चलचित्र क्षेत्रमा फर्किादै श्वेता

154

काठमाडौं/ नायिका श्वेता खड्काले आफूलाई नेपाली चलचित्र क्षेत्रमा नै केही गर्ने मन भएकोले छिटै चलचित्र क्षेत्रमा फर्किने जनाएकी छिन् । आफूले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’को चर्चित गीतबाट नाम सापटी लिइएको ‘के म तिम्रो होइन र’ चलचित्रको पत्रकार सम्मेलनमा उपस्थित नायिका श्वेता खड्काले आफू धेरै समयपछि खुसी भएको पनि जनाएकी थिइन् । श्वेता आफ्नो अनुहारमा मुस्कान फर्किएकोमा खुशी देखिइन् । कार्यक्रममा स्वर्गीय नायक तथा आफ्ना श्रीमान् श्रीकृष्ण श्रेष्ठलाई सम्झिादै उनले चलचित्र क्षेत्रमै लागेर आफूले केही गर्न चाहेको भन्दै सबैको माया र स्नेहका लागि आग्रह गरिन् । उनले चलचित्र ‘के म तिम्रो होइन र’मा आफूले काम गर्ने चर्चा चलेको भन्दै सो समयमा आफू यसका लागि तयार नभएको जनाइन् । सो अवस्थामा शारीरिक तथा मानसिक रूपमा नै आफू तयार नभएकोले चलचित्रमा अभिनय नगरेको पनि उनले प्रष्ट्याइन् । साथै चलचित्र राम्रो भएकाले पनि तत्काल सुरु गर्नका लागि उनले निर्देशक आकाश अधिकारीलाई अनुरोध गरेको पनि उनले जानकारी दिइन् । नायिका खड्का अभिनित चलचित्र ‘कहाा भेटिएला’ र ‘कोहिनुर’ नेपाली चलचित्र क्षेत्रमा नै सर्वाधिक सफल चलचित्र बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here