तर, अहिले नै सरकार परिवर्तनको सोचाइ बनाएका छैनौं
वर्षमान पुन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको बेला तपाईहरूको के सुझाव रह्यो ?
चीनसाग हाम्रो मैत्रिपूर्ण सम्बन्ध रहिआएको छ । दुई देशको बीचमा, दुई देशका जनताको बीचमा खासै असमझदारी छैन । त्यसैले भएको समझदारी थप राम्रो बनाउनकोलागि उहाा चीन जानु भएको हो भन्ने हाम्रो विश्वास हो । यसका साथसाथै उहााले नेपालको विकास, नेपालको प्रगति, समृद्धि खासगरी संविधान निर्माणपछि यसलाई कार्यान्वयन गर्ने काममा छिमेकी देशहरूको सद्भाव लिने क्रममा चीन भ्रमण एउटा महत्वपूर्ण कोसेढुंगा हुने हाम्रो विश्वास हो ।
तपाईहरूले भने अनुसारको चीनसाग इन्धन सम्झौता गर्न सक्ने स्थिति त बनाउन सक्नु भएन नि प्रधानमन्त्री ओलीले ?
नाकाबन्दीको शिलशिलामा आपूर्तिमन्त्रीले त्यसका लागि कोसिस गर्नुभयो, परराष्ट्रमन्त्री स्वयम जानु भयो, प्रधानमन्त्रीले पनि आफ्नो तहबाट कोशिस गर्नु भयो । अहिले खासगरी भारततिरबाट आउने पेट्रोलियम प्रोडक्टहरू आउन सुरु गरेको छ तर प्रयाप्त सप्लाई भइरहेको छैन भन्ने सरकार र सरकारी अधिकारीहरूको भनाई छ । यस हिसाबमा हामीले सक्दा चीनसाग पनि बैकल्पिक रूपमा आपूर्ति गर्दा वा सहमति गर्दा केही फरक पर्दैन । आजको विश्व प्रतिस्पर्घात्मक बजारमा हामीले जहााबाट सस्तो पर्छ त्यहााबाट लिने हो ।
त्यसो भए तपाईहरूले चीनबाट इन्धन ल्याउन सक्नुृ हुन्छ ?
प्राविधिक रूपले चीनबाट इन्धन ल्याउन सजिलो छैन, तर अस्ती नाकाबन्दीको बेलामा चिनियाा इन्धन काठमाडौ आउन सक्छ भन्ने कुरा त अनुदानको इन्धन हप्ता दिनमा काठमाडौं आएर पुष्टि भइसकेको छ । यसको अर्थ हामीले इन्धन चीनबाटै ल्याउनु पर्छ भन्ने पनि होइन । हामीले चीन, भारत वा अन्य कुनै मुलुकबाट ल्याउादा त्यो नियमित आपूर्ति हुन सकोस् । छिमेकीहरूसाग सम्बन्ध बिंग्रदा पनि कम्तिमा पैसा दिएर किन्न सक्ने अवस्था वा हैसियत बनोस् भन्ने नै हो । कतिपय बेला छिमेकीसाग सम्बन्ध बिग्रन सक्छ तर पैसा दिएर किन्छौं भन्दा पनि नदिनु त अमानवीय कुरा हो नि ? त्यसैले चीन होस् वा भारतसाग यस्ता सम्झौताहरू गरिरह्यौं भने विश्वबजारमा जहााबाट सस्तो पर्छ, जहााबाट हामीले लिन चाहन्छौ, त्यहााबाट हामीले लिनसक्ने ब्यवस्था होस् भन्ने हाम्रो विचार हो । त्यसकारण चीनसाग इन्धन सम्झौता भयो भने एउटा विकल्प हुन सक्छ भन्ने हो ।
नेपालको समृद्धिको लागि चीनले सहयोग गर्छ ?
