नेकपा क्रान्तिकारी माओवादीको विशेष पूर्ण बैठकबारे

148

हुकुमबहादुर सिंह

नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विशेष पूर्ण बैठक यही चैत १२ गतेबाट पार्टीकै नेवा: राज्य समितिको कार्यालय कुपण्डोल ललितपुरमा सुरु भई २१ गतेसम्म चलेर दुई दिनका लागि यही २५ गतेसम्मका स्थगित भएको छ । माओवादीहरूबीचको एकता मूलत: एमाओवादीसितको एकताबारे एक सूत्रीय एजेण्डा राखिएको यो बैठक सहीमानेमा एउटा महान् बहसको रूपमा चल्यो । केन्द्रीय समितिका उपस्थित सबै सदस्यले आफ्ना मत राख्ने अवसर दिइएको यो बैठक सााच्चै उत्साहजनक रह्यो । यो बैठक आफौमा एउटा महत्वपूर्ण बैठक रह्यो, किनभने यसप्रति पार्टीका मित्रहरू र दुश्मनहरूको ध्यान केन्द्रित भएको छ । माओवादी आन्दोलनको एउटा महान् स्वामित्व ग्रहण गर्दै आएको यो पार्टीमा विभाजन हुने हो वा झन्झन् एकताबद्ध भएर नेपाली क्रान्तिको नेतृत्व गर्ने हो कि होइन भन्ने क्रान्तिप्रति चिन्ता व्यापक छ । यद्यपि अड्कलबाजी के गरिादै छ भने अब यो पार्टीमा विवादलाई रोक्न सक्ने क्षमता कसैको छैन । विगतमा विप्लवलाई यो पार्टीबाट विभाजन गराएर एउटा उग्रपन्थी मार्गतर्फ जाने नाराका साथ अर्कै पार्टी निर्माण गरेर पठाउन सक्रिय भूमिका खेल्नेहरू अहिले एमाओवादीसित विना शर्त एकता गर्नुपर्ने दबाब दिइरहेका छन् । क्रान्ति नचाहने तर माओवादको जप भने गरिरहनेहरूको एउटा ठूलो कतार छ अझै माओवादीहरूमा ।
हुन त यसको अन्तिम फैसला यही २५ गतेको बहसबाट हुनेछ, खासगरी एमाओवादीभित्रका क्रान्तिप्रति चिन्तित क्रान्तिकारीहरूले अहिले यो बैठकले एकताबारे के निर्णय गर्दछ, ज्यादै चासोका साथ पर्खेर बसेका छन् । त्यसैले यो एउटा ऐतिहासिक बैठक हुनेछ । यो बैठकबाट निस्कने दुईवटा सम्भावनाहरू छन्, प्रथम यो बैठकले नेपालका क्रान्तिकारीहरू मूलत: माओवादीहरूबीचको एकताको प्रक्रियालाई एउटा ठोस आकार दिनेछ । किनभने देशभक्तहरू, क्रान्तिकारीहरू, कम्युनिष्टहरू एकता चाहन्छन् । जनताको चाहना पनि माओवादीहरूको एकता होस् । दुश्मनको चाहना फुट र विभाजन हो । बैठकमा उपस्थित सहभागीमध्ये करिब नब्बे प्रतिशतको मत यो रहेको छ कि यस्तो एकता कायम गर्न पहिलो स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गर्न सक्नुपर्छ । पहिले स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गरेर मात्रै अन्य सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सम्भव छ ।
बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट पार्टी अध्यक्ष क. किरणको पक्षमा कति जना छन् र अर्को पक्षमा कति जना छन् भन्ने अनेकौाखालका गलत समाचार सम्प्रेषण गरेर र बहसका दौरानमा पनि मनोवैज्ञानिक दबाब दिनेखालका कुराहरू अगाडि सारेर गलत चलन प्रसारित गर्नेखालले बैठकलाई लैजाने प्रयास पनि बैठकमा नदेखिएको होइन ।
केन्द्रीय समितिको यो आकस्मिक बैठक मुख्यत: पहिलो पार्टी एकताका सैद्धान्तिक, राजनीतिक एवम् साङ्गठनिक आधारबारे गम्भीर छलफल गरी तथा समान समझदारी बनाई सही निष्कर्षमा पुग्न पुन: आवश्यक देखिएको, द्वितीय, पार्टी एकताबारे देशव्यापी रूपमा विभिन्न भ्रम फैलिएको तथा ती कुराबारे स्पष्ट हुन जरुरी भएको र तृतीय, पार्टी पङ्क्तिभित्रैबाट पनि परस्पर विरोधाभाषपूर्ण अभिव्यक्ति सार्वजनिक हुन गएको एवम् ती विषयबारे पनि समान समझदारी कायम गरी पार्टीलाई एकताबद्ध तुल्याउन अनिवार्य हुन गएकाले आह्वान गरिएको हो । तसर्थ, यो बैठकमा यसै मूल कार्यसूचीमा संकेन्द्रित भई सही निर्णयमा पुग्न जरुरी छ । नेकपा (क्रान्तिकारी माओवादी)भित्र एकता गर्दै अन्य क्रान्तिकारीहरूसित पनि क्रान्तिका लागि एकता प्रक्रियालाई अगाडि बढाउने सही रणनीति हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here