कलाकर्मीले दिए देउवालाई बधाई

148

काठमाडौं/ विभिन्न कलाकार सम्मिलित एक टोलीले नेपाली कााग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेटेर बधाई दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा करिब दुई दर्जन चलचित्रकर्मीले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर बधाई दिएका छन् ।
भेटमा सभापति देउवाले सबै चलचित्रकर्मीलाई आफू पनि चलचित्र क्षेत्रको विकास चाहने जनाउादै चाहिने सहयोग माग्नका लागि आश्वासन दिएका थिए । देउवाले चलचित्रकर्मीले मागेको सहयोग पूरा गर्ने आश्वासन दिए ।
सोपश्चात् चलचित्रकर्मीको टोलीले महामन्त्री पदका विजयी शशांक कोइराला र सदस्य पदका विजयी नेता डाक्टर मीनेन्द्र रिजाललाई पनि भेटर बधाई दिएको थियो । उक्त टोलीमा चलचित्रकर्मी नीर शाहदेखि नायिकाहरू झरना थापा, नन्दिता केसी, दीपाश्री निरौला, रूपा राना, मेलिना मानन्धर, आकाश अधिकारी, सरिता लामिछाने, रामकेशर बोगटी, राजेश घतानीलगायतका कलाकार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here