवाले कााग्रेसको यही नारालाई आगामी दिनमा अवलम्बन गर्न जरुरी छ । विभिन्न आन्दोलनका चरणहरू पूरा गरिसकेको नेपाल अब आर्थिक समृद्धिको खोजीमा छ । आगामी सन् २०२२ सम्म नेपालले विकासशील राष्ट्रमा फड्को मार्ने लक्ष्य राखेको छ । त्यो लक्ष्यमा पुग्न र देशलाई आर्थिक रूपमा क्रान्ति गराउन कााग्रेसले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

 
सभापति देउवा आफ्नो राजनीतिक जीवनकै उत्तरार्धमा छन् । त्यसकारण पनि उनले नेतृत्व गरेको कााग्रेसले आपसी गुटमै सिागौरी खेल्ने भन्दा पनि कााग्ेरसलाई एक ढिक्का बनाएर राष्ट्र निर्माण अभियानमा जुटाउनेतर्फ उनको योगदान रहनुपर्छ । कााग्रेस अहिले संविधानसभाको चुनावबाट पहिलो नम्बरको पार्टी हुनुमा उसको योगदान नभएर जनताले खराब पार्टीहरूमा कम खराबलाई रोजेको हो भन्ने तीतो यथार्थलाई मनन गर्न जरुरी छ । त्यसकारण अब कााग्रेसले वास्तवमै जनताको मन जित्ने काम गरेर पहिलो नम्बरको पार्टी बन्नुपर्छ । त्यसका लागि देशको अर्थतन्त्र, कृषि, रोजगारी, उत्पादन, ऊर्जा, युवा समस्यालगायत विषयलाई प्राथमिकतामा राखेर कााग्रेस अघि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here