–निमकान्त पाण्डे–
हाम्रा छिमेकी देशहरू सम्पन्नशाली भए पनि नेपालप्रतिको उनीहरूको गलत नीतिका कारण नेपाली जनताले संकट झेल्नुपरिरहेको छ । दक्षिणतिरको छिमेकी भारतले उत्तरतिरको छिमेकी चीन साग निकट सम्वन्ध वनाएको देख्न चाहादैन तर आङ्खनो स्वार्थमा नेपाललाई खेलाई रहन चाहन्छ, उता उत्तरतिरको छिमेकी देश चीनले भने भारत रिसाउला भनेर नेपाललाई खुलेर सहयोग गर्न पनि सक्दैन । छिमेकी मित्र राष्ट्रहरूका कारणवाट नेपालले आर्थिक उन्नति गर्न नसक्नुको मुख्य कारण हाम्रा छिमेकी नै हुन् भन्ने कुरा नै यसरी पुष्टी हुन्छ । नेपाली जनताले अझै केही दिन संकटका दिनहरूसाग पौाठेजोरी खेल्नुपर्ने देखिएको छ । खासगरी दक्षिणतिरको छिमेकी देशका शासकहरू नेपाली जनताप्रति कतिसम्म असहिष्णु रहेछन् भन्ने कुरा नेपाली जनतालाई राम्रोसित बुझाउन दक्षिणतिरबाट कसरत भइरहेकाले नेपाली जनताका आगामी दिन अझै कष्टकर हुने संकेट भइरहेको छ । जतिसुकै कष्टकर भए पनि नेपाली जनता समस्यासाग जुध्न तयार भइरहेका छन् । यो नै ठूलो गौरवको कुरा हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणतिरको छिमेकी देशका शासकहरूको चाहनालाई महत्व दिएर होला दक्षिणतिरकै भ्रमण गरी आत्मीयता प्रकट गर्नु भयो । यो कुरा नेपाली जनताले मात्र नभएर संसारले बुझेको छ । भारतीय शासक वर्गको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसाग संयुक्त विज्ञप्ति जारी गर्न तत्परता नदेखाएपछि त झन् भारतको प्रजातान्त्रिक मुखौटो नराम्ररी उदांगिएको छ । भारतले नेपाललाई झुकाउन थप प्रयत्न गरिरहनेछ भन्ने सन्देश संयुक्त विज्ञप्ति नआएपछि स्पष्ट भएको हो । प्रधानमन्त्री ओली नेपाल फर्किएपछि पनि इन्धन आपूर्ति सहज नहुनुले भारतीय शासकवर्गको नेपालप्रतिको नियत छर्लंङ्गिएको छ । खाना पकाउने ग्यास जस्तो अतिआवश्यकीय वस्तुमा भारतीय शासक वर्गवाट प्रदर्शित अमानवीय व्यवहारको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । भारत सरकारले पटक–पटक दोहोर्याउादै आएको मधेस आन्दोलनका कारणबाट नाका अवरुद्ध भएको भन्ने तर्क कति झूठ रहेछ भन्ने कुरा हालका दिनहरूमा पनि पेट्रोलियम पदार्थका साथै ग्यास आपूर्तिमा भारतले गरेको कडाइले स्पष्ट गर्छ । हाल मधेस आन्दोलन रोकिएको अवस्थामा पनि इन्धन आपूर्तिमा भारतको कडाइ भइरहेको छ, आखिर किन ? भारतीय शासक वर्गले कसैलाई स्पष्टीकरण दिनै नपर्ने भएकाले नै यस्तो दुव्र्यवहार नेपाली जनतामाथि भइरहेको छ भन्ने कुरा छर्लङ्ग छ ।
