प्रम ओलीलाई खुलापत्र

162

 उत्तम अर्याल
आज म यस युवाधारणा स्तम्भबाट देशकै सर्वोच्च कार्यकारी व्यक्तित्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन गइरहेको छु । हुन त उहाालाई सुझाव दिन मेरो हैसियत र योग्यता पुग्ला/नपुग्ला, सुझाव दिनु ठीक हो/होइन, त्यो मलाई थाहा छैन । तर उहााको हालका गतिविधि र देशको दुरावस्थाका कारण उहाालाई सुझाव नदिइरहन पनि सकिना । आदरणीय प्रधानमन्त्रीज्यू, तपाईंले सरकारको नेतृत्व लिादा जुन उत्साह र अपेक्षा नेपाली जनताले लिएका थिए, त्यो अहिले निराशामा बदलिएको छ । नाकाबन्दी र मधेस आन्दोलन भइरहेको समयमा तपाईंले देशको नेतृत्व लिनुभएको थियो । तपाईंले जुन राष्ट्रवादी विचार प्रकट गर्नुभएको थियो, जनताले ठूलो अभाव र कष्टका बीच पनि तपाईंको सरकारलाई समर्थन जनाएका थिए । आशा गरेका थिए कि पक्कै पनि नेपाली जनताको वास्तविक समस्यालाई हल गर्न तपाईं सक्षम हुनुहुनेछ । तर नाकाबन्दी समाप्तिपछि र मधेस आन्दोलन नभएको यो समयमा पनि नेपाली जनताले नाकाबन्दीकै समयमा जस्तो सास्ती र समस्या झेल्नुपरिरहेको छ । फरक यत्ति हो कि पहिले भारतले नाकाबन्दी गरेको थियो भने अहिले आफ्नै देशका भ्रष्टाचारी र कालोबजारियाहरूले देशभित्रै नाकाबन्दी सिर्जना गरेका छन् । तर पनि तपाईंको सरकारले यो समस्या समाधान गर्न तदारुकता देखाउनुभन्दा पनि केवल टुलुटुलु तमासा मात्र हेरिरहेको अहिलेको अवस्था छ ।
तपाईंको गतिविधि हेर्दा लाग्छ प्रधानमन्त्री कम र उद्घाटनमन्त्री ज्यादा बन्नुभएको छ । अन्य मन्त्रीहरूलाई पनि सभासमारोह र उद्घाटनमा भन्दा मन्त्रालयकै काममा ध्यान दिन निर्देशन दिनुपर्नेमा उल्टै आफौ सामान्यभन्दा सामान्य कार्यक्रमको उद्घाटनमा नै दिन बिताइरहनुभएको देखिन्छ । कार्यक्रममा गएर चर्को भाषण गरेर अरुको आलोचनामा प्रधानमन्त्रीले समय बिताउनु के बुद्धिमतापूर्ण काम हो ? यदि भाषणले नै नेपाल बन्ने भए नेपाल अहिले विश्वकै सबैभन्दा विकसित राष्ट्र हुन्थ्यो होला । तर यो कुरालाई प्रधानमन्त्रीले विचार पुर्‍याउनुभएको देखिादैन । नेपालले भारत र चीनसाग विद्यमान समस्याहरूलाई त्यहाा भ्रमणको अवसरमा नै जोडदार रूपमा उठाउने हो । भारत र चीन भ्रमणमा यी दुवै देशले नेपालको सीमा मिचेको र लिपुलेकलाई पनि व्यापारिक नाका बनाउने सम्झौताको किन विरोध गर्नुभएन ? प्रधानमन्त्रीले चीन भ्रमणको समयमा नेपालको लिपुलेकको बारेमा चुइाक्क नबोल्ने, नाकाबन्दीको बारेमा भारतमा आवाज नउठाउने अनि आफ्नो देशको कार्यक्रममा चर्काचर्का कुरा गरेर जनतालाई खोक्रो राष्ट्रवाद सुनाएर त्यसको आडमा आफ्नो सत्ता टिकाउने अभिलाषा राखेको देखिन्छ । आखिर यस्तो भ्रमको खेती कहिलेसम्म ? अरुको आलोचनाले मात्र देश बन्दैन भन्ने कुरालाई प्रधानमन्त्रीले मनन गर्नु जरुरी छ । हामी आफौमा सबल हुने, हाम्रा धेरैजसो आवश्यकता हामी आफौले पूरा गर्ने वातावरण बन्न जरुरी छ । अनि मात्र अरुले हामीलाई महत्व दिनेछन् । त्यसको लागि सर्वप्रथम देशका समस्याहरूलाई गम्भीर रूपमा लिन र समाधान गर्न अग्रसर हुनुपर्छ । सरकारले अझै पनि मधेसको समस्या मिलाउन सकेको छैन । संविधान कार्यान्वयन तथा अन्य विकासका पक्षमा ध्यान दिनुको सट्टा भाषणबाजीमा नै दिन बिताउनु कत्ति पनि उचित र बुद्धिमानीपूर्ण काम हुादै होइन । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा यो चाहिा उपलब्धिपूर्ण काम भयो भनेर भन्नसक्ने र जनताले पनि सधैं स्मरण गरिरहने काम गर्न जरुरी छ । त्यसको लागि ठूला–ठूला काम होइन, साना कामहरू गरेर पनि उदाहरणीय बन्न सकिन्छ । देशमा इन्धनको समस्या निर्मूल गरेर, सरकारी कामकाज छिटोछरितो र पारदर्शी बनाएर, कृषकहरूलाई सहुलियत प्रदान गरी उत्पादनमा जोड दिएर, गलत र अनियमितता गर्नेलाई कारबाही गरेर, निर्माणाधीन योजनालाई काम गर्ने वातावरण सिर्जना गर्नसक्नुपर्छ ।
प्रधानमन्त्रीले बोलीलाई भन्दा कामलाई ज्यादा महत्व दिनुपर्छ । पुनर्निर्माणको काम अझै लथालिंग छ । जनता पानी, बत्ती, रोजगारीको अभावले पीडित बनेका छन् । काम गर्ने वातावरण नभएकै कारण औद्योगिक क्षेत्र अस्तव्यस्त छ । हरेक क्षेत्रमा चरम राजनीति, गुटबन्दी बढेको छ । गलत काम गर्नेहरूले प्रश्रय पाइरहेका छन् भने पीडित झन् पीडित बन्दै गइरहेका छन् । यस्तो अवस्थामा नेपालकै आन्तरिक अवस्था सुधार्नेतिर लाग्ने कि अन्य राष्ट्रहरूको आलोचनामा नै आफ्नो कार्यकाल सिद्ध्याउने भन्नेमा प्रधानमन्त्री विचार गर्नुपर्छ । नेपाल जस्तो देशले काम धेरै र कम हल्ला गर्नुपर्छ । प्रधानमन्त्रीजी ! हल्ला धेरै भयो, अलिकति काम पनि गर्ने कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here