काठमाडौं/ नेपालीमूलका इन्डियन आइडल प्रशान्त तामाङले पहिलो पटक युएईमा प्रस्तुति दिने भएका छन् । नयाा वर्षको अवसर पारेर आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा गायक प्रशान्त तामाङले आफ्ना चर्चित गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन दिने भएका हुन् ।
आयोजकका अनुस‘नयाा वर्ष धमाका’ नाम दिइएर उक्त कार्यक्रम आयोजना हुन लागेको हो । प्रशान्तका अलावा नायिका तथा मोडल नम्रता सापकोटा, सञ्चारकर्मी तथा कलाकार श्याम अर्याल, हाास्य कलाकार देवीराम पराजुली, भीजे विवेक खतिवडालगायत उक्त कार्यक्रममा सहभागी हुादै छन् । सो कार्यक्रम अप्रिलको १४ र १५ तारिखमा दुबई, रसल्खेमा र सारजाहमा आयोजना हुन लागेको हो ।
प्रशान्तले आफ्ना चर्चित गीतहरू कार्यक्रममा गाउनेछन् । तेस्रो इन्डियन आइडियल बनेपछि चर्चामा रहेका प्रशान्तले गोर्खापल्टन, परदेशी जस्ता नेपाली चलचित्र पनि खेलिसकेका छन् ।