काठमाडौं/ राजधानीबासीलाई ठूलो सपना देखाएर निर्माण सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले फेरि पनि जनतालाई निरास पारेको छ । निर्माण सुरु गरेको कैयौा वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएको यो आयोजना पछिल्लो समय वि.सं. २०७३ असोज मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने भनिए पनि उक्त मितिमा आयोजनाको काम नसकिने भएको छ ।
बहुप्रतिक्षित उक्त आयोजनाको सुरुङ निर्माणको काम समयमै नसकिने भएपछि अवधि थप्ने तयारी गर्न थालिएको छ । इटालेली ठेकेदार कम्पनी सीएमसीसाग सुरुङ निर्माण गर्ने सम्झौता गरिए पनि वैशाखको भूकम्पको र असोजदेखिको भारतीय नाकाबन्दीलाई कारण देखाउादै काम समयमा पूरा नहुने जानकारी दिइएको छ । काठमाडौं उपत्यकावासीहरूले ट्यांकरबाट पानी किनेर गुजारा गर्नुपर्ने बाध्यतामा कहिलेसम्म दिन बिताउनुपर्ने हो ? यसतर्फ सत्तासीनहरूले ध्यान दिन जरुरी छ ।