काठमाडौं/ पााच दिने नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार ह्यारी गत शनिबार काठमाडौं आएसागै उनको भ्रमणले केही खुसी र केही आशंका जगाएको छ । उनको भ्रमणको सकारात्मक पक्ष नेपालको पर्यटन क्षेत्र भूकम्पका कारण कमजोर भइरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा नेपाल सुरक्षित रहेको सन्देश जाने निश्चित छ भने बेलायतको राजपरिवारबाट उच्चस्तरीय भ्रमण हुनुले दुई मुलुकबीचको सम्बन्ध विस्तारमा पनि सहयोगी हुने देखिन्छ । तर उनको भ्रमणबाट केही आशंका उब्जिएका छन् । राजकुमार ह्यारीको भ्रमण यस्तो बेलामा भइरहेको छ, जुन नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको दुई सय वर्ष पूरा भएको छ । सुगौली सन्धि नेपालको हितमा पटक्कै थिएन । त्यसमाथि उक्त सन्धिपश्चात् नेपाली युवाहरू विदेशी भाडाका सिपाही बन्न बाध्य भइरहेका छन् । दुई सय वर्ष पहिले भएको उक्त सन्धि नेपालको हितमा नहुादा पनि बेलायतको आग्रहमा नेपाल र बेलायतबीचको सम्बन्धको दुई सय वर्षगााठ मनाउनु नेपालको स्वाभिमानका लागि सुहाउने कुरा होइन ।
नेपाल र बेलायतबीचको सम्बन्धको वर्षगााठ मनाउनका लागि सुगौली सन्धिमात्र होइन, नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता लिनका लागि सहयोग पुग्ने महत्वपूर्ण सन्धि पनि नेपाल र बेलायतबीचमा भएको छ । नेपाल र बेलायतबीच सन् १९२३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा भएको सन्धि नेपाल र बेलायतबीचमा भएको परिपक्व सन्धि मानिन्छ । त्यसभन्दा अघि पनि दुई मुलुकबीच सुगौली सन्धिबाहेकका अन्य कैयाौ सन्धिहरू भएका छन् । तर बेलायतले सुगौली सन्धि भएकै समयलाई दुई पक्षीय सम्बन्ध कायम गर्ने समयका रूपमा व्याख्या गर्ने, नेपालले त्यसलाई स्वीकार गर्ने र त्यही अवसरमा राजकुमार ह्यारीको नेपाल भ्रमण हुनुले आशंका जन्माउनु स्वाभाविक हो ।
गोर्खा भर्ती केन्द्रको औचित्यमाथि प्रश्न उठिरहेका बेला उक्त सन्धि भएको समयलाई दुई पक्षीय सम्बन्ध कायम भएको दिनका रूपमा मनाउनु र राजकुमार ह्यारीले नेपालमा आएर गोर्खालीहरूको प्रशंसा गर्नु संयोग मात्र होइन । यसले गोर्खा भर्तीकेन्द्रलाई औपचारिक रूपमै अनुमोदन गर्न खोजेको प्रष्ट बुझ्न सकिन्छ । अर्काेतर्फ नेपाल भ्रमणका बेला गोर्खालीहरूको प्रशंसा गरेर सहानुभूति लिन खोज्ने ह्यारीको शैलीप्रति गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले पनि असन्तुष्टि जनाएको छ । गेसोले गोर्खा सेनामा कार्यरत ६० हजार सैनिक मारिादा बेवास्ता गर्दै क्षतिपूर्तिसमेत नदिने मुलुकका राजकुमारको सहानुभूति केवल देखावटी मात्र भएको जनाएको छ । गेसोले बेलायती राजकुमारले नेपालका उच्च अधिकारीहरूसाग गोर्खा सैनिकको प्रशंसा गरेर सहानुभूति लिन खोजे पनि स्वतन्त्र मुलुकका नागरिकलाई आफ्नो स्वार्थअनुकूल लडाउने र पछि बेवास्ता गर्ने बेलायती प्रवृत्ति गलत भएको भन्दै एउटा मुलुकको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने मुलुकले दुईपक्षीय सम्बन्धको कुरा गर्नु पनि हास्यास्पद भएको जनाएको छ । गेसोको उक्त भनाइले पनि नेपाली युवाहरूलाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र नेपालको हितमा नरहेको पुष्टि गर्छ । यस्तो बेला नेपाल सरकारले राजकुमार ह्यारीको प्रशंसाबाट प्रभावित भएर औचित्यमाथि प्रश्न उठिरहेको गोर्खा भर्तीकेन्द्र सुरु भएको तथा आफू अपमानित भएको सन्धिलाई दुई पक्षीय सम्बन्ध सुरु भएको दिनका रूपमा मनाउनु कदापि उपयुक्त हुन सक्दैन बरु नेपाल सरकारले ह्यारीलाई गोर्खा भर्तीकेन्द्रबारे पुनर्विचार गर्ने तथा अन्य सन्धि वा सम्झौतालाई नेपाल–बेलायत सम्बन्धको वर्षगााठका रूपमा मनाउन उनलाई सहमत गराउन प्रयास गर्नुपर्छ । यो नै समग्र नेपाल र नेपाली गोर्खालीहरूको हितमा देखिन्छ ।
राजुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार
यसैबीच नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको सन्दर्भ पारेर बेलायती महारानीको प्रतिनिधित्व गरी औपचारिक नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीको ध्यानाकर्षण गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले १० बुादे ज्ञापनपत्र र ५ूह्३ू आकारको ग्रेटर नेपालको नक्सा उपहार दिएको छ । हिजो बिहान ११: १५ बजे लैनचौरस्थित बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ज्ञापनपत्र र ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेका छन् । ज्ञापनपत्र र नक्सा बुझ्दै एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरिन् । डेपुटी हेड अफ मिसन एलिसनले ग्रेटर नेपालको नक्साप्रति जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकोले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको सुझाएका थिए । डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जानकारी गराइन् ।
मोर्चाद्वारा प्रस्तुत १० बुादे ज्ञापनपत्रमा सन् १८१६ मार्च ४ मा नेपाल र बेलायतबीच सुगौली सन्धि भएको दुई सय वर्ष पुगेको सन्दर्भमा राजकुमार ह्यारीमार्फत बेलायतको उपनिवेशका रूपमा रहेको नेपालको भूभागको स्वाधीनताका निम्ति बेलायत पूर्ण रूपमा उत्तरदायी रहेकाले सन् १९४७ अगस्त १५ यता भारतको अधीनमा राखिएको नेपाली भूभाग नेपाललाई फिर्ता गर्न बेलायतले उपयुक्त भूमिका खेल्नुपर्ने माग गरिएको छ ।
मोर्चाका अध्यक्ष नेपालले बेलायती राजकुमार ह्यारी समक्ष ग्रेटर नेपालको मुद्दा उठाउन पाउादा यसले एउटा बलियो आधार फेला पारेको जनाएका छन् । उनले भने, ‘ब्रिटिस गोर्खाले लुम्लेमार्फत गोर्खाभर्ती र ब्रिटिश गोर्खाको सेवा सुविधाका सम्बन्धमा कुरा उठाउन सघाए जस्तै हामीहरू राजकुमार ह्यारीसाग अनुरोध गरी अघि बढ्ने छौां ।’