कुनै एक मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य उच्च अधिकारीहरूसाग अर्काे देशका अधिकारीहरूले भेटघाट गर्दा कूटनीतिक आचरण र मर्यादा निकै महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार भेट गर्न चाहने अधिकारी र भेट दिने अधिकारी दुवैले कूटनीतिक मर्यादासागै पदीय हैसियतलाई पनि ध्यान दिनुपर्ने परम्परा रहेको हुन्छ । स्वतन्त्र दुई मुलुकका अधिकारीबीच कूटनीतिक आचरण र पदीय हैसियतलाई पनि ध्यान दिन सकियोस् भनेर अधिकारीहरूबीच भेटघाटको पूर्वसमय निर्धारणदेखि भेटघाटको समयमा समेत सम्बन्धित मुलुकको विदेश मामिला मन्त्रालयले कूटनीतिक भेटघाटको व्यवस्था मिलाउाछ । दुई मुलुकका अधिकारीबीच हुने भेटघाटमा कूटनीतिक मर्यादाको उल्लंघन नहोस् भनेरै उच्च अधिकारीहरूबीचको भेटका क्रममा समेत विदेश मामिला मन्त्रालयका अधिकारीहरू साथमै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको हुन्छ । तर विडम्बना यस्ता कुराहरू पुस्तकमा पढ्न मिले पनि नेपालमा व्यावहारिक रूपमा भने न त विदेशी अधिकारीहरूले कूटनीतिक मर्यादा पालना गरेको पाइन्छ न त भेट दिने नेपाली उच्च अधिकारीहरूले नै आफ्नो पदीय हैसियत र कूटनीतिक मर्यादाको ध्यान दिन्छन् । यसले गर्दा नेपालमा कूटनीतिक मर्यादा वा आचरण एकादेशको कथा जस्तै हुने गरेको छ ।
हुन त नेपालमा सरकारको कार्यकारीदेखि राष्ट्रप्रमुख बन्ने व्यवस्था नै गलत छ अर्थात् मुलुकको कार्यकारीदेखि प्रमुखलगायतका विशिष्ट पदधारण गर्ने व्यक्तिहरूका लागि न त कुनै निश्चित योग्यताको आवश्यकता पर्छ न त कूटनीतिक जानकारीकै आवश्यकता । यी महत्वपूर्ण पदमा पुग्नेहरूले जिम्मेवारी सम्हालिसकेपछि पनि कूटनीतिक मर्यादा कसरी कायम गर्ने भन्नेबारे जानकारी लिन समेत सादर्भिक ठान्दैनन् । परिणाम नेपालमा कूटनीतिक मर्यादाको दिनहुा धज्जी उड्ने गरेको छ । अर्काेतर्फ नेपालमा कुनै मुलुकको कूटनीतिक प्रतिनिधिका रूपमा काम गर्नेहरू वा तत्काल अन्य मुलुकबाट आउने अधिकारीहरूले समेत कूटनीतिक मर्यादा र आचरण पालना गर्नुपर्ने आवश्यकता ठान्दैनन् । जसले गर्दा नेपालका राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्मलाई सहजै र उनीहरूले चाहेको बेला भेट गर्नेदेखि विभिन्न किसिमका निर्देशनहरू दिने गरेको पाइन्छ । यस्तो प्रवृत्ति कूटनीतिक परिधिभित्र नपर्ने भए पनि नेपालमा आम प्रचलनमा रहेको छ । जुन विश्वभर प्रचलनमा रहेको कूटनीतिक व्यवहारमा अपवादमात्र हुने गर्छ ।
नेपालमा कूटनीतिक मर्यादा उल्लंघन गर्ने मुलुकमा छिमेकी मुलुक भारत सबैभन्दा अग्रपंक्तिमा देखिन्छ । भारतीय सामान्य अधिकारीदेखि कुनै दल वा संस्थाका प्रतिनिधिहरूले नेपालका उच्च अधिकारीलाई चाहेको बेला आफ्नो अनुकूल चाहेकै ठाउामा भेट्न सक्छन् । यसको पछाडि भारतको हेपाहा प्रवृत्तिसागै भारतीयहरूलाई नेपालका अधिकारीहरूले उच्च महत्व दिनु प्रमुख कारण रहेको कूटनीतिक विज्ञहरू जनाउाछन् । भारतीय अधिकारीहरू नेपालप्रति गैरकूटनीतिक तरिकाले प्रस्तुत हुने प्रवृत्ति हुादाहुादै पनि नेपालका पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री तथा उच्च अधिकारीहरूसमेत भारतीय सामान्य अधिकारीहरूलाई भेट्न उनीहरू बसेकै होटल वा उनीहरूले बोलाएको ठाउामा उच्च महत्वका साथ आफौ भेट्न जान्छन् । जसले नेपाली अधिकारीहरूमा आफ्नो पदीय हैसियतको सम्मान गर्न नसक्ने क्षमताका बारेमा भारतीय अधिकारीहरूले राम्रोसाग बुझेकाले उनीहरूले नेपाली अधिकारीप्रति हेपाहा प्रवृत्ति देखाउादै कूटनीतिक मर्यादा उल्लंघन गर्ने गर्छन् । यसले गर्दा नेपालमा कूटनीतिक आचरणको पालना हुन नसकेको र मुलुकको सार्वभौमिकतामाथि भने नराम्रोसाग असर पर्ने विज्ञहरू जनाउाछन् ।
एउटा मुलुकको सार्वभौमिकता कति बलियो छ भन्ने कुरा त्यस मुलुकमा अभ्यास हुने कूटनीतिक आचरणले पनि भूमिका खेल्छ । नेपालको अवस्था हेर्दा कूटनीतिक आचरणसम्बन्धी अभ्यास निकै नै दयालाग्दो देखिन्छ । यसले गर्दा समग्र मुलुकको सम्मानमाथि नै चोट पुग्ने गरेको छ । त्यसैले मुलुकमा कूटनीतिक आचरणको अभ्यासका लागि नेपाली अधिकारी तथा नेपालमा आउने अन्य मुलुकका अधिकारीहरूलाई समेत कूटनीतिक प्रशिक्षणकै आवश्यकता हो कि भन्ने महसुस हुन थालेको छ । यस्ता विषयमा नेपाली अधिकारी तथा विदेशी कूटनीतिक व्यक्तिहरूले पनि ध्यान दिने हो कि ?