भारतको भ्रमण सम्पन्न गरेर नेपाल फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रशंसामा थुप्रै शब्दहरू खर्च गर्नुभएको हो । सकेसम्म छिमेकीलाई सम्मानपूर्वक सम्बोधन गर्नुपर्छ भन्ने बुझेका प्रधानमन्त्री ओलीले बोलेका शब्दहरूमा भारतीय शासकहरूको अपमान गर्ने वा चित्त दुखाउने काम भएको छैन । अब इन्धन आपूर्तिमा सहजता आउनेछ भन्दै असमझदारीहरू तोड्ने काममा ठूलो सफलता हासिल भएको छ भनेर प्रधानमन्त्री ओलीले पटक–पटक दोहोर्याउनु भएको थियो । तैपनि भारतको व्यवहारमा झनै कूटिलता देखिएको अवस्थाबीच प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको हो । ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका ऐतिहासिक सम्झौताहरूले भारतीय शासकहरूलाई कत्ति पनि छोएको पाइएन । चीनतर्फको व्यापार र पारवहन सम्झौता कार्यान्वयनमा रहेका कठिनाइका कारणबाट नेपालले भारतसाग व्यापारिक सम्बन्धविच्छेद गर्न सक्दैन भन्ने भावनाका साथ भारतीय शासकहरूले नेपालसाग व्यवहार गरिरहेका छन् । तथापि मधेसी नेताहरूलाई उक्साएर आन्दोलित गराउन र नेपालमा दैनिक उपभोग्य सामग्रीहरूको अभाव सृजना गराउने कार्यमा भारतीय शासकहरू कृतसंकल्पित भएर लागिरहेका छन् भन्ने कुरा भारतीय राजदूत रणजीत रायले केही मधेसी नेताहरूलाई आफ्नो कार्यालयमा वोलाएर पछिल्लो पटक गरेको संवादले स्पष्ट गरेको छ ।
भारतले नेपाली जनताका विरुद्ध यस्तो रवैया किन प्रदर्शन गरिरहेको छ ? उसले नेपालबाट के चाहेको छ ? उसले नेपालबाट पाउन के बााकी छ ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने हो भने नेपाली जनताले भारतसाग अब झुकेर केही पाइादैन भन्ने निष्कर्ष निकाल्नैपर्ने हुन्छ । नेपाली जनताले भारतलाई हामीसाग विकल्प धेरै छन् भनेर देखाउने अवसर प्राप्त भएको छ । यतिबेला नेपाली जनताले दुई सय वर्ष अगाडि ब्रिटिशकालीन भारतका शासकहरूसाग नेपालका तत्कालीन शासकहरूले गरेको सुगौली सन्धिबाट गुमेको नेपाली भूमि नेपालले फिर्ता पाउनुपर्छ भनेर संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयमा आवाज बुलन्द गर्न तत्परता देखाउने अवसर पनि पाएका छन् । त्यो गुमेको भूमि नेपाललाई फिर्ता हुनासाथ नेपालको समुद्री व्यापारको नाका स्वत: खुल्नेछ । ब्रिटिशले भारत फिर्ता गरेपछि नेपाल किन फिर्ता गरेन ? यो मुद्धा उठाउन नेपालले हिम्मत गर्नुपर्दछ ।
यससागै नेपालका जलसम्पदामा भारतको एकाधिकार कायम गराउने कामलाई तुरुन्त बन्द गर्नुपर्छ । नेपालका जलसम्पदामा भारतीय शासकवर्गको गिद्देदृष्टि परिरहेको छ । नेपालले आफौ विद्युत् उत्पादन गरी भारतलाई बिक्री गर्ने हैसियत नेपालसाग हुनु जरुरी छ । यसो गर्न सकियो भने भारतीय शासकहरूले नेपालमाथि गर्ने अन्याय र अत्याचारको बदला दिन नेपाल पनि सक्षम हुनेछ । यस्ता विकल्पहरू भएरै पनि निदाएर बसेका नेपालका शासक वर्ग र नेपाली जनतालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केही मधेसी नेताहरूले निद्राबाट ब्यूाझाउने काम गरेका छन् । त्यसका निम्ति मोदी र मधेसी नेताहरूलाई धन्यवाद दिनै पर्छ ।