प्रविधिले मान्छेलाई कतिसम्म दास बनाइसकेको छ भन्ने कुरा चीनमा हालै घटेको एउटा घटनाले पुष्टि गरेको छ । चीनको एउटा दम्पतीले आईफोन किन्नका लागि भनेर आफ्नो १८ दिनकी छोरी नै बेचिदिएका छन् ।
आईफोन किन्नका लागि नाबालिका छोरी बेच्ने त्यो दम्पतीलाई चीनको अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । फुजियान प्रान्तका ए दुआन र उनकी पत्नी जिओमीले सोसल साइट क्यूक्यूको माध्यमबाट २३ हजार युआन अर्थात् झण्डै साढे ३ लाख रूपैयाामा छोरी बिक्री गरेका हुन् । छोरी बेचेको पैसाले बाबु दुआन एक आईफोन तथा मोटरसाइकल खरिद गर्न चाहन्थे । आईफोनका लागि छोरी बेच्ने बाबुआमा दुबवको उमेर १९ वर्षको छ । आर्थिक रूपमा कमजोर उक्त दम्पती आफ्नो कमाइले छोरीको पालन पोषण गर्न पनि असमर्थ थियो ।