एउटा म:मको ५५ हजार !

415

अचेल नेपालमा म:मका पारखीहरू बढिरहेका छन् । खाजामा विशेष गरी म:म खाने चलन बढेको छ । तर सामान्यतया आफ्नो पकेट खर्चमा खान सकिने म:मको मूल्य ५५ हजार पर्छ भन्दा तपाईं हामीलाई पत्याउन गाह्रो पर्छ । हो, नेपालमै पनि एउटा म:मको डल्लोको मूल्य ५५ हजार तोकिएको छ ।
तर यस्तो महागो म:म भने प्रदर्शनका लागि बनाइएको हो । पर्यटकीय नगरी पोखराको नयााबजारस्थित प्रदर्शनी केन्द्रमा भएको पेप्सी म:म मेलामा उक्त म:म प्रदर्शनमा राखिएको थियो । मेलाको आकर्षणका लागि ५५ हजार रूपैयााको लागतमा म:मको डल्लो प्रदर्शन गरिएको आयोजकले जनाएको छ । २५ फरक स्वादका म:म पाइने उक्त मेलामा अवलोकनकर्ताको पनि उल्लेख्य सहभागिता रहेको पनि आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here