चीन, भारत, अमेरिका वा कोही पनि मित्रराष्ट्रसाग हात थापेर बस्ने, परनिर्भर हुने भन्दा पनि हामीले आफ्नो खुट्टामा आफै उभिनु पर्छ । हामीले ७० वर्षभन्दा बढी भइसक्यो वैदेशिक ऋण लिन लागेको । त्यसरी हेर्दा हामी कतै ऋण सहयोगमा त फस्ने होइनौ भन्ने आशंका चाहीं छ । हाम्रो कोसिस के हुनुपर्छ भने अहिले पनि हाम्रो विनियोजित बजेट खर्च भइरहेको छैन । अरबौ रुपियाा राष्ट्रबैंकमा थुप्रिरहेको छ । अर्थमन्त्रालयले खर्च गर्न सकिरहेको छैन । खर्च गरेर पैसालाई बजारमा पठाउने, रोजगारी सृजना गर्ने र आर्थिक अवसरहरू सृजना गर्नेमै हाम्रो जोड हुनुपर्छ । खुरुखुरु विदेशीसाग सहयोग माग्ने र आफूसाग भएको खर्च नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्छ । हामीसाग पैसा छ खर्च गर्न नसकेको हो । त्यसको क्षमता विस्तार गर्नु पर्छ र दोस्रोमा सहयोग लिने प्राथमिकता हुनु पर्छ । यदि हामीले ठूलो–ठूलो आयोजनामा ऋण सहयोग लिएर बनायौं भने ठूला ठूला पूर्वाधार पनि निर्माण गर्न सक्छौं । त्यसमा जोड दिनुपर्छ ।
तपाईको पार्टीको बैठकमा त सरकारले काम गर्न नसकेर निकम्मा भयो भनेर आलोचना सुरु भयो नि ?
यसमा चाहीं के हो भने नाकाबन्दी भयो, आन्दोलन भयो यो एउटा कारण हो । यसलाई मोटामोटी ठीकै ढंगले सरकारले डिल गरेको छ । तर पनि आन्दोलनको क्रममा उठेका विषयहरू सीमांकनलगायतका मुद्दालाई सरकारले सम्बोधन गर्न सकेको छैन । त्यसमा प्रयत्न पुगेकै छैन भनेर हामीले भनेको हो । मूल आलोचना के हो भने अस्ती त नाकाबन्दी थियो, अहिले सप्लाई सूचारु भइसकेपछि कालोबजारी छ, तस्करी छ यो कुरा नियन्त्रण गर्न नसक्नु सरकारको कमजोरी नै हो । त्यसैगरी नयाा संविधान आएपछि जनताले केही न केही नयाा कुरा खोजेको थियो । अहिलेका प्रधानमन्त्री संघर्ष गरेर आउनु भएको हो । लामो समय पार्टीमा पनि विपक्षमा बस्नु भयो, सरकारको पनि विपक्ष जस्तो हुनु भयो । तर उहाा आफैले सरकारको नेतृत्व गर्दा जनतालाई सेवा सुविधा दिने नयाापना दिनेमा चुक्नु भएको छ ।
यो सरकार असफल भयो भनेर भन्दा अब तपाईहरू यो सरकारमा रहने कि नरहने त ?
यसमा चाहीं केन्द्रीय कार्य समितिले निर्णय गर्छ । अहिले प्रधानमन्त्री र सरकारको गति हेर्दा जति दिन चल्छ चलाउा जस्तो देखिन्छ । एमालेको चाहीं पेलेरै जाने जस्तो देखिन्छ । एमाओवादी बाध्यात्मक अवस्थामा छ । एमाले नेतृत्व आफू खुसी आफ्नो ढंगले कतिपय ठाउामा पार्टीकरण गर्ने ढंगले गइरहेको छ । यसमा हामी पूर्ण रूपमा असन्तुष्ट छौ । त्यसैगरी हाम्रा मन्त्रीहरू जहाा जानु भएको छ ? निरीह भएको जस्तो देखिन्छ । प्रधानमन्त्रीको स्वेच्छाचारिता, कतिपय निकायको स्वेच्छाचारितामा हेरिरहेको जस्तो देखिन्छ । तर यसको अर्थ पुराका पुरै सरकार छाडिहाल्नु पर्ने अवस्था, हामीबाट गएको टिमलाई फेरि हाल्नु पर्ने अवस्था चाहीं होइन । जहाानेर कमजोरी छ त्यहाा सुधार्ने प्रयत्न गर्छौ । अहिलेको गठबन्धनलाई राष्ट्रियस्वरूप दिनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।
तपाईहरू केपी शर्मा ओली नेतृत्वको सरकारमा कत्तिञ्जेल रहिरहने त ?
यो प्रधानमन्त्री शिष्टम हो । अरुले चाहेर पनि धेरै गर्न सक्दैन । प्रधानमन्त्री आफै तयारी नयाा गर्छु, जनतालाई केही डेलिभर गर्छु भन्नुहुन्छ । त्यसैले प्रधानमन्त्रीलाई त्यो रूपमा तयार गर्ने, घच्घच्याउने पहिलो प्रयत्न हुन्छ । दोस्रो कुरा हामी संविधान कार्यान्वयनको विषम परिस्थितिमा छौं । काग्रेस लगायतका पार्टीहरूलाई ल्याएर यही सरकारलाई राष्ट्रिय स्वरूप दिएर कमसेकम हामी अलि नयाा ढंगले लिएर जानु पर्छ भनेर प्रयत्न गरिरहेका छौ ।
कााग्रेसले स्पष्ट भनिसक्यो नि यो सरकारमा नआउने भनेर ?
उहााहरूले के कारणले त्यस्तो भन्नु भयो, किन नआउने ? उहााहरूका शर्त के हुन् ? त्यसका कारणहरूमा हामी छलफल गर्छौ । पहिलो कुरा संविधान कार्यान्वयन हो, दोस्रो कुरा चााही भ्रष्टाचार महंगी नियन्त्रणको कुरा, सेवा सुविधाहरू देखिने गरी अब संविधान बन्यो स्थिरतातिर गयो, साच्चिकै सरकार वा नेताहरूले नयाा ढंगले सोचे है, काम गरे है भनेर केही न केही ‘सिम्बोलिक’ भए पनि संकेत दिने ढंगले सरकारले काम गर्नु पर्छ । त्यो गर्ने प्रयत्न अहिले सरकारले गर्नु पर्छ । सकेन भने त असफल हुन्छ । नयाा ढंगले जान्छ परिस्थिति ।
परिस्थिति नयाा ढंगले जाादा काग्रेस कि एमाओवादीको नेतृत्वमा सरकार बन्छ त ?
सरकार परिवर्तनको बहस गर्न त सबैलाई स्वतन्त्रता छ । स्वाभाविक ढंगले माओवादी पार्टी पनि एउटा पार्टी हो । हिजो सरकारको पनि नेतृत्व गरेको हो । आज पनि सरकार नेतृत्वको आकांक्षा राख्छ, तर अहिले हामीले त्यसरी सोचेका छैनौं । काग्रेसले पनि बारम्बार सरकारको नेतृत्व गरेको छ । उसको नेतृत्व क्षमता पनि देखिएकै कुरा हो । त्यसैले सापेक्षिक पार्टीहरूबाटै निकास खोज्ने हो । एकीकृत नेकपा माओवादीको नेतृत्व जस्तोसुकै स्थितिका लागि पनि तयार छौं । यसको अर्थ अहिले सरकार नयाा बनाएर जाने भन्ने चाहीं होइन ।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न एमाओवादी तयार छ त ?
सहमतिको सरकार भनेको जसको नेतृत्वमा सहमति बन्छ उसैको हुनेहो । हाम्रो प्रयत्न चााही अहिलेकै सरकारको नेतृत्वमा बनोस् भन्ने नै हो ।
त्यस्तो सहमति हुन सकेन भने नि ?
भएन भने त्यतिबेला नै सोचौंला । आन्दोलनलाई सम्बोधन गर्न नसक्ने, जनतालाई पनि राहत दिन नसक्ने सुशासन दिन नसक्ने, स्थिरता दिन नसक्ने, सामान्य सप्लाई र बजार नियन्त्रण गर्न नसके पनि बोकेर हिंड्नु पर्छ भन्ने हाम्रो बाध्यता छैन । त्यरी त हामी सोच्दैनौ तर फेरि अहिले नै हामी सरकार ढाल्ने र अर्को निर्माण गर्ने पक्षमा पनि छैनौ । त्यस्तो परिस्थिति आयो भने एनेकपा माओवादी तयार हुन्छ । आफ्नो नेतृत्वको सरकारका लागि पहल गर्छ ।
– प्रस्तुति ऋषि धमला