नेपालीकै लगानीमा जलविद्युत् आयोजना निर्माण किन नगर्ने ?

182

राज्यलक्ष्मी शाक्य

नेपाली व्यापारी, उद्योगी होस् वा राजनीतिक दलका नेता या सरकारी निकायकै उच्चस्तरीय व्यक्ति नै किन नहोऊन् सबैजना विदेशीलाई नेपालमा लगानी गर्नका लागि आग्रह गरिरहेका पाइन्छन् । नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेकोले पनि लगानी गर्न उपयुक्त रहेको भनी प्रचार गरिएको छ । त्यस्तै ठूल्ठूला जलविद्युत्लगायतका परियोजनामा त झन् विदेशी लगानी नभई कुनै हालतमा नै निर्माण गर्न सकिादैन भनेर प्रचारबाजी गरिएको छ । त्यसकारणले यस्ता आयोजनामा सकेसम्म विदेशीलाई नै हारगुहार गरेर बनाइदिन आग्रह गरिादै आएको छ । यस्तो खालको प्रचारबाजीका कारण सबै अहिले यस्तो भ्रममा परेका छन् कि जलविद्युत्लगायतका आयोजना नेपालीहरूको लगानीमा नै निर्माण नै हुनसक्दैन । पछिल्लो समय कुनै पनि नयाा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्दा त्यसका लागि फर्म भर्न ताछाडमछाड भएका समाचार सार्वजनिक भएका छन् । त्यस्तै ६ करोडको सेयरको लागि आवेदन माग्दा ६ अर्ब रूपैयााको आवेदन परेको पनि हामी सबैलाई थाहा भएकै कुरा हो । यसरी हेर्दा यदि राज्यबाट नै इच्छाशक्ति प्रकट गरिने हो भने नेपालीकै लगानीमा कुनै पनि आयोजना निर्माण गर्नका लागि लगानीको अभाव होला भन्ने देखिादैन ।

सरकारले भूकम्पबाट ढलेको ऐतिहासिक भीमसेनस्तम्भ अर्थात् धरहरा निर्माण नेपाली लगानीमा नै निर्माण गर्ने भनेर खाता खोलेको थियो । तर अहिले यो योजना अलपत्र परेको छ । पुन: धरहरा निर्माणका लागि भनेर लगानी गर्न कसैको पनि उत्साहजनक उपस्थिति देखिएको छैन । यस्तो हुनुमा सर्वप्रथम जसले धरहरा रेखदेखको जिम्मा लिादै आएको थियो, उसको नै धरहरा निर्माण गर्नु प्रथम दायित्व थियो । तर सरकारले त्यसतर्फ कुनै चासो दिएन । त्यसकारण पनि जनताले लगानीका लागि ध्यान दिएनन् । अर्को कुरा यस्तो स्तम्भ सरकारले अरु कसैलाई निर्माणका लागि जिम्मा दिन सक्थ्यो । धरहरा निर्माणका लागि भनेरै थुप्रै मित्रराष्ट्रहरू पनि इच्छुक देखिएका थिए । अर्को कुरा सरकारले त्यस्तो कुरामा लगानीका लागि सरकारले जनतासाग आह्वान गर्ने हो, जसले दीर्घकालीन रूपमा देश र जनताको हित गरोस् । त्यस्तो आह्वानका लागि उपयुक्त विषयवस्तु जलविद्युत् आयोजनामा लगानी हुनसक्थ्यो । नेपालमा विद्युत्को अभावका कारण अरु कुनै क्षेत्रको पनि विकास हुन सकेको छैन भने जनता लोडसेडिङको मारमा बााच्नुपरेको छ । अथाह जलस्रोतको भण्डार भएर पनि नेपालले भारतसाग बिजुली किनेर लोडसेडिङ निर्मूल पार्ने योजना बनाउनु परेको छ । त्यति मात्र नभएर जनताको लगानीमा जलविद्युत् आयोजना निर्माण हुन सम्भव छैन भन्ने हौवा पिटेर जलस्रोतमा विदेशी कम्पनी विशेषगरी भारतलाई एकाधिकार दिने कर्तुतहरू भइरहेका छन् । यदि जनताको लगानीमा तामाकोशी आयोजनाको निर्माण हुन सक्छ भने किन माथिल्लो कर्णालीको निर्माण हुन सक्दैन ?

‘मेरै लगानीमा धरहरा बन्छ’ भन्ने नाराझौ ‘मेरै लगानीमा माथिल्लो कर्णाली आयोजना, मेरै लगानीमा सेती आयोजना, म बनाउाछु अब मेरो देश’ जस्तो भावना किन सरकारले सबैमा जागृत गराउन सक्दैन ? प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एक कार्यक्रममा भनेका छन् कि अधिकार प्राप्तिको चरण सकियो, अब सरकारको लक्ष्य भनेको आर्थिक समृद्धि हो । यदि आर्थिक समृद्धिलाई नै आफ्नो अर्जुनदृष्टि राखेर सरकार अघि बढ्ने हो भने जनताकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ । त्यसका लागि जलविद्युत् आयोजना वरिपरिकै जनतालाई पनि लगानीका लागि प्रोत्साहित गर्नुपर्छ । जसले उनीहरूलाई पनि उक्त आयोजनाप्रति अपनत्व महसुस हुन्छ भने आयोजनाको सुरक्षा, निर्माण र सञ्चालनमा पनि स्थानीयको साथ सहयोगले परियोजनाले सफलता प्राप्त गर्न सक्नेछ । नेपालीहरू लगानीका लागि तयार छन् भन्ने कुरा तामाकोशी, काठमाडौं–हेटौाडा सुरुङमार्गलगायतका योजनामा स्वदेशी लगानीको आगमनले देखाउाछ । तर सुरुङमार्गमा जस्तो लगानीको असुरक्षा हुने हो भने अवश्य पनि जनताले लगानीका लागि हिच्किचाउने छन् । त्यसकारण सरकारले लगानीको वातावरण र त्यसको सदुपयोग गर्नु आवश्यक छ । अब विदेशी लगानीको मात्र आशा गरेर केही नगरी हात बााधेर बस्नेभन्दा पनि स्वदेशी लगानीलाई जोड दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here