बिग्रेको घडीको ८० लाख !

226

हामी घडी बिग्रियो भने सामान्यतया फालिदिन्छौा । यदि बेच्ने नै भने त्यसको कति नै मूल्य आउाछ र । तर यदि घडीको कुनै विशेषता छ भने त्यस्तो घडीको राम्रै मूल्य आउनसक्छ भन्ने कुराको पुष्टि एउटा घटनाले गरेको छ ।

एउटा बिग्रेको घडी ८० लाख रूपैयाामा बिक्री भयो भन्दा पत्याउन मुस्किल पर्छ । यहीा पत्याउनै नसकिने भाउ पाएको छ बेलायतमा एउटा बिग्रेको घडीले । एक बेलायती व्यक्ति आफ्नो बिग्रेको घडीबाटै लखपति बन्न सफल भए । बेलायतको चेसायरका नियाल विलियम्स नामका एक व्यक्तिले आफ्ना मृतक बुबाले घरको घर्रामा राखेको उक्त बिग्रेको घडी लिलाम गर्दा सोच्दै नसोचेको मूल्य पाएका छन् ।

बिग्रेर बन्द भएको यो घडी दोस्रो विश्वयुद्धको समयको घडी रहेको पत्ता लागेको छ । उक्त घडी दोस्रो विश्वयुद्धमा इटालियन सामुद्रिक सेना बोक्ने जहाजका ड्राइभरलाई दिइएको थियो । उक्त घडी ५५ हजार ६ सय ६० पाउण्डमा बिक्री भयो । इटालियन कम्पनी पेनेरोयले यो घडी बनाएको हो । यो घडी सन् १९४१ देखि १९४३ बीचको समयमा बनेको हो । उक्त समयमा बनेका रोलेक्स १७ रुबिस ३६३६ घडीमध्ये यो एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here