विशिष्ट पदकद्वारा बसन्त चौधरी विभूषित

298

काठमाडौं/ नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित हुनुभएको छ । यो पदक/सम्मान चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पुर्‍याएको अतुलनीय योगदान र यी दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न चौधरीले गर्नु भएको अथक प्रयासका लागि अर्पण गरिएको जनाइएको छ ।
यही चैत २१ गते काठमाडौंको सोल्टी होटलमा भव्य समारोहबीच सम्पन्न पदक विभूषण कार्यक्रम भारत र नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत महामहिम लार्वी रिफोको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो । राजदूत लार्वीले आफ्नो स्वागत मन्तव्य लगत्तै उक्त सम्मान/पदकद्वारा चौधरीलाई विभूषित गरिदिन समारोहका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई अनुरोध गर्नुभएको थियो । समारोहमा विभूषण कार्यक्रमलगत्तै आफ्नो मन्तव्य राख्दै उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले नेपाल र मोरोक्को बीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता थप्न बसन्त कुमार चौधरीले गरेको प्रयासबाट आफू अत्यन्तै प्रभावित भएको र सो को सराहना नगरी रहन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
मध्यपूर्व र युरोपबीच अवस्थित मोरोक्को अति दू्रत गतिमा विकासोन्मुख देश हो । कृषि, रासायनिक मल र पर्यटन मोरोक्कोका मुख्य आय–स्रोत हुन् भने उद्योग, खानी र माछालगायतका समुद्री खाद्य पदार्थहरू यसका थप आय–स्रोतका माध्यम हुन् । यो विश्वकै अति दू्रत गतिमा अघि बढिरहेको पर्यटन गन्तव्य पनि हो, जसले हरेक वर्ष १ करोड २० लाखभन्दा बढी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
नेपालले चाहेको अवस्थामा मोरोक्को सरकारले कृषिजन्य उद्योग, सिाचाईका अत्याधुनिक प्रविधि, कृषि र पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण तथा मानव संशाधनको विकासमा साझेदारी, सहयोग, तालिम एवम् प्रविधि उपलब्ध गराउन सक्छ । विश्वमै मलखादको उत्पादनमा दोस्रो र त्यसको निर्यातमा पहिलो राष्ट्र भएका नाताले नेपालले चाहादा तत्सम्बन्धी सहयोग अर्थात् कृषिजन्य उद्योग र खाद्य सुरक्षा बढाउन मलखादको आपूर्ति गर्न पनि सहयोग गर्न सक्दछ ।
नेपाल पनि मोरोक्को अधिराज्यसाग राजनीतिक, साास्कृतिक, व्यापारीक र प्राविधिक सहयोग आदान–प्रदान गर्न इच्छुक रहिआएको छ । अवैतनिक मानार्थ महावाणिज्यदूत चौधरीले आउादा दिनहरूमा दुई देशका जनताबीच सम्बन्ध विस्तारका थप प्रयासहरू तथा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा वक्ताहरूबाट कार्यक्रममा व्यक्त गरिएको थियो ।
चौधरीले ९ वर्षअघि सन् २००७ मा मानार्थ वाणिज्यदूतको कार्य सम्हाले यता भएका विविध क्रियाकलापमाथि पनि कार्यक्रममा प्रकाश पारिएको थियो । सन् २०१३ मेमा चौधरी मानार्थ महावाणिज्यदूतमा बढुवा हुनुभएको हो । दुई राष्ट्रबीचको दौत्य सम्बन्ध भने सन् १९७५ मै स्थापना भएको हो । नेपाल र मोरोक्को एकआपसमा भौगोलिक रूपमा निकै टाढा रहेता पनि दुवै राष्ट्रबीच सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेका र दुवै देशका जनता एकआपसमा सम्मानजनक व्यवहार गर्छन्– चौधरीले कार्यक्रममा भन्नुभयो । मोरोक्को अधिराज्यका राजा मोहम्मद छैटौंको सबल र गतिशील नेतृत्वमा मोरोक्को अधिराज्यले गरेको विकास र आधुनिकीकरणको बारेमा चर्चा गर्दै चौधरीले राजा मोहम्मद छैटौंको प्रशंसा गर्नुभयो ।
आफ्नो कार्यकालमा राजदूत लार्वी रिफोले पुर्‍याउनुभएको सहयोग र सद्भावप्रति चौधरीले विशेष आभार प्रकट गर्नुभयो । गत वर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पपश्चात् मोरोक्को अधिराज्यबाट नेपाललाई १० लाख अमेरिकी डलर राहत सहयोगस्वरूप प्राप्त गराउनुमा राजदूत लार्वी रिफोले महत्वपूर्ण भूमिका निभाउनु भएकोबारे महावाणिज्यदूत चौधरीले प्रशंसा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here