अब झोलाभित्र कार राखी उक्त झोला पिठ्युामा बोकेर हिाड्ने भएको छ । जापानी इन्जिनियरले यस्तो कारको आविष्कार गरेका हुन् । अब कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन आउादै छ ।
हजापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकास गरेका छन्, जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ कि त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ । २६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।
रिपोर्टअनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफौ चल्दछ र चालक झरेपछि आफौ बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २/३ किलो मात्र छ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ र अनलाइन बुकिङ सुरु भइसकेको छ ।