नेपालको सार्वभौम अस्तित्वमा भारतको टाउको दुखाई

219

काठमाडौं/ नेपालको आन्तरिक मामिलामा भारतको अनावश्यक चासो र हस्तक्षेप हुनु नेपालका लागि अब नौलो रहेन । तत्कालीन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएपछि नेपाल मामिलामा अनावश्यक रूपमा प्रस्तुत हुादै आएको भारत त्रिभुवनकै छोरा राजा महेन्द्रको शासनकालमा खुल्ला रूपमा प्रस्तुत हुनबाट वञ्चित भएको थियो । पञ्चायती व्यवस्थामा आफ्नो चासो सम्बोधन नभएपछि पञ्चायती व्यवस्थालाई हटाउन ठूलै कसरत गरेको भारतले प्रजातन्त्रको पुनस्र्थापनापछि फेरि पहिलेकै अवस्थामा आफ्नो अनावश्यक हर्कत देखाउादै आएको छ । नेपालमा गणतन्त्रको स्थापनापछि देखिएको भारतीय चासो सार्वभौम मुलुकका लागि सहनै नसक्ने गरी देखिादै आएको छ ।
नेपालको नयाा संविधानमा आफ्नो चासो सम्बोधन नभएपछि ठूलै कोलाहल मच्चाएको भारतले नेपाललाई झुकाउन मधेश आन्दोलनदेखि पााच महिनासम्म नाकाबन्दीको अवस्था सिर्जना गरेको थियो । नेपाल भारतमाथि एकतर्फी निर्भर रहेकाले भारतले पटक–पटक समस्या सिर्जना गरेको बुझेका प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बेला चीनसाग पारवहन अधिकार सुनिश्चित गर्नेदेखि नेपालको दीर्घकालीन हित हुने कुराहरूमा दुई पक्षीय सम्झौता गरेपछि भारतमा पुन: कोलाहलमात्र मच्चिएको छैन, भारत एक किसिमले डगमगाइरहेको छ । नेपाल–चीनबीच भएको सम्झौताका बारेमा भारतीय राजनीतिज्ञदेखि थिंकट्यांकरहरूले अताल्लिएका भावहरू अभिव्यक्त गर्नेदेखि आफ्नै सरकारप्रति आक्रामक हुनेसम्मका गतिविधिहरू सार्वजनिक भइरहेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई मुलुकबीच दशबुादे सम्झौतामा हस्ताक्षर हुनु, दुवै देशले संयुक्त रूपमा १५ बुादे संयुक्त विज्ञप्ति जारी गर्नु र चीनका प्रधानमन्त्री लि खछ्याङले चीन नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि पछाडि नपर्ने अभिव्यक्ति दिनु भारतका लागि सह्य विषय थिएन । त्यसैले नेपाल–चीनबीचको दशबुादे सम्झौतालगत्तै भारतीय विपक्षी दल काग्रेस आईले आफ्नो आधिकारिक ट्वीटरमार्फत चीन नेपालको नजिक आइरहेको छ, मोदी के गरिरहेका छन् भन्ने ट्वीट नै गरेको थियो । मोदीकै कार्यकालमा नेपालमा नाकाबन्दी हुनु, नेपालमा भारतविरोधी भावना बढ्नुले मोदीमाथि विपक्षी आक्रामक हुनु स्वाभाविक नै थियो । तर नेपालले चीनसाग विशेष किसिमको सम्झौता गर्नुलाई भारतले आफ्नो चुनौतीका रूपमा हेरेको बुझ्न गाह्रो छैन । त्यसैले पनि ओलीको भ्रमणका बेला चीनबाट नेपालमा रेलसेवा विस्तार गर्नेलगायतका सम्झौताबारे भारतीय मिडियामा व्यापक स्थान पाउनेदेखि त्यहााका बुद्धिजीवी, विज्ञदेखि राजनीतिज्ञहरूमा एक किसिमको हतास मानसिकता देख्न सकिन्थ्यो । हालै मात्र भारतीय कांग्रेसका वरिष्ठ नेता मणिशंकर ऐयरले त ‘नेपाललाई चीनको अंगालोमा धकेलेर राम्रो गर्‍यौ मोदी’भनेर आफ्नै प्रधानमन्त्रीमाथि व्यंग्यात्मक लेखमार्फत चर्काे आलोचना गरे । त्यस्तै अर्का नेपालविज्ञ मानिने एसडी मुनिले भारतीय पत्रिका हिन्दूमा लेख लेख्दै नेपाल–चीनसम्झौतापश्चात् भारतीय सरकार नडराउनुपर्ने अभिव्यक्ति पनि साजर्वजनिक गरेका छन् । उनले राष्ट्रवादी बन्न प्रधानमन्त्री ओली राजा महेन्द्रको बाटोमा हिाडेको र चाइना कार्ड प्रयोग गरेर भारतलाई धम्काएको भन्दै नेपाल अहिले पनि भारतकै छत्रछायामा रहेको अभिव्यक्ति दिएका छन् । जब कि नेपालका प्रधानमन्त्री ओलीले आफूले कुनै मुलुकका विरुद्ध अर्काे मुलुकको कार्ड प्रयोग नगरेको र छिमेकीसाग गरिएका सन्धिसम्झौताहरू मुलुकको हितलाई ध्यानमा दिएर गरिएको प्रष्ट पारिसकेका छन् । यसरी नेपालले आफ्नो हितका लागि काम गर्दा समेत भारतीय संस्थापन पक्षको आधिकारिक धारणालाई विज्ञका रूपमा सार्वजनिक गर्ने मुनि वा विपक्षी दलका नेता ऐयर र कांग्रेस आईकै आधिकारिक ट्वीटरबाट कोकोहोलो मच्चाउनुले ब्रिटिश साम्राज्यवादको पञ्जाबाट मुक्त भएको भारत अझै पनि ब्रिटिशकालीन दास मनोवृत्तिबाट मुक्त छैन भन्ने पुष्टि हुन्छ ।
नेपाल आर्थिक रूपमा पछि पर्नुका पछाडि नेपाल विगतदेखि नै सबै ढंगले भारतसाग निकट हुनु नै प्रमुख कारण हो भन्ने कुरामा कुनै शंका छैन । सांस्कृतिक, धार्मिक, पारिवारिक तथा भौगोलिक ढंगले भारतसाग निकट भएकै कारण भारतले नेपालसाग मनोवैज्ञानिक ब्लाकमेल गर्दै आफ्नो मातहतमा राख्ने प्रयास गरिरहेको छ । जुन नेपालको दीर्घकालीन विकासका लागि उपयुक्त छैन । त्यसैले नेपालको विकास र समृद्धिकै लागि भए पनि छिमेकी मुलुक चीनसागको सम्बन्ध विस्तार नगर्नुको विकल्प छैन । तर नेपालको यो बुझाइलाई भारतले झनै नजिकबाट बुझेकाले नेपालले पाइला चाल्न खोज्दा विभिन्न बहानामा रोक्ने प्रयास गर्ने र अघि बढेमा कोकोहोलो मच्चाउने काम गर्दै आएको छ । विकसित र समृद्ध नेपाललाई आफ्नो स्वार्थअनुकूल चलाउन नसकिने बुझेको भारतको पछिल्लो छटपटी पनि त्यसैको उदाहरण हो, जसलाई नेपालका राजनीतिक दल र सम्पूर्ण नेपालीहरूले बुझ्न आवश्यक छ । त्यसका लागि भावनात्मक पक्षसाग जोडेर मुलुकको समृद्धिसाग सम्झौता गर्नु हुादैन, जसरी अहिले नेपाल भारतको सम्बन्धको बहानामा भारतले नेपाललाई आफ्नो पञ्जामा राख्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here