कपडा धोएर हैरान भएका गृहिणीहरूलाई खुशीको खबर सार्वजनिक भएको छ । अब बिजुलीको प्रकाशले नै कपडा सफा हुने भएको छ । शोधकर्ताहरूले एउटा यस्तो प्रविधिको विकास गरेका छन्, जसबाट प्रकाशले नै कपडा सफा गरिदिनेछ । उक्त प्रविधियुक्त बल्बको उज्यालो वा घाममा ६ मिनेटसम्म मैलो कपडा झुण्डाएर राख्दा त्यसमा भएको मैला आफौ साफ हुनेछ ।
यस्तो कुरा अस्ट्रेलियाको आरएमआटी विश्वविद्यालयका शोधकर्ताहरूले पत्ता लगाएका हुन् । उनीहरूको अनुसार विशेष सूक्ष्म प्रविधि अर्थात् नानो टेक्नोलोजीबाट एक कपडा तयार गरेका छन्, जुन आफौ सफा हुन्छ । शोधकर्ताहरूले चाादी तथा तामामा आधारित सूक्ष्म संरचनाबाट यो कपडा तयार गरेका हुन् । जसमा प्रकाशलाई सोस्ने क्षमता हुन्छ । जब यो नानो संरचनामा प्रकाश ठोक्किन्छ, यसमा ऊर्जा सञ्चार हुन्छ र तातो इलेक्ट्रोन निस्किन्छ । उक्त तातो इलेक्ट्रोनले निकै धेरै ऊर्जा निकाल्दछ, जसका कारण कपडाबाट धूलो, माटो जस्ता मैलो पदार्थहरू बाहिर निस्किन्छन् ।