काठमाडौं/ मुलुक विखण्डनकारीहरुको तीव्र चलखेलमा फसिरहेका बेला कम्युनिष्ट मुकुण्डो लगाएका माधव कुमार नेपाल लाजै नमानेर भारतीय कित्तातिर आफूलाई स्पष्ट बनाएका छन् । विवादास्पद महाकाली सन्धिका प्रमुख पात्र तथा तत्कालीन एमालेलाई टुक्र्याउन बाध्य पार्ने आधारका प्रमुख पात्र एमालेका नेता माधव कुमार भारतीय कित्तामा खुलेर लागेका छन् । पछिल्लो समय भारतले नेपाल मामिलामा अनावश्यक चासो देखाउादै नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय रुपमा समेत नेपाल मामिलालाई उछालिरहेका बेला माधव नेपाल भारतको कित्तामा प्रष्ट रुपले देखिएका हुन् । नेपालको जलस्रोतमा भारतले पटक–पटक धावा बोल्ने तथा नेपालका ठूला आयोजनालाई हत्याउने भारतलाई समर्थन गर्दै माधव नेपालले भारतको सहयोगविना नेपालका जलविद्युत आयोजना निर्माण गर्न नसकिने प्रष्ट पारेका हुन् । नेता नेपालको यो भनाइ भारतीय कम्पनी जीएमआरलाई जिम्मा दिइएको माथिल्लो कर्णाली आयोजनाको पीडीए सार्वजनिक भएलगत्तै त्यसमा रहेका प्रावधानहरु नेपालको हितविपरीत रहेको भन्दै खारेजीका लागि तीव्र विरोध भइरहेका बेला आएको हो । नेता नेपालले नेपाल इन्जिनियरिङ पेशाकर्मी संघले गत आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले ठूला आयोजना निर्माणका लागि भारतको सहयोग लिनुपर्ने धारणा राख्दै आम नेपालीहरुको भावनाविपरीत भारतको पक्षमा खुलेर वकालत गरेका छन् । नेता नेपालले भारतको चासो रहेका नदीबाट नेपाल एक्लैले बिजुली निकाल्ने कुरा कल्पनासमेत गर्न नसकिने भन्दै भारतसाग सहमति गरेर जलविद्युत्को विकास गर्नु नेपालको हितमा हुने दाबी गरेका छन् ।
नेपालको संविधान निर्माण प्रक्रियालगायतमा असन्तुष्टि जनाउादै नेपाली जनतालाई दु:ख दिइरहेको भारतले नेपालको जलस्रोतलगायतमा आफ्नो आधिपत्य जमाउन खोजिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको शीर्ष नेतृत्वबाट आएको भारतभक्तियुक्त भनाइप्रति राष्ट्रप्रेमी नेपाली तथा विश्लेषकहरुले आपत्ति जनाएका छन् ।