गााठो’बाट व्यस्तता बढ्ने नम्रता श्रेष्ठको अपेक्षा

489

काठमाडौं/ मोडल तथा नायिका नम्रता श्रेष्ठले आफू अभिनित डेब्यु फिल्म ‘गााठो’बाट आफ्नो अभिनय यात्रा अघि बढ्ने आशा गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रकै अर्की चर्चित नायिका नम्रता श्रेष्ठकै नाम भएकी र फ्यान पनि रहेकी उनले आफ्नो पहिलो चलचित्रबाट करियर उकासिने अपेक्षा गरेकी हुन् ।

चलचित्र ‘गााठो’का निर्देशक सुरज भुषाल हुन् । उक्त चलचित्र करिब २० दिन छायांकन सकिएको छ । निर्देशक भुषालका अनुसार चलचित्रलाई पोखरा र गुल्मीमा खिचिएको छ । चलचित्रको मुख्य भूमिकामा नाजिर हुसेन र अभय बराल छन् । यो चलचित्रले परिवार, प्रेमका सम्बन्धमा आउने गााठोलाई उठान गरेको निर्देशक भुषालले जनाए । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुषालले मिलेर यो चलचित्र बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here