जनधारणा २५औं वर्ष प्रवेश

150

जनधारणा साप्ताहिक २४ वर्ष पूरा गरेर २५औं वर्षमा प्रवेश गरेको छ । २५ वर्ष प्रवेशलाई रजत महोत्सव पनि भन्ने गरिन्छ । रजत महोत्सवको अर्थ परिपक्वताको रूपमा लिइन्छ । पत्रकारितामा २५ वर्ष पूरा गर्नु भनेको निश्चय पनि परिपक्वता हो भन्ने हामीलाई लाग्दछ । पत्रकारिताको माध्यमबाट विश्वसनीय सूचना प्रदान गर्नु निकै कठिन कार्य हो । यस कार्यलाई जनधारणाले विगत २४ वर्षसम्म निकै कठिन संघर्षका साथ सम्पन्न गर्दै आएको छ । आदरणीय पाठक तथा विज्ञापनदाताहरूको सद्भावले यस पत्रिकाको मनोबल उच्च बनाइदिएको छ । जनधारणाले आफ्ना सुरुवातका दिनहरूदेखि नै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानको सवालमा सशक्त कलम चलाउादै आएको छ । यसै वर्षदेखि जनधारणा साप्ताहिकले आङ्खनो सहप्रकाशनको रूपमा मासिक खबरपत्रिका स्वाभिमान नेपाल पनि प्रकाशन प्रारम्भ गरेको छ । विभिन्न बाधा व्यवधानहरूलाई चिरेर सूचनाको हक प्रदान गरी देशका तत्कालिन समस्याहरूबारे जनचेतना अभिवृद्धि गर्दै सत्तामा बसेर राष्ट्रको अहितमा काम गर्नेहरूलाई खबरदारी गर्न जनधारणा साप्ताहिकले स्वाभिमान नेपाल मासिक म्यागेजिनलाई सहयात्री बनाएको छ । यो वर्षदेखि स्वाभिमान नेपालमार्फत राष्ट्रिय महत्वका विषयमा विशेष सामग्री पस्किादै आएका छौा ।

 
यस वर्ष देशले नयाा संविधान पाएको छ । संविधान निर्माणसागै देशमा राष्ट्रिय स्वाधीनताविरोधी आवाजहरू मुखरित भएका छन् । यस्तो अवस्थामा पनि जनधारणाले आफ्नो अभियानलाई निरन्तरता दिएको छ र साथै स्वाभिमान नेपालमार्फत पनि आङ्खनो अभियानलाई जनधारणा साप्ताहिकले यसलाई आगामी दिनहरूमा अझ सशक्त बनाउनेछ । राजनीतिक दलका केही नेताहरू भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका छन् । यसले देश भ्रष्टाचारको दलदलमा फसेको पुष्टि हुन्छ । देशको अर्थतन्त्र नाजुक बन्दै गएको छ । युवा जनशक्ति विदेशतिर पलायन भइरहेका छन् । देशभित्र रोजगारीको व्यवस्था गर्ने सोचाइ राज्य सञ्चालकहरूमा पटक्कै पाइादैन । यस्तो अवस्थाबीच पत्रकारिता कति कष्टकर हुन्छ भन्ने कुरा स्वयम् यसमा समर्पित भएकाहरूलाई मात्र अनुभव र महसुस हुन्छ ।

 
देशमा नयाा संविधान जारी भएपछि दक्षिणतिरको छिमेकी देशले सृजना गरेको अभाव नेपाली जनताका लागि बितेको वर्षको प्रारम्भमै गएको विनाशकारी भूकम्पभन्दा कष्टकर हुन पुग्यो । भूकम्पले थिलथिलो भएको नेपाली समाजलाई छिमेकीको व्यवहारले झनै पीडा थपिदियो । जस्तोसुकै पीडादायी अवस्थामा पनि अविचलित रूपमा पत्रिकाको प्रकाशन झनै कष्टकर काम हो । नेपालको आर्थिक समुन्नतिका निम्ति सहयोगी बन्नसक्ने छिमेकी देशहरू आ–आफ्ना स्वार्थ नेपालबाट कसरी हासिल गर्ने भन्ने संकुचित सोचाइमा लाग्न थालेपछि नेपाली जनता मर्माहत हुनुपरेको छ । नेपाल आफ्नाविरुद्ध प्रयोग हुन्छ कि भन्ने त्रासपूर्ण मानसिकता छिमेकीहरूले बनाउनुपर्ने कुनै कारण नभए पनि हामी नेपालीहरूले त्यो नियति भोगिरहेका छौं । यस्तो स्थितिबीच गुज्रिरहेको हाम्रो देशले समस्याबाट जतिसक्दो छिटो निकास पाउनु आवश्यक छ ।

 
देशले अग्रगमनको परिवर्तन खोजेको छ । तर हामी पश्चगमनको परिवर्तन भोग्न बाध्य भइरहेका छौं ।

 

यथास्थितिवादीहरूको बहुमत रहेको संविधानसभाले अग्रगमनलाई सम्बोधन गर्न नसक्दा अग्रगमनका पक्षधरहरू निराश बन्नुपर्ने अवस्था सृजना भएको छ । अग्रगमनका लागि सबै राजनीतिक दलहरू तयार नभएसम्म अग्रगमन सम्भव हुने रहेनछ भन्ने तीतो अनुभव भएको छ । सबै राजनीतिक दलहरू बसेर दशवर्षे जनयुद्धका एजेण्डाहरूलाई सम्बोधन गर्ने गरी संविधान निर्माण गरिनु पर्दथ्यो । जनधारणा साप्ताहिकले यस्तो आवाज विगत वर्षहरूमा लगातार उठाउादै आएको हो । अग्रगमनकारी परिवर्तनका लागि सबै राजनीतिक दलहरूलाई तत्पर रहन नयाा वर्ष २०७३ ले जोश जाागर बढाओस्, देशलाई फेरि द्वन्द्वतर्फ जाने खतराबाट बचाउन सकियोस्, हाम्रो शुभकामना छